Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

डिजिटल रूपान्तरणका लागि राजनीतिक प्रतिबद्धता अनिवार्य

Editorial Team by Editorial Team
February 6, 2026
in Nepal, News
0
डिजिटल रूपान्तरणका लागि राजनीतिक प्रतिबद्धता अनिवार्य
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –आगामी फागुन २१ गते हुने चुनावको घोषणापत्रमा डिजिटल एजेन्डाको विषयमा छलफल भएको छ ।
बिहीबार पुलचोकस्थित द प्लाजामा आयोजना गरेको ‘डिजिटल लिडरशिप डायलग’ कार्यक्रममा आइसिटी फाउन्डेसन नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै डिजिटल नेतृत्व र नीतिमा छलफल गरेको हो ।
कार्यक्रममा फोकस ग्रुप डिस्कसन, किनोट प्रस्तुति तथा प्यानल छलफलमार्फत नीति निर्माता, राजनीतिक नेता, आईटी विज्ञ तथा सरोकारवालाबीच अन्तरक्रिया गरिएको थियो ।
फोकस ग्रुप छलफललाई छ वटा समूहमा विभाजन गरी डिजिटल सार्वजनिक पूर्वाधार, डिजिटल सीप तथा मानव संसाधन, डिजिटल गभर्नेन्स, डिजिटल अर्थतन्त्र, एआई तथा नेक्स्ट जेन प्रविधि, साइबर सुरक्षा तथा स्टार्टअप तथा इनोभेसन इकोसिस्टमजस्ता विषयमा छलफल गरिएको थियो ।
प्रत्येक समूहका प्रतिनिधिले डिजिटल रूपान्तरणका लागि आवश्यक कार्ययोजनाबारे प्रस्तुति दिएका थिए । कार्यक्रममा आईटी विज्ञ मनोहर भट्टराईले डिजिटल नेतृत्व विषयमा किनोट प्रस्तुति दिएका थिए ।
डिजिटल रूपान्तरणका लागि राजनीतिक प्रतिबद्धता अनिवार्य रहेको उल्लेख गर्दै उनले स्टार्टअप तथा इनोभेसन इकोसिस्टमको विकास गर्दै सरोकारवालाहरूसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
‘आउँदो निर्वाचनका लागि राजनीतिक नेतृत्वको नजरमा डिजिटल एजेन्डा’ विषयक प्यानल संवादमा वक्ताहरूले दलहरूको घोषणापत्रमा डिजिटल प्रविधिलाई प्राथमिकता दिन थालिएको बताएका थिए ।
उनीहरूले प्रविधिमैत्री नेतृत्व र व्यवहारिक नीति निर्माण गर्दै डिजिटल रूपान्तरणमा प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
प्यानल संवादमा नेपाली कांग्रेसका ई. अमृत ज्ञवाली, नेकपा एमालेका मिन बहादुर शाही, नेकपाका पर्शुराम तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली, राप्रपाकी कार्भिका थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल तथा जनमत पार्टीका ई. ह्रदेन्द्र चौधरी सहभागी थिए ।
कार्यक्रममा राजनीतिक दल तथा उम्मेदवारका घोषणापत्रमा समावेश भइरहेका तथा आगामी दिनमा समेटिनुपर्ने डिजिटल एजेन्डामाथि केन्द्रित छलफल गरिएको थियो । प्यानल संवादको सहजीकरण आइसिटी विज्ञ हेमपाल श्रेष्ठ तथा फोकस ग्रुप डिस्कसनको सहजीकरण शुन्यएकका संस्थापक सञ्जय पौडेल र आईटी उद्यमी रेशम भण्डारीले गरेका थिए ।

Advertisement Banner
Previous Post

राष्ट्रिय सभाको बैठक बस्दै :सामाजिक सञ्जाल विधेयक फिर्ता हुँदै

Next Post

रूससँग शान्ति वार्ता नगर्ने पक्षमा युक्रेनी राष्ट्रपति जेलेंस्की , युद्द जारी राख्ने तयारी

Editorial Team

Editorial Team

Next Post
रूससँग शान्ति वार्ता नगर्ने पक्षमा युक्रेनी राष्ट्रपति जेलेंस्की , युद्द जारी राख्ने तयारी

रूससँग शान्ति वार्ता नगर्ने पक्षमा युक्रेनी राष्ट्रपति जेलेंस्की , युद्द जारी राख्ने तयारी

Recommended

WWF Nepal embarks on the 30th year of conservation action in Nepal

WWF Nepal embarks on the 30th year of conservation action in Nepal

4 years ago
युक्रेनी सेना डोनबास क्षेत्रबाट फिर्ता हुनु पर्छ :क्रेमलिन

युक्रेनी सेना डोनबास क्षेत्रबाट फिर्ता हुनु पर्छ :क्रेमलिन

5 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.