Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार २०८२ घोषणा

Editorial Team by Editorial Team
January 30, 2026
in Awards, Literature, Nepal, News
0
राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार २०८२ घोषणा
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०८२ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारको घोषणा गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष कवि तथा निबन्धकार मोमिलाको अध्यक्षतामा बिहीबार ललितपुरमा बसेको कार्यसमितिको बैठकले उक्त सम्मान तथा पुरस्कारको घोषणा गरेको हो ।
प्रतिष्ठानले जनाएअनुसार ‘अमूल्य राष्ट्रिय कलाश्री सम्मान’का लागि वरिष्ठ नाटककार तथा गीतकार मनबहादुर मुखियालाई चयन गरिएको छ । त्यस्तै ‘राष्ट्रिय कलाश्री पुरस्कार’ निबन्धकार, सम्पादक तथा साहित्यिक अभियन्ता श्रीओम श्रेष्ठ ‘रोदन’लाई प्रदान गर्ने निर्णय गरेको छ ।
यसै गरी ‘स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार’ कवि तथा अनुवादक निमेष निखिललाई, ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ पत्रकार तथा सर्जक राजेश खनाललाई, ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार’ मिथिला कलाका साधक चित्रकार एस. सी. सुमनलाई तथा ‘पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार’ प्रसिद्ध लोकगायिक तथा अन्वेषक झुमा लिम्बूलाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानले जानकारी गराएअनुसार राष्ट्रिय कलाश्री सम्मान अमूल्य रहेको छ भने राष्ट्रिय कलाश्री पुरस्कारमा ताम्रपत्रसहित एक लाख रुपैयाँ, स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारमा ७५ हजार रुपैयाँ, थिरछाया कलाश्री राष्ट्रिय ललितकला पुरस्कारमा ६० हजार रुपैयाँ र अन्य पुरस्कारमा ताम्रपत्रसहित पचास–पचास हजार रुपैयाँ राशि रहेको छ ।
उक्त पुरस्कार तथा सम्मान आगामी फागुन ४ गते काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रदान गरिने पनि प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले कलाश्री सम्मान र पुरस्कारहरू विगत १७ वर्षदेखि निरन्तर समर्पण गर्दै आएको छ ।

Advertisement Banner
Previous Post

Ridge line energy to open Rs 118 million IPO

Next Post

मुग्लिन–नारायणगढ सडकखण्डमा बस दुर्घटना, ३८ जना घाइते

Editorial Team

Editorial Team

Next Post
मुग्लिन–नारायणगढ सडकखण्डमा बस दुर्घटना, ३८ जना घाइते

मुग्लिन–नारायणगढ सडकखण्डमा बस दुर्घटना, ३८ जना घाइते

Recommended

The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

New World Bank Report Says MENA Labor Markets Need Level Playing Field

4 years ago
Nepal ranks 76 out of 180 countries on the Reporters Without Borders (RSF) Press Freedom Index

Nepal ranks 76 out of 180 countries on the Reporters Without Borders (RSF) Press Freedom Index

4 years ago

Don't Miss

नयाँ वर्ष २०८३ः राष्ट्रिय सङ्कल्प, एकता र समृद्धिको लागि आह्वान

नयाँ वर्ष २०८३ः राष्ट्रिय सङ्कल्प, एकता र समृद्धिको लागि आह्वान

April 15, 2026
देउवा पक्षलाई काँग्रेस सभापति थापाको चेतावनीः क्रियाशील सदस्यता अध्यावधिक गर्ने कार्यमा डिष्टर्व नगरियोस्

देउवा पक्षलाई काँग्रेस सभापति थापाको चेतावनीः क्रियाशील सदस्यता अध्यावधिक गर्ने कार्यमा डिष्टर्व नगरियोस्

April 15, 2026
इरान युद्धपछि रुसको तेलबाट कमाई दोब्बर !

इरान युद्धपछि रुसको तेलबाट कमाई दोब्बर !

April 15, 2026
राष्ट्रिय प्रतिबद्धता सार्वजनिक: सरकारद्वारा २२ पृष्ठको ‘राष्ट्रिय प्रतिबद्धता’ सार्वजनिक

राष्ट्रिय प्रतिबद्धता सार्वजनिक: सरकारद्वारा २२ पृष्ठको ‘राष्ट्रिय प्रतिबद्धता’ सार्वजनिक

April 15, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.