पोखरा विमान दुर्घटनामा चिनियाँ राजदूतद्वारा दुःख व्यक्त

काठमाडौँ । चिनियाँ राजदूतले पोखरामा भएको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले दुर्घटनाको खबरले स्तब्ध भएको ट्विटरमार्फत उल्लेख गर्दै दुःख व्यक्त गरेका हुन् । उनले ट्विट गर्दै भनेका छन्, ‘यस दु:खद् घडीमा हाम्रो विचार नेपाली जनताको साथमा छ। मृतकहरूप्रति गहिरो समवेदना ।’

यति एयरलाइन्सको जहाज पोखरास्थित सेती खोँचमा दुर्घटना भएको थियो। जहाजमा चालक दलका चार र ६८ यात्रु सवार थिए। मृतक मध्ये ६४ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

Comments are closed.