नेपाल प्रज्ञाप्रतिष्ठानको आयोजनामा अन्तर्राष्ट्रिय मातृभाषा दिवस(२०२३) संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किरातीको प्रमुख आतिथ्यमा सम्पन्न भयो । प्रमुख अतिथि मन्त्री किरातीले मातृभाषासम्बन्धी विचारगोष्ठी तथा कविता वाचन कार्यक्रमको समुदघाटन गर्नुका साथै भाषाविद् एवम् स्रष्टा डा।गोपाल ठाकुरद्वारा रचित ूसहज भोजपुरी बर्तनीू कृतिको सार्वजनिक गर्नुभयो । यसअवसरमा उहाँले अथाह प्राज्ञिक सम्भावना बोकेको नेपाल प्रज्ञाप्रतिष्ठान सबै भाषाभाषी र स्रष्टाहरूको साझा थलोको रूपमा स्थापित गर्ने बताउनुभयो । यस कार्यक्रमका अध्यक्ष तथा प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले सबै स्रष्टाहरूको अपनत्वबोध हुने गरी आफूले कार्ययोजना अघि बढाउने बताउनुभयो । त्यसैगरी उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा)ले मातृभाषाको महत्वलाई इङ्कित गर्दै कविता वाचनसहित स्वागत मन्तव्य गर्नुभयो । यस क्रममा प्रतिष्ठानका सदस्यसचिव डा।धनप्रसाद सुवेदीले मातृभाषा सबैको साझा सम्पति भएकाले संरक्षण र सम्वद्र्धनमा तत्पर रहेको बताउनुभयो। त्यसैगरी, प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य तथा मातृभाषा विभाग प्रमुख राजन मुकारूङले मातृभाषाको विकास,उन्नयन, ज्ञान र अनुभवको साटासाट अनिवार्य रहेको बताउनुभयो ।
यस कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठान प्राज्ञ सभाका सदस्य डा।तारामणि राईले मातृभाषा विषयक कार्यपत्र प्रस्तुत गर्दै मातृभाषाको संरक्षण र संम्वद्र्धन गर्न सरकारले राष्ट्रिय गौरवको योजना अघि बढाउनुपर्ने बताउनुभयो ।
यस अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा सुरेश किरण, मेकबहादुर रानामगर, कोपिला माझी,लक्ष्मी एडी,सोनाम शेर्पा,सपना ताजपुरिया,कुमारी थामी,रमा कुमाल, शारदा किराँत सुनुवार,रचना तामाङ,अर्जुन खालिङ,सरना उराँव,आलोक तिवारी, प्रियङ्का पाण्डे, परशु विराट र मनिषा राजवंशीले कविता वाचन र कार्यक्रमको उद्घोषण राधा कार्कीले गर्नुभएको थियो ।
Trending Now
- China accuses three US spies of cyberattack on winter sports
- China bans Boeing jet deliveries and similar purchases
- सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धिः चैतमा १२ हजार भित्रिए
- नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘ललितकला मेला– २०८२’ सुरु
- अयोध्याको राम मन्दिरमा बम विस्फोट गराउने धम्की, सुरक्षा व्यवस्था कडा
- Punjab Kings achieve record win in Indian Premier League cricket
- वैशाख १२ गते बजेट अधिवेशन बोलाउने सरकारको निर्णय
- मोतीपुर–बबईको बोटिङ रोक्न आदेश
- प्रहरीको लाठीप्रहारबाट वीरगञ्जमा तीन पत्रकार घाइते
- १० वर्षमुनिका बालिका यौनजन्य हिंसाबाट बढी प्रभावित: प्रहरी
Comments are closed.