Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

स्टार्टअप तथा इनोभेशन प्रवर्द्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

himalaya Diary News Service by himalaya Diary News Service
February 23, 2026
in Business
0
स्टार्टअप तथा इनोभेशन प्रवर्द्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको स्टार्टअप तथा इनोभेसन फोरमको बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । बैठकले नेपालमा स्टार्टअप तथा इनोभेशन प्रवर्द्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकास कार्यक्रमलाई प्राथमिकतामा राख्दै सहकार्यलाई तीव्र बनाउनु पर्नेमा जोड दिएको छ ।

बैठकमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नवप्रवर्तनमैत्री नीति तथा वित्तीय पहुँच विस्तार नगरी स्टार्टअप इकोसिस्टम सुदृढ हुन नसक्ने बताउँदै निजी क्षेत्र–सरकार सहकार्य बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्टार्टअपहरूलाई बजार पहुँच, मेन्टरसिप र नियमाकीय स्पष्टता उपलब्ध गराउन महासंघ सक्रिय रहने जानकारी दिनुभयो ।

साथै उहाँले नवप्रवर्तनशील उद्यमका लागि तालिम, प्राविधिक सहयोग र इन्क्युबेशन सेवाहरूलाई अझ प्रभावकारी बनाइदै लैजानु पर्नेमा जोड दिनुभयो ।

उपाध्यक्ष हेमराज ढकालले स्टार्टअप तथा इनोभेशन उद्यमलाई प्रोत्साहन गर्न कर तथा लगानी सम्बन्धी नीतिगत सहजीकरण आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उपाध्यक्ष ज्योत्सना श्रेष्ठले महिला तथा युवा उद्यमशीलतालाई स्टार्टअप नीतिको केन्द्रमा राख्नुपर्ने बताउँदै समावेशी उद्यम वातावरण निर्माणका लागि क्षमता अभिवृद्धि र नेटवर्किङ कार्यक्रम विस्तार गर्नुपर्ने धारणा राख्नुभयो ।

कोषाध्यक्ष भरतराज आचार्यले महासंघ अन्तर्गतको स्टार्टअप तथा इनोभेसन फोरमलाई कमिटीमा रुपान्तरण गर्नु पर्नेमा जोड दिंदै यसको विकासको लागि संस्थागत मापदण्ड विकास आवश्यक रहेको बताउनुभयो ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ताले स्टार्टअप तथा इनोभेसनका क्षेत्रमा नीतिगत सुधारहरु भएको उल्लेख गर्दै उद्यम विकासका सरकारी कार्यक्रमहरु निजी क्षेत्रको सहकार्यमा अगाडि बढाइने बताउनुभयो ।

फोरमका सभापति जुना माथेमाले फोरमका गतिविधि, साझेदारी विस्तार, स्टार्टअप शोकेस तथा नीतिगत संवाद कार्यक्रमबारे जानकारी दिँदै आगामी दिनमा उद्यमी–लगानीकर्ता प्लेटफर्म सुदृढ गर्दै जानु पर्नेमा जोड दिनुभएको थियो ।

Advertisement Banner
Previous Post

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

Next Post

Cardamom exports surge through Mechi customs as tea trade declines

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Nepal: Cardamom prices decline to Rs 92,000 per man

Cardamom exports surge through Mechi customs as tea trade declines

Recommended

Soft but tough: Biohybrid material performs like cartilage

Soft but tough: Biohybrid material performs like cartilage

4 years ago
Nepal Govt revokes license of Chinese state-owned company to construct 1200 MW hydel project

Nepal decided to accept the grant of Japanese Yen 376 million

4 years ago

Don't Miss

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.