Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

आज माघ शुक्ल पूर्णिमा: स्वस्थानी व्रतकथा समापन गरिँदै

Editorial Team by Editorial Team
February 1, 2026
in Nepal, News
0
आज माघ शुक्ल पूर्णिमा: स्वस्थानी व्रतकथा समापन गरिँदै
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – माघ शुक्ल पूर्णिमाका दिन आइतबार एक महिना लामो स्वस्थानी व्रतकथा समापन गरिँदै छ ।पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आइतबार विधिपूर्वक समापन गर्न लागिएको हो ।पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आइतबार व्रत समापन गर्न लागेका हुन् ।
त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आइतबारदेखि अन्त्य गरिँदै छ ।विधिपूर्वक एकमहिने व्रत गरेका बर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरिका फलफूल, धुप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ ।
चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई एवं मित छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।सय रोटी बर्तालुले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा बर्तालुको मनोकाँक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो ।
उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

Advertisement Banner
Previous Post

चिकित्सक लाइसेन्स परीक्षामा ६० प्रतिशत फेल ! चिकित्सक उत्पादन गर्ने शिक्षालयमाथि गम्भीर प्रश्न

Next Post

प्रतिनिधिसभा निर्वाचनका लागि ३२ दिन बाँकी

Editorial Team

Editorial Team

Next Post
प्रतिनिधिसभा निर्वाचनका लागि ३२ दिन बाँकी

प्रतिनिधिसभा निर्वाचनका लागि ३२ दिन बाँकी

Recommended

Nepal Electricity Authority (NEA) is investing Rs 3 billion  for cross border transmission lines

Nepal Electricity Authority (NEA) is investing Rs 3 billion for cross border transmission lines

4 months ago
Study finds cells take out the trash before they divide

Study finds cells take out the trash before they divide

4 years ago

Don't Miss

रवि लामिछानेको रिटमा आज पनि सुनुवाइ हुने

रवि लामिछानेको रिटमा आज पनि सुनुवाइ हुने

March 19, 2026
पिता-पुत्रको संयुक्त कविताकृति ‘वंशवृक्ष’को परिचर्चा सम्पन्न

पिता-पुत्रको संयुक्त कविताकृति ‘वंशवृक्ष’को परिचर्चा सम्पन्न

March 19, 2026
World Bank approves $85 million for Greater Lumbini project

World Bank approves $85 million for Greater Lumbini project

March 19, 2026
Rudraksha exports to China begin via Kimathanka border

Rudraksha trade generates Rs 1 billion annually in Bhojpur

March 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.