Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ हिजोदेखि सुरु

Editorial Team by Editorial Team
February 9, 2026
in Nepal, News
0
मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ हिजोदेखि सुरु
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम – मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ (हिजो) आइतबारदेखि सुरु भएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मैथिली विकास कोषको भवनमा आयोजना गरिएको प्रदर्शनीको प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले उद्घाटन गरेका हुन्।
माघ २९ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको मूल आयोजक नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र मैथिली विकास कोष रहेका छन्। प्रदर्शनीमा जनकपुरधाम उपमहानगरपालिका, मधेश प्रज्ञा–प्रतिष्ठान र राजर्षि जनक विश्वविद्यालयको सहकार्य रहेको छ भने नेपाल पर्यटन बोर्ड कला प्रवर्धकका रूपमा रहेको छ।
पाँच दिनसम्म चल्ने प्रदर्शनीमा मैथिली भाषा, साहित्य, परम्परा र कलासँग सम्बन्धित विभिन्न हस्तकला तथा चित्रकला प्रदर्शनमा राखिएका छन्। साथै मधेश प्रदेशमा बसोबास गर्ने अन्य भाषा–भाषी समुदायको संस्कृति, जीवनशैली र रहन–सहन झल्काउने कलाकृतिहरू पनि प्रदर्शनीमा समावेश गरिएको छ।
प्रदर्शनीको उद्घाटन गर्दै प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले मधेश प्रदेश अन्नको भण्डार मात्र नभई कला, चिन्तन र कविको महासागर भएको बताए। मधेशका गाउँघरका आमाहरूले घरका भित्तामा कोर्दै आएका चित्रकलाहरू आज देश–विदेशमा चिनिनु गर्वको विषय भएको उनले उल्लेख गरे।
मिथिला चित्रकलालाई ग्रामीण परिवेशबाट आधुनिक युगसँग जोड्ने काम यस प्रकारका प्रदर्शनीले गरिरहेको प्रदेश प्रमुख लाभको भनाइ थियो। उनले ललितकला मनोरञ्जन मात्र नभई समाजको ऐना र राष्ट्रको पहिचानको मेरुदण्ड भएको बताए।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले देशको संस्कृति, कला, साहित्य र परम्परालाई जीवित राख्न प्रज्ञा–प्रतिष्ठानले निरन्तर भूमिका खेल्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

Advertisement Banner
Previous Post

गृहमन्त्री अर्यालसँग र मधेसका गृहमन्त्री महतोको भेटवार्ता

Next Post

आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

Editorial Team

Editorial Team

Next Post
आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

Recommended

Nepal Election Commission Completes Printing of 3 Million Ballot Papers for House of Representatives Elections

Nepal Election Commission Completes Printing of 3 Million Ballot Papers for House of Representatives Elections

6 months ago
Government of Nepal and World Bank Sign $80 Million Project to Improve Water Supply and Sanitation Services in Nepal

Government of Nepal and World Bank Sign $80 Million Project to Improve Water Supply and Sanitation Services in Nepal

4 years ago

Don't Miss

‘Nepal keen to learn from China’s economic reforms, deepen economic engagements’

‘Nepal keen to learn from China’s economic reforms, deepen economic engagements’

August 14, 2026
UNFPA representative Haridass pays courtesy call on Minister Mehta

UNFPA representative Haridass pays courtesy call on Minister Mehta

August 14, 2026
Bhatta appointed Sudurpaschim Province CM

Bhatta appointed Sudurpaschim Province CM

August 14, 2026
Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Nepal Govt tightens foreign travel rules for government employees

August 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.