राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा बराहक्षेत्रको दर्शन

धरान । राष्ट्रपति विद्यादेवि भण्डारी मकर नुहाउन आज सुनसरीको बराहक्षेत्र पुगेकी हुन्। । उनी आज बिहान बराह क्षेत्र मन्दिर परिसरमा आज माघे सङ्क्रान्ति अर्थात् माघी पर्वका अवसरमा नेपालका चार धाममध्येको सुनसरीको बराहक्षेत्रको दर्शनका लागि पुगेकी हुन्। बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत राष्ट्रपति यहाँ  पुग्नु भएकी सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार उनले बराहक्षेत्रको दर्शन गरी मन्दिरको अवलोकन पनि गरेकी थिइन् । यसपछि उनका धरानको विजयपुरस्थित मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।  यस दिन बराहक्षेत्रमा स्नान गर्दा अनन्तकालसम्म भगवानको धाममा बस्न पाइन्ने बताइन्छ । यस दिन बराहक्षेत्रस्थित कोका कौशिकीमा स्नान गरे पुण्य मिल्ने विश्वास गरिन्छ। हरेक वर्षको माघ १ गते यहाँ ठूलो मेला लाग्ने गर्दछ ।

Comments are closed.