Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Health & medicine

टुथपेस्टमा सिसाको मात्रा अत्याधिक : कडा नियमन गर्न चिकित्सक संघको माग

Editorial Team by Editorial Team
February 6, 2026
in Health & medicine, Nepal, News
0
टुथपेस्टमा सिसाको मात्रा अत्याधिक : कडा नियमन गर्न चिकित्सक संघको माग
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाल चिकित्सक संघले टुथपेस्टलगायत दैनिक प्रयोगमा आउने सामग्रीहरूमा स्वास्थ्यका लागि हानिकारक सिसाको मात्रा अत्यधिक पाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेफेड) द्वारा हालसालै सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनअनुसार दैनिक प्रयोगमा आउने टुथपेस्टलगायत मुख तथा दन्त सरसफाइका सामग्रीसहित अन्य विभिन्न सौन्दर्य सामग्रीहरूमा मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक रहेको सिसा (Lead) को मात्रा अत्यधिक रहेको भेटिएको प्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ,” संघका महासचिव डा. सञ्जिब तिवारीले शुक्रबार (२३ माघ) जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विभिन्न स्थानबाट गरिएको नमुना संकलनको परीक्षणमा अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी सिसा भेटिनु गम्भीर विषय भएको डा. तिवारीले उल्लेख गरेका छन् ।
“देशका विभिन्न शहरमा रहेका पसलहरूबाट नमुना संकलन गरी परीक्षण गरिएकोमा ३१ प्रतिशत संकलित नमुनामा स्वीकृत अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी सिसा भेटिनु अत्यन्तै गम्भीर विषय रहेको संघको ठहर छ,” संघले भनेको छ ।
यो विषय चिन्ताजनक रहेको संघले जनाएको छ । “दैनिक रूपमा प्रयोग हुने टुथपेस्टका ४५ प्रतिशत नमुनामा सिसा भेटिनु तथा बालबालिकाका लागि बजारमा उपलब्ध केही सामाग्रीहरू समेत यसमा समावेश हुनुले आम नागरिक तथा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने विषय अत्यन्त चिन्ताजनक रहेको छ,” विज्ञप्तिमा भनिएको छ ।
विश्व स्वास्थ्य संगठनलगायतका स्वास्थ्यसँग सम्बन्धित निकायहरूले सिसा मानिसको स्वास्थ्यका लागि अत्यन्त हानिकारक रहेको तथ्य प्रमाणित गरेका संघले जनाएको छ । यसले बालबालिकाहरूमा बौद्धिक विकासमा अवरोध, सिकाइमा कठिनाइ, व्यावहारिक समस्या तथा दीर्घकालीन रूपमा दृष्टि, श्रवण र स्नायु प्रणालीमा गम्भीर असरलगायतका नकारात्मक प्रभाव पार्ने वैज्ञानिक रूपमा प्रमाणित तथ्यहरू रहेका संघले उल्लेख गरेको छ ।
“तसर्थ बालबालिकासहित आम नागरिकको स्वास्थ्यमाथि गम्भीर असर पुर्‍याउने यस्ता सामाग्रीहरूको गुणस्तर मापन गर्नुका साथै कडा नियमन गर्न नेपाल चिकित्सक संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।
Press-Release-2082-10-23-1770369763.jpg

Advertisement Banner
Previous Post

UNODC Regional Representative Meets with Home Minister Aryal

Next Post

इरान र अमेरिका ओमानमा वार्ता गर्न सहमत

Editorial Team

Editorial Team

Next Post
इरान र अमेरिका ओमानमा वार्ता गर्न सहमत

इरान र अमेरिका ओमानमा वार्ता गर्न सहमत

Recommended

Nepal Finance Limited’s right shares listed on NEPSE

Nepal Finance Limited’s right shares listed on NEPSE

1 month ago
सम्पदा मल्ल ‘दायित्व यशोदा पन्त प्रतिभा’ पुरस्कारद्वारा पुरस्कृत   

सम्पदा मल्ल ‘दायित्व यशोदा पन्त प्रतिभा’ पुरस्कारद्वारा पुरस्कृत   

4 years ago

Don't Miss

Dr. Karma Wangchu Sherpa honored

Dr. Karma Wangchu Sherpa honored

February 8, 2026

Italy will not join Trump’s ‘Board of Peace’

February 8, 2026
काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

February 8, 2026
अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

February 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.