Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

एसियन स्मार्ट एग्रो कम्पनीको विशेष साधारण सभा सम्पन्न

Editorial Team by Editorial Team
February 16, 2026
in Business, Nepal, News
0
एसियन स्मार्ट एग्रो कम्पनीको विशेष साधारण सभा सम्पन्न
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

लहान — एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष साधारण सभा शनिबार सिरहाको लहानस्थित केन्द्रीय कार्यालयमा भव्य रूपमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रवीण कुमार लामाको अध्यक्षतामा सञ्चालित उक्त सभाको समुद्घाटन पनि अध्यक्ष स्वयंले गर्नुभएको थियो । कार्यक्रमको सुरुमा सञ्चालक श्री चन्द्रमोहन श्याङ्वाले उपस्थित सम्पूर्ण सञ्चालक तथा शेयरधनी महानुभावहरूलाई स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो ।
उक्त विशेष साधारण सभाले कम्पनीको भविष्यको मार्गचित्र तय गर्न विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ । सञ्चालक समितिको प्रस्ताव बमोजिम कम्पनीको अधिकृत पुँजी वृद्धि गरी ५० करोड रुपैयाँ र जारी पुँजी ३५ करोड रुपैयाँ पुर्याउने निर्णय सर्वसम्मतिले स्वीकृत भएको छ । त्यसैगरी, शेयर पुँजी वृद्धिको आधारमा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय समेत सभाले गरेको छ ।
सभाको अन्त्यमा, विशेष साधारण सभाको माइन्यूटमा हस्ताक्षर गर्ने जिम्मेवारी संस्थाका अध्यक्ष र शेयरधनी रामपुजन रायलाई दिइएको छ । सभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण शेयरधनी र सञ्चालकहरूलाई धन्यवाद दिँदै अध्यक्ष प्रवीण कुमार लामाले कार्यक्रम समापन गर्नुभएको थियो ।

Advertisement Banner
Previous Post

नेपाली युवालाई विश्वव्यापी प्रभाव सिर्जना गर्न शेष घलेले गरे आह्वान

Next Post

नेपालको चुनावी परिणाम पनि बंगलादेशको जस्तै हुन्छ-केपी ओलीको दाबी

Editorial Team

Editorial Team

Next Post
नेपालको चुनावी परिणाम पनि बंगलादेशको जस्तै हुन्छ-केपी ओलीको दाबी

नेपालको चुनावी परिणाम पनि बंगलादेशको जस्तै हुन्छ-केपी ओलीको दाबी

Recommended

Nepal Govt revokes license of Chinese state-owned company to construct 1200 MW hydel project

Nepal government has formally banned imports of 10 goods

4 years ago
Bushfire destroys homes in Dolphin Sands, Australia

Bushfire destroys homes in Dolphin Sands, Australia

5 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.