तीते करेला वैज्ञानिक वर्गीकरण अनुसार फूलफुल्ने वनस्पतिको समूहमा कुकुरबिटासी परिवारमा पर्ने एक वनस्पति हो। वैज्ञानिक नाम Momordica charantiaबाट चिनिने तीते करेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ। अङ्ग्रेजीमा भने यसलाई बिटर मेलन वा बिटर गोर्ड पनि भन्ने गरिन्छ।
करेला तितो हुन्छ। तर औषधीय गुणले भरिपूर्ण हुन्छ। करेला पेटको लागि मात्र नभई छाला र चिनी रोगका लागि पनि फाइदाजनक मानिन्छ।
करेलामा फोस्फोरस पर्याप्त मात्रा पाइन्छ। जसले कफ, कब्जियत र पाचन प्रणाली सम्बन्धी समस्याबाट बचाउँछ। यदि तपाईंलाई भोक लाग्दैन भने करेलाको सेवन गर्नुहोस्। यसले भोक नलाग्ने समस्याबाट पनि छुटकारा दिन्छ।
करेलाबाट प्रचुर मात्रामा भिटामिन ए, बी र सी प्राप्त गर्न सकिन्छ। यसका साथै क्याराटिन, बिटाक्याराटिन, लुटिन, आइरन, जिंक, पोटासियम, म्याग्नेसियम र म्यागनिज जस्ता फ्लावोन्वाइड पनि पाइन्छ। जुन स्वस्थ्य शरीरका लागि निकै आवश्यक छ।
करेलाले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। करेलाको सेवन मधुमेहका बिरामीका लागि फाइदाजनक मानिन्छ। करेला सेवनबाट हुने विभिन्न फाइदालाई यहाँ प्रस्तुत गरिएको छः
करेलाको रसले पत्थरीको समस्या हटाउँछ
करेलाको रस सेवनले पत्थरीको समस्याबाट छुट्कारा पाउन मद्दत मिल्छ। ताजा करेलाको रस सेवन गर्नाले पत्थरी बाहिर निस्कने गर्छ।
ग्याँसको उपचार
करेलाले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ। पाचन प्रणालीलाई सही राख्न मात्र नभई करेलाको सेवन ग्याँस, अपच जस्ता समस्याको समाधान पनि हो।
१. करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सहयोग पुर्याउँछ । त्यसैले शरीरमा कफ जम्मा भएको खण्डमा करेला खाँनु फाइदाजनक मानिन्छ ।
२. करेलाले पाचनशक्ति बलियो बनाउँछ साथै भोक नलाग्नेहरुलाई भोक लाग्ने बनउँछ ।
३. करेला शितल खाद्य सामाग्री भएकोले गर्मी याममा करेला खानु लाभदायक मानिन्छ ।
४. दमको समस्या भएका बिरामीहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खाँदा अत्याधिक फाइदा हुन्छ ।
५. डायबेटिजको समस्या भएका बिरामीहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्दछ ।
६. करेला खाने गर्नाले रगत सफा हुने र रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि मद्दत पुर्याउँदछ ।
७. बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गर्दा आराम मिल्दछ ।
८. पक्षघातका बरामीहरुलाई काँचो करेला खुवाउँदा स्वास्थ्य अवस्था एकदमै राम्रो बन्दछ ।
९. बान्ता, हैजा आदि रोग लागेमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गर्दा शिघ्र स्वास्थ्य लाभ हुन्छ ।
१०. कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी मानिन्छ ।
Comments are closed.