Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

जेफ्री एपस्टिन दस्तावेज : ठूलो संख्यामा नयाँ दस्तावेजहरू सार्वजनिक

Editorial Team by Editorial Team
February 1, 2026
in News, World
0
जेफ्री एपस्टिन दस्तावेज : ठूलो संख्यामा नयाँ दस्तावेजहरू सार्वजनिक
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –-जेफ्री एपस्टिनसँग सम्बन्धित मुद्दामा अमेरिकी न्याय विभागले ठूलो संख्यामा नयाँ दस्तावेजहरू सार्वजनिक गरेको छ । पछिल्लोपटक दस्तावेजमा दुई हजारभन्दा बढी भिडियो र एक लाख ८० हजार तस्बिरहरू समावेश छन् ।
यी दस्तावेजहरू राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हस्ताक्षरित कानुनले तोकेको समयसीमा समाप्त भएको छ हप्तापछि सार्वजनिक भएको हो ।
यौन दूराचारी जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरूबाट भएका नयाँ खुलासाहरूले अमेरिकी राजनीति र कर्पोरेट संसारमा हलचल मच्चाइरहेको छ ।
हालै सार्वजनिक गरिएका नयाँ कागजातहरूमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सबारे गम्भीर दाबीहरू गरिएको उल्लेख छ ।
प्राप्त ताजा रिपोर्टहरूका अनुसार, एपस्टिन फाइल्समा रहेको एक एफबीआई रिपोर्टलाई उद्धृत गर्दै डोनाल्ड ट्रम्प इजरायलद्वारा प्रभावित वा चापमा पारिएको दाबी गरिएको छ ।
ती फाइलहरूका अनुसार, एपस्टिनले ट्रम्पका ज्वाइँ जेरेड कुशनरमार्फत इस्रायली गोप्य निकायहरूको ट्रम्पसम्म प्रत्यक्ष पहुँच रहेको बताएका थिए ।
सो रिपोर्टमा एपस्टिनकोमा ट्रम्पसँग सम्बन्धित केही संवेदनशील सूचनाहरू रहेको र ती सूचनालाई राजनीतिक प्रभाव सिर्जना गर्न प्रयोग गर्न सकिने संकेत गरिएको छ ।
तर, ट्रम्पको टोलीले भने यी सबै दाबीलाई सधैंझैँ आधारहीन र राजनीतिक रूपमा प्रेरित प्रचार मात्र भएको प्रतिक्रिया दिएको छ ।
बिल गेट्समाथि आरोप
अर्कोतर्फ, ती कागजातहरूमा संसारका सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक बिल गेट्सबारे पनि अत्यन्त निजी र विवादास्पद दाबीहरू प्रस्तुत गरिएको छ । फाइलहरूका अनुसार, जेफ्री एपस्टिनले बिल गेट्सले रुसी युवतीहरूसँग यौन सम्बन्ध राखेको र त्यसपछि उनलाई यौन रोग लागेको दाबी गरेका छन् ।
एपस्टिनका अनुसार, गेट्सले एन्टिबायोटिक औषधि मागेका थिए, ताकि ती औषधि उनले तत्कालीन पत्नी मेलिन्डा गेट्सलाई लुकी–लुकी दिन सकुन् । एक इमेलमा एपस्टिनले आफूलाई गेट्सका सल्लाहकार बोरिस निकोलिकको रूपमा परिचय दिँदै उनले गेट्सलाई रुसी युवतीहरूसँगको यौन सम्बन्धका परिणामसँग जुध्न औषधि उपलब्ध गराए र अन्य नैतिक रूपमा अनुचित कामहरूमा पनि सहयोग गरेको लेखेका छन् ।
एपस्टिनले गेट्ससँगको सम्बन्ध अन्त्य भएकोमा असन्तुष्टि प्रकट गरेको दाबी पनि ती फाइलहरूमा उल्लेख गरिएको छ । रिपोर्टहरूका अनुसार, एपस्टिन यी सूचनाहरू प्रयोग गरेर बिल गेट्सलाई धम्क्याउन वा ब्ल्याकमेल गर्न चाहन्थे, ताकि गेट्सले उनको च्यारिटी फन्डमा लगानी गर्न सहमति जनाउन् ।
यी आरोपबारे प्रतिक्रिया दिँदै बिल गेट्सका प्रवक्ताले ती सबै दाबी पूर्ण रूपमा झुटो भएको बताएका छन् । गेट्सले यसअघि नै एपस्टिनसँग भेट गर्नु आफूसँग भएको ठूलो गल्ती भएको स्वीकार गरिसकेका छन् ।
तर, उनले कुनै पनि किसिमको अवैध गतिविधिमा संलग्न भएको वा एपस्टिनसँग घनिष्ठ सम्बन्ध राखेको आरोपलाई सधैं अस्वीकार गर्दै आएका छन् ।
जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरू क्रमशः सार्वजनिक भइरहेकाले अमेरिकाका अनेकौं प्रभावशाली व्यक्ति अनुसन्धानको घेरामा पर्दै गएका छन् । यद्यपि, यी फाइलहरूमा गरिएका धेरै दाबीहरूको सत्यता अहिलेसम्म कानुनी परीक्षण र औपचारिक अनुसन्धानकै विषय रहेको छ, तर विश्वव्यापी रूपमा यसले नयाँ विवाद र बहसलाई थप चर्काएको छ ।
यी कागजातहरू ‘एपस्टिन फाइल्स ट्रान्सपेरेन्सी एक्ट’ अन्तर्गत सार्वजनिक गरिएका हुन्, जसले सम्बन्धित सबै कागजात सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्छ ।

तथापि, फाइलहरूमा धेरै स्थानमा रेड्याक्ट (नाम वा सूचना ढाकिएका) गरिएको छ र दावीहरूको ठूलो हिस्सा अझै अपुष्ट नै छन् । एपस्टिनले सन् २०१९ मा जेलभित्र आत्महत्या गरेका थिए, तर उनको विरुद्धको अनुसन्धानका क्रममा निरन्तर उच्च–स्तरीय व्यक्तिहरूको नाम सार्वजनिक हुँदै आएका छन् ।

Advertisement Banner
Previous Post

नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सवमा विभिन्न देशका चलचित्रकर्मीहरुको सहभागिता

Next Post

गुटेरेसले दिए वित्तीय संकटको चेतावनी: राष्ट्रसंघ टाट पल्टने खतरा

Editorial Team

Editorial Team

Next Post

गुटेरेसले दिए वित्तीय संकटको चेतावनी: राष्ट्रसंघ टाट पल्टने खतरा

Recommended

सिक्किमेली स्रष्टाकासाथ फिक्कलमा वसन्त काव्य उत्सव सम्पन्न

सिक्किमेली स्रष्टाकासाथ फिक्कलमा वसन्त काव्य उत्सव सम्पन्न

4 years ago
Aha-Rara Cup Football Championship to kick off on February 10

Aha-Rara Cup Football Championship to kick off on February 10

4 weeks ago

Don't Miss

Durga Prasai arrested over spreading misleading election information

Durga Prasai arrested

March 1, 2026
Nepal: 11,000 quintals of paddy purchased from farmers in Mahottari and Dhanusha in the past three months

Nepal: 11,000 quintals of paddy purchased from farmers in Mahottari and Dhanusha in the past three months

March 1, 2026
Nepal’s insurance sector collected more than Rs 1.2 trillion in premiums during the first six months of the fiscal year

Nepal Life insurers record 13 percent premium growth

March 1, 2026
Investment Board Nepal to operationalize one-stop service center

Nepal Investment Board promotes digital economy collaboration

March 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.