Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सवमा विभिन्न देशका चलचित्रकर्मीहरुको सहभागिता

Editorial Team by Editorial Team
February 1, 2026
in Entertainment, Nepal, News
0
नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सवमा विभिन्न देशका चलचित्रकर्मीहरुको सहभागिता
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु भएको छ । माघ १६ गते चाबहिलस्थित चलचित्र विकास बोर्डमा भएको उद्घाटनसमारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक मण्डलका सदस्यहरू, विभिन्न देशबाट आएका अन्तर्राष्ट्रिय प्रतिनिधि तथा चलचित्रकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
समारोहमा प्रमुख अतिथिका रुपमा चलचित्र विकास बोर्ड नेपालका अध्यक्ष श्री दिनेश डी.सी. राष्ट्रिय निर्णायक मण्डलतर्फ अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, चलचित्र लेखक तथा निर्देशक रमेश बुढाथोकी र निर्माता तथा छायाँकार रविन आचार्यको उपस्थित रहेका थिए । अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा बेलायतकी निर्माता एड्रिना जुली कुलिग र अर्जेन्टिनाका निर्देशक तथा चिकित्सक डा. जर्ज गुइलेर्मो क्याराभोत्ता सहभागी रहेका थिए ।
उद्घाटन समारोहमा फ्रान्स, भारत, बंगलादेश, लिथुआनिया, जर्मनी, अमेरिका, अस्ट्रेलिया र इजरायललगायत विभिन्न देशबाट आएका ८ अन्तर्राष्ट्रिय प्रतिनिधिको उपस्थिति रहेको थियो । उनीहरूलाई नेपाली संस्कृति झल्कने ढाका टोपी र खादा ओढाएर आत्मीय स्वागत गरिएको थियो । समारोहमा सांस्कृतिक नृत्य तथा कला प्रस्तुति, साथै छनोट चलचित्रहरूको विशेष स्क्रिनिङ गरिएको थियो, जसले उद्घाटन कार्यक्रमलाई अझै भव्य र स्मरणीय बनाएको थियो ।
माघ १८ गतेसम्म सञ्चालन हुने यस महोत्सव चाबहिलस्थित चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा आयोजना रहनेछ । महोत्सवमा ३९ देशका ८५ चलचित्रहरू प्रदर्शन भइरहेका छन् । महोत्सवमा लघुचलचित्र, कथानक चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्रसँगै महिला, बालबालिका, मानव अधिकार तथा सांस्कृतिक विषयवस्तुमा आधारित चलचित्रहरू समावेश गरिएका छन् । “तीन मिनेटदेखि साढे दुई घण्टासम्म अवधिका चलचित्रहरू महोत्सवका लागि छनोट भएका छन्,” महोत्सवका निर्देशक तथा अध्यक्ष सन्तोष सुवेदीले बताए । महोत्सवको समापन समारोह नेपाल पुलिस क्लबमा आयोजना गरिनेछ, जहाँ उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकारलगायत विभिन्न विधामा उत्कृष्ट ठहरिएका चलचित्र तथा स्रष्टाहरूलाई अवार्ड तथा विशेष सम्मान प्रदान गरिनेछ।

Advertisement Banner
Previous Post

UAE Pardons 267 Nepali Prisoners on National Day

Next Post

जेफ्री एपस्टिन दस्तावेज : ठूलो संख्यामा नयाँ दस्तावेजहरू सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
जेफ्री एपस्टिन दस्तावेज : ठूलो संख्यामा नयाँ दस्तावेजहरू सार्वजनिक

जेफ्री एपस्टिन दस्तावेज : ठूलो संख्यामा नयाँ दस्तावेजहरू सार्वजनिक

Recommended

QS World University Rankings 2023- IIT Delhi Achieves an Improved Overall Rank of 174 Globally

QS World University Rankings 2023- IIT Delhi Achieves an Improved Overall Rank of 174 Globally

4 years ago
Nepal Oil Corporation cuts fuel prices

Nepal Oil Corporation asks public not to hoard LPG cylinders

7 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.