अनेसास सर्वोत्कृष्ट च्याप्टर छनोटका लागि समिति गठन

बोस्टन, अमेरिका । प्रत्येक दुई-दुई वर्षमा प्रदान गर्ने अनेसास सर्वोत्कृष्ट च्याप्टर छनोटका लागि चयन समिति गठन गरेको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आफ्ना च्याप्टरहरूलाई उत्कृष्ट काम गर्न प्रेरित गर्ने उदेश्यअनुसार स्थापित यो पुरस्कार अनेसास पाँचौ च्याप्टर सम्मेलनका अवसरमा बोस्टनमा प्रदान गरिने छ ।

नगद ५०१ डलर र सम्मान-पत्र रहेको उक्त पुरस्कार यस पटकका लागि अनेसास बिओटी सभापति पदम विश्वकर्माद्वारा प्रायोजन हुनेछ ।

चयन समितिमा अनेसासका महासचिव विमला निरौलाको रोहवरमा निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइला र पूर्व अध्यक्ष राधेश्याम लेकाली रहेका छन् ।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा आइतवार बसेको केन्द्रीय कार्यसमितिको  बैठकले उक्त निर्णय गरेको हो ।

Comments are closed.