रम्बास कविता: सन्तोष

सन्तोष

खै
म त
के भनौँ
तिमी  स्वयं
अति   विज्ञ  छौ
आफू  लाटो   मान्छे
दिक्क  लाग्छ अब त
होइनलाई         हो पार्छौ
पार्दै        छौ   होलाई  होइन
बोल्नेको   पीठो  बिक्दै  छ यहाँ
बिकेन     चामल       नबोल्दा
सोझो  छानीछानी ठोक्छन्
खीलि  जस्तो   सम्झेर
बाङ्गो  हुनु  छैन
आज   आएर
सन्तोष  छ
म ला ई
ढुक्क
छ।

मोहन गौतम
राङ्का पूर्व सिक्किम –

Comments are closed.