Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नेपाली युवालाई विश्वव्यापी प्रभाव सिर्जना गर्न शेष घलेले गरे आह्वान

Editorial Team by Editorial Team
February 16, 2026
in Nepal, News
0
नेपाली युवालाई विश्वव्यापी प्रभाव सिर्जना गर्न शेष घलेले गरे आह्वान
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेसन ग्लोबल यूथ नेटवर्कका २६ देशमा राष्ट्रिय कमिटीहरू गठन गरिएका छन्।
जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेसन ग्लोबल यूथ नेटवर्कद्वारा शनिवार भर्चुअल माध्यमद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल यूथ नेटवर्कका
अध्यक्ष मदन राज पौडेलले ४० वर्ष मुनिका ४० देशमा रहेका साथीहरूलाई जोड्ने क्रममा अहिले २६ देशमा कमिटी गठन गरिएको जनाए। उनले नेटवर्कले गत एक वर्षको अवधिमा नेपालमा विभिन्न कल्याणकारी कामहरू गर्नुका साथै युवाहरूलाई जोड्ने काम गरिरहेको बताए। उनले जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेसन ग्लोबल यूथ नेटवर्कका च्याप्टर अध्यक्षहरू अनिल खनाल (नेपाल), अरुण बेलबासे (साउदी अरेबिया), विक्रम ढकाल (युएई), विनय दाहाल (बेलायत), सुनिता अधिकारी (आयरल्यान्ड), आनन्द खनाल (न्युजील्याण्ड), विनोद पाण्डे (माल्टा), दामोदर पराजुली (मकाउ), देवु न्यौपाने (स्कटल्यान्ड), दिनेश भुर्तेल (स्पेन), दिनेश शर्मा (पोर्चुगल), दीपक तामाङ (चीन), दीपेन्द्र खतिवडा (पोल्यान्ड), गंगासागर शर्मा गौडेल (कोरिया) हेमन्त विष्ट (बेल्जियम), कृष्ण पाण्डे (नर्वे), पपुलर बेलबासे (डेनमार्क), प्रदीप जङ्ग शाह (जापान), राज कुमार हमाल (अमेरिका), रञ्जन कुँवर (कम्बोडिया), साहसनाथ अधिकारी (क्यानडा), समीर खतिवडा (अष्ट्रेलिया), सन्तोष अधिकारी (बहराइन), सुरज शर्मा अधिकारी (कतार), सुशील बास्तोला (जर्मनी) र डा सुनिल कुमार शर्मा (ओमान) को परिचय गराउँदै बधाई सहित सफलताको शुभकामना दिए।
जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेसनका अध्यक्ष डा यादव पण्डितले संसारभरि रहेका नेपालीहरूलाई जोड्ने माध्यमको रूपमा संस्थाको रूपमा स्थापना गरिएको बताए। उनले आम नेपालीलाई जोड्ने र एक अर्कालाई सहयोग गर्ने संस्थाको रूपमा फाउन्डेसन रहेको पनि जनाए ।
कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष कुल आचार्य, उपाध्यक्षहरू डा हेमराज शर्मा, बुद्धि सुवेदी, रबिन शेरचन, मनोज गोर्खाली, महिला संयोजक अनुजा प्रधान, वरिष्ठ एनआरएन अभियन्ता दिल गुरुङ (जर्मनी), दिलु पराजुली ( एनआरएनए क्षेत्रीय संयोजक, अमेरिका), एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डा अर्जुन बन्जाडे, जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेसन अस्ट्रेलियाका अध्यक्ष डा डिल्ली बन्जाडे, डेनमार्ककी अध्यक्ष सीता बराल, पूर्व सांसद बिजुल बर्मा राना, सुरज राज त्रिपाठी (वरिष्ठ उपाध्यक्ष, नेपाली जनसम्पर्क समिति, साउदी अरब) लगायतले शुभकामना दिँदै युवाहरूको जोस, जाँगर र क्रियाशीलता नेपालको पुनर्निर्माण र प्रवासमा नेपाली पहिचान प्रवर्द्धन गर्न सक्रिय रहन सुझाव दिएका थिए।
नेपाली युवालाई विश्वमै प्रभाव सिर्जना गर्ने दिशामा अघि बढ्न आह्वान
कार्यक्रमको पहिलो चरणमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्व अध्यक्ष डा शेष घलेले संसारभरि रहेका नेपाली युवालाई केवल व्यवसाय सुरु गर्ने होइन, प्रभाव सिर्जना गर्ने दिशामा अघि बढ्न आह्वान गरे ।
कार्यक्रममा प्रमुख अतिथि रहेका डा घलेले उद्यमशीलता एक पेसा मात्र भए पनि उद्यमी स्वभाव जिम्मेवारी भएको उल्लेख गर्दै अहिलेको पुस्तालाई व्यक्तिगत सफलताभन्दा सामूहिक उन्नतितर्फ केन्द्रित हुन आग्रह गरे। “उद्यमशीलताले व्यवसाय निर्माण गर्छ, तर उद्यमी स्वभावले मूल्य निर्माण गर्छ,” उनले भने।
उनले हाल विश्वका विभिन्न मुलुक—अष्ट्रेलिया, अमेरिका, युरोप, खाडी, एसिया र अफ्रिकामा—एक करोडभन्दा बढी नेपाली बसोबास गरिरहेको उल्लेख गर्दै यसलाई ‘ब्रेन ड्रेन’ होइन ‘ब्रेन डिस्ट्रीब्युसन’ का रूपमा व्याख्या गरे। तर दिशाविहीन वितरण अन्ततः कमजोर बन्ने चेतावनी दिँदै उनले सामूहिक उदय नै अहिलेको मुख्य प्रश्न भएको बताए।
डा. घलेले उद्यमशीलतालाई नाफा र लगानीमा सीमित नराखी समस्या समाधानसँग जोड्नुपर्ने धारणा राखे। “प्रश्न यो होइन कि म कुन व्यवसाय सुरु गर्न सक्छु, प्रश्न यो हो कि म कुन समस्या समाधान गर्न सक्छु,” उनले जोड दिए।
अस्ट्रेलियाका एक सफल उद्यमी र नेपालमा पनि आतिथ्य लगायत विभिन्न क्षेत्र मा लगानी गरेका डा घलेले उद्यमी स्वभाव कुनै पद वा पेसासँग सीमित नहुने बताए । अमेरिका रहेका पिएचडी अनुसन्धानकर्ता हुन् वा सिड्नीका सफ्टवेयर इन्जिनियर, लन्डनका नर्स हुन् वा कतारका आप्रवासी श्रमिक, सिंगापुरका बैंकर हुन् वा नेपालका निजामती कर्मचारी सबैले आफ्नो सोचमार्फत प्रभाव सिर्जना गर्न सक्ने उनले बताए ।
विभिन्न मुलुकमा फरक–फरक प्रणाली र वातावरण उल्लेख गर्दै उनले युवाहरूले प्रणालीसँग जुध्ने होइन, त्यसलाई बुझेर नेभिगेट गर्न सिक्नुपर्ने बताए। “जहाँ भए पनि तपाईँले आफ्नो सीप र पहिचान बोकी रहनुहुन्छ। गुनासो होइन, समाधान खोज्ने मानसिकता आवश्यक छ,” उनले भने।
डा. घलेले विश्व भरि फैलिएका नेपाली युवाका लागि पाँच आधार स्तम्भ पनि प्रस्तुत गरे।
पहिलो, अवसर दृष्टि। उनका अनुसार नेपालको समस्या कमजोरी होइन, सम्भावनाका सङ्केत हुन्। सेवा अभाव, नीतिगत अवरोध वा प्राविधिक ढिलाइ—यी सबै सुधार र नवप्रवर्तनका अवसर हुन्। दोस्रो, स्रोत बुद्धिमत्ता। उनले नेपाली आप्रवासी समुदायको सहनशीलता र अनुकूलन क्षमता एउटा रणनीतिक शक्ति भएको बताए। “पूर्ण परिस्थिति कुर्नु हुँदैन, अपूर्ण अवस्थालाई नै अधिकतम उपयोग गर्नुपर्छ,” उनले भने।
तेस्रो, वैश्विक–स्थानीय सेतु। उनले युवाहरूलाई नेपाल र विश्वबिचको पुल बन्न आह्वान गरे। प्रविधि, पुँजी, सुशासन, शैक्षिक मोडल र व्यावसायिक आचरण नेपालमा हस्तान्तरण गर्न सकिने उनको धारणा थियो। चौथो, नैतिक आधार। साना समुदायमा विश्वास नै मुद्रा हुने उल्लेख गर्दै उनले इमानदारी, पारदर्शिता र व्यावसायिकता दीर्घकालीन प्रभावका लागि अनिवार्य रहेको बताए। र, पाँचौँ, राष्ट्रसँग जोडिएको प्रभाव। विदेशमै भविष्य निर्माण गरे पनि नेपालसँगको सम्बन्ध तोड्न नहुने उनले स्पष्ट पारे। “नेपालमा नबसे पनि मेन्टरिङ, लगानी, ज्ञान हस्तान्तरण वा संस्थागत सुदृढीकरणमार्फत नेपालका लागि योगदान दिन सकिन्छ,” उनले भने ।
उनले विगतमा नेपाली समाज जीविकोपार्जन केन्द्रित मनोविज्ञानमा सीमित रहेको उल्लेख गर्दै अबको पुस्ताले ‘कमाउने’ मात्र होइन ‘निर्माण गर्ने’ लक्ष्य राख्नुपर्ने बताए । “नेपालमा पैसा मात्र होइन, विचार पनि पठाउनुहोस्। अवसर खोज्ने होइन, अवसर सिर्जना गर्ने बन्नुहोस्,” उनले भने।
सम्बोधनको अन्त्यमा उनले वैश्विक नेपाली युवालाई व्यक्तिगत सफलताभन्दा पुस्तागत प्रभावतर्फ सोच्न आग्रह गर्दै नेपालको भविष्य संयोगले होइन, उद्यमी स्वभाव भएका युवाको नेतृत्वमा निर्माण हुने विश्वास पनि व्यक्त गरे।
नेपाल सरकारका सहसचिव लीला धर सुवेदीले नरम शक्ति (सफ्ट पावर) को रूपमा नेपाललाई चिनाउन गैर आवासीय नेपालीहरूको भूमिका रहने बताउँदै आर्थिक मात्रै नभएर बौद्धिक लगानी गर्न पनि एनआरएनहरू अगाडी आउनु पर्ने बताए। उनले फाउन्डेसनसँग आबद्ध युवाहरूलाई मधेस, दलित समुदाय लगायतमा ध्यान केन्द्रित गरी पर्यटन प्रवर्द्धनमा भूमिका निर्वाह गर्न सुझाव दिए ।
सबै सहभागीहरूलाई महेन्द्र बस्नेतले स्वागत गरेका थिए भने सिजल दाहालले धन्यवाद दिए। जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेसनका महासचिव अग्नि चौलागाईं तथा यूथ नेटवर्कका महासचिव नवराज न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा नेटवर्कले गत एक वर्षमा गरेका कामहरू समेटिएको भिडियो पनि प्रस्तुत गरिएको थियो।

Advertisement Banner
Previous Post

जनताले खोजेको परिवर्तन र जेन–जी मुभमेन्टपछि विकसित नयाँ सोचलाई कांग्रेसले मात्रै सम्बोधन गर्न सक्छ : विश्वप्रकाश शर्मा

Next Post

एसियन स्मार्ट एग्रो कम्पनीको विशेष साधारण सभा सम्पन्न

Editorial Team

Editorial Team

Next Post
एसियन स्मार्ट एग्रो कम्पनीको विशेष साधारण सभा सम्पन्न

एसियन स्मार्ट एग्रो कम्पनीको विशेष साधारण सभा सम्पन्न

Recommended

Nepal Stock Exchange (NEPSE) index fell by 23.50 points

Nepal Stock Exchange declines for sixth day as turnover hits Rs 4.66 billion

4 months ago
Gen Z protest probe commission seeks one-month extension in Nepal

Nepal: Insurers settle Rs 6 billion in claims from ‘Gen Z protest’ damages

2 months ago

Don't Miss

First session of new Parliament from today

First session of new Parliament from today

April 2, 2026
होर्मुज संकटबारे बेलायतले ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने

होर्मुज संकटबारे बेलायतले ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने

April 2, 2026
मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा

मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा

April 2, 2026
आज हनुमान जन्मजयन्ती:आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना

आज हनुमान जन्मजयन्ती:आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना

April 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.