Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

बेलायतले चीनसँग व्यापारिक सम्बन्ध विस्तार गर्नु अत्यन्तै खतरनाक : डोनाल्ड ट्रम्प

Editorial Team by Editorial Team
January 30, 2026
in News, World
0
बेलायतले चीनसँग व्यापारिक सम्बन्ध विस्तार गर्नु अत्यन्तै खतरनाक : डोनाल्ड ट्रम्प
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतले चीनसँग व्यापारिक सम्बन्ध विस्तार गर्नु अत्यन्तै खतरनाक कदम भएको बताएका छन् ।
बेलायती प्रधानमन्त्री किएर स्टार्मर तीनदिने चीन भ्रमणमा छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सम्बन्ध सुधार्ने प्रयासमा रहेका बेला ट्रम्पको यो टिप्पणी आएको हो ।
ट्रम्पको यो चेतावनीको जवाफमा बेलायती प्रधानमन्त्रीको कार्यालय ‘डाउनिंग स्ट्रिट’ले वासिंटनलाई यो भ्रमण र यसका उद्देश्यहरूबारे पहिल्यै जानकारी गराइएको संकेत दिएको छ । साथै, बेलायतले ट्रम्प आफैँ पनि आगामी अप्रिलमा चीन भ्रमणमा जान लागेको कुरा स्मरण गराएको छ ।
ट्रम्पले क्यानडाको पनि कडा आलोचना गरेका छन् । उनले भनेका छन्, “मलाई लाग्छ, क्यानडाका लागि यो अझ बढी खतरनाक छ । क्यानडाले राम्रो प्रदर्शन गरिरहेको छैन । र, तपाईं चीनलाई समाधानका रूपमा हेर्न सक्नुहुन्न ।”
अमेरिकी चेतावनीका बाबजुद, प्रधानमन्त्री किएर स्टार्मरले आफ्नो भ्रमणलाई सफल बताएका छन् । ‘बैंक अफ चाइना’मा आयोजित यूके–चाइना बिजनेस फोरममा बोल्दै उनले राष्ट्रपति सी चिनफिङसँगको कुराकानी सकारात्मक रहेको र अब बेलायत–चीन सम्बन्ध राम्रो र बलियो स्थितिमा रहेको दाबी गरे ।

क्युवालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको थप प्रतिबन्ध
अमेरिकी राष्ट्रपति ट्रम्पले क्युवालाई तेल बिक्री गर्ने वा उपलब्ध गराउने देशहरूका सामानमा थप भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । ट्रम्पको यो निर्णयले ‘अन्तर्राष्ट्रिय आपत्कालीन आर्थिक शक्ति ऐन’लाई सक्रिय गर्दै क्युवाको सरकारलाई अमेरिकी राष्ट्रिय सुरक्षाका लागि असाधारण खतरा बताएको छ ।
क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले ट्रम्पको यस कदमलाई निर्मम आक्रमण भन्दै कडा निन्दा गरेका छन् । यसले क्युवामा पहिलेदेखि नै व्याप्त गम्भीर ऊर्जा संकटलाई अझ भयावह बनाउने निश्चित रहेको बताइएको छ । इन्धन अभावका कारण त्यहाँको विद्युतीय प्रसारण प्रणाली नराम्ररी प्रभावित भएकाले गर्दा देशव्यापी रूपमा ‘ब्ल्याकआउट’ भइरहेको छ ।

भेनेजुएलाको तेलमा पूर्ण रोक
सन् १९६२ देखि नै क्युवा अमेरिकी नाकाबन्दीको मारमा छ । विदेशमन्त्री रोड्रिगेजले सामाजिक सञ्जालमा लेखेका छन्, “६५ वर्षभन्दा बढी समयदेखि इतिहासकै सबैभन्दा लामो र क्रूर आर्थिक नाकाबन्दी खेपिरहेका क्युवाका जनतालाई अहिले झन् चरम कष्टकर जीवनतर्फ धकेलिँदै छ ।”
क्युवा आफ्नो ऊर्जा आवश्यकताका लागि भेनेजुएला, मेक्सिको र रुसजस्ता सहयोगी राष्ट्रहरूमा निर्भर रहँदै आएको थियो । तर, यसै महिनाको सुरुमा अमेरिकाले भेनेजुएलामा सैन्य आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई ‘अपहरण’ गरेपछि त्यहाँबाट हुने आपूर्ति ठप्प भएको छ ।
ट्रम्पले अब भेनेजुएलाको कुनै पनि तेल क्युवा नपुग्ने चेतावनी दिँदै क्युवाली सरकार पतनको संघारमा रहेको दाबी गरेका छन् । एजेन्सी

Advertisement Banner
Previous Post

निपाह भाइरसको अन्तर्राष्ट्रिय जोखिम ‘न्यून’, यात्रा प्रतिबन्ध नलगाउन सुझाव

Next Post

Venezuela’s acting President Delcy Rodríguez signs law that opens nation’s oil sector to privatisation

Editorial Team

Editorial Team

Next Post
Venezuela’s acting President Delcy Rodríguez signs law that opens nation’s oil sector to privatisation

Venezuela’s acting President Delcy Rodríguez signs law that opens nation’s oil sector to privatisation

Recommended

KMC Mayor Balen Shah has requested people not to misunderstand and misinterpret his meetings with UML Chairman Oli, PM Deuba

KMC Mayor Balen Shah has requested people not to misunderstand and misinterpret his meetings with UML Chairman Oli, PM Deuba

4 years ago
चुनावमा एक थोपा रगत नबग्नेगरी खटिन प्रधानमन्त्री कार्कीको आग्रह

PM Karki calls upon parties to make election successful at any cost

7 months ago

Don't Miss

Home Minister Sudan Gurung arrives in Lahan amid Madhesh tensions

Home Minister Sudan Gurung arrives in Lahan amid Madhesh tensions

July 31, 2026
PM Balen Shah tells Madhesh leaders he is committed to federalism and secularism

PM Balen Shah tells Madhesh leaders he is committed to federalism and secularism

July 31, 2026
Four Indians Arrested In Nepal For Casino Fraud Nation 

Nepal Police arrest 36 people for disrupting communal harmony

July 31, 2026
मन्त्रिपरिषद् बैठकका ४ निर्णय यस्ता छन्

PM Balen Shah says govt prioritising empowerment of provinces

July 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.