यातायात मजदुरहरूलाई मन्त्री श्रेष्ठले भने- हड्ताल फिर्ता लिनुस्

आन्दोलनरत यातायात मजदुरहरूलाई उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले तत्काल हड्ताल फिर्ता लिन आग्रह गरेका छन्।

सिंहदरबारमा आज सरकार र यातायात मजदुरका प्रतिनिधिसँगको वार्तामा बोल्दै मन्त्री श्रेष्ठले तत्काल हड्ताल फिर्ता लिन आग्रह गरेका हुन्।

उनले यातायात क्षेत्रमा देखिएका समस्या तत्कालै समाधान गरिने प्रतिबद्धता जनाएका छन्।

सोमबार आन्दोलनका क्रममा लुटपाटजस्ता कार्यमा संलग्नमाथि कारबाही गरिने मन्त्री श्रेष्ठले बताए। यातायात मजदुरहरूले सोमबार आन्दोलन गर्दै प्रहरीका दुई भ्यानमा आगजनी गरेका थिए।

यातायात मजदुरहरूले आज बिहानैदेखि उपत्यकाभित्र सार्वजनिक सवारी साधन सञ्चालन गरेका छैनन्। जसले गर्दा यात्रुहरू मर्कामा परेका छन्।

Comments are closed.