Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

आर्थिक सहयोगको अपिल गर्दै सम्बाले भनिन्–थाके पनि हारेको छैन, नेपालको जर्सी लगाएर मैदान फर्कनेछु

Editorial Team by Editorial Team
February 24, 2026
in Nepal, News, Sports
0
आर्थिक सहयोगको अपिल गर्दै सम्बाले भनिन्–थाके पनि हारेको छैन, नेपालको जर्सी लगाएर मैदान फर्कनेछु
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने र त्यसका लागि सहयोग गर्ने आग्रह गरेकी हुन् ।सम्बाले घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको कारण जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको उल्लेख गरेकी छन् ।चोट गम्भीर रहेको र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको रहेकाले मैले पुनः सोहि अस्पतालमा उपचार गराउने इच्छा रहेको उनले बताइन् ।
साम्बाले उपचारका लागि एन्फा र सरकारबाट सहयोग नपाएको बताएकी छन् । एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि नपाएको उनको गुनासो छ ।
साम्बाले भनेकी छन्–‘अघिल्लो साता एन्फा अध्यक्ष आफैंले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । उहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैं गर्न भन्नुभयो । एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको छ ।’
यस्तो छ उनको पोस्ट
नमस्कार, म सावित्रा भण्डारी, तपाईंहरुको ‘साम्बा’
यहाँहरु सबैलाई थाहा नै छ म पछिल्लो ७ हप्तादेखि चोटका कारण मैदानबाहिर छु । सोचेजस्तो हुन्थ्यो भने अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केहि समय बितिसक्ने थियो । तर अझैपनि म उपचारको लागि भौतारिएको छु ।
मेरो घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । यसका लागि मैले पुन: जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ ।
पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो । त्यसबेला आर्थिक र मानसिक रुपमा मलाई कुनै समस्या थिएन, जसकारण मैले समयमा पुनरागमन गर्दै मैदान फर्कन सकें ।
तर यसपटक एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि पाइएन । चोट लागेको ३ सातापछिको लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भएपनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बतायो ।
तर सो अनुसार एन्फाबाट प्रक्रिया अघि बढेन । मैले पटक पटक प्रयास गर्दापनि वहाँहरुलाई सम्पर्क गर्न कठिन भयो । अघिल्लो साता एन्फा अध्यक्ष आफैंले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो ।
उहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैं गर्न भन्नुभयो । एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको छ ।
यसबीचमा क्लबले मलाई न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको बताइरहेको छ । तर मेरो चोट गम्भीर रहेको र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको रहेकाले मैले पुन: सोहि अस्पतालमा उपचार गराउने इच्छा राखेको हुँ ।
क्लबले विमाबाट प्राप्त रकम मेरो लागि निकासा गरिदिने भएको छ । तर उक्त रकम मेरो शल्यक्रिया र ७-८ महिना रिह्याबका लागि अपुग हुने भएकाले आम समर्थकमाझ सहयोग माग्न आइपुगेको छु । यसका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक आँकलन रहेको छ ।
म बाहिर रहेकाले सरकारसमक्ष पनि मेरो प्रतिनिधित्व गर्दै उपचारका लागि सहयोगको प्रयास भएका छन् । तर सरकारी प्रक्रिया अपेक्षा गरेअनुसार अघि बढ्न नसक्दा मैले शल्यक्रिया नगरी भर गर्ने स्थिति रहेको छैन ।
मैले आफ्नो करियरमा सधैं कठिनाइहरूको सामना गर्नुपरेको छ, र हरेक पटक साहसका साथ त्यसलाई पार गरेको छु । यसपटक पुन: माथि उठ्न तपाईंको सहयोगको आवश्यकता परेको छ ।
मेरो लागि यो आफ्नो करियरको सबैभन्दा कठिन लडाइँ भएको छ । मैले यो अवस्था आउला भन्ने सोचेको पनि थिइनँ । आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिन आम समर्थकहरु नै हुनुहुन्छ । एन्फाभित्र म क्लबको लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफैं निराश भएको छु ।
तर मैले देशको लागि सधैं शत प्रतिशत दिएको छु र आउने दिनमा पनि देशको लागि खेल्न तत्पर छु । इजरायल होस् या फ्रान्स, मैले सधैं नेपालकै नाम राखेको महसुस भएको छ । यहाँ न्युजिल्यान्ड र अष्ट्रेलियामा खेल्दापनि मैले व्यक्तिगत भन्दापनि राष्ट्रको पहिचान बोकेको ठानेको छु ।
आर्थिक रुपमा मैले आजसम्म आर्जन नगरेको रकम यो उपचारका लागि आवश्यक परेको छ । त्यसैले नै म आज यहाँहरुमाझ सहयोगको याचना गरिरहेको छु ।
आशा छ मेरो उपचारका लागि आवश्यक सहयोग चाडैं जम्मा हुनेछ । र म राष्ट्रिय टोलीको कप्तान, जो युरोपमा पुगेर खेलेको छु, मैले यो परिस्थितिको सामना गर्नुपर्छ भने सोच्नुहोस अरुको अवस्था के होला? मैले यसबारे निरन्तर आवाज पनि उठाउँदै आएको छु, तर नियतिले पुन: एकपटक मलाई नै यो अवस्थामा ल्याएको छ ।
थाकेको हो, हारेको छैन । पुन: एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु ।
जय नेपाल !

Advertisement Banner
Previous Post

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

Next Post

महोत्तरीमा चुनावी ‘कडाइ’ : सीमा सिलदेखि मदिरा पूर्ण निषेधसम्म

Editorial Team

Editorial Team

Next Post
महोत्तरीमा चुनावी ‘कडाइ’ : सीमा सिलदेखि मदिरा पूर्ण निषेधसम्म

महोत्तरीमा चुनावी ‘कडाइ’ : सीमा सिलदेखि मदिरा पूर्ण निषेधसम्म

Discussion about this post

Recommended

भारतको ओडिशामा हुने १२ औं कलिंग साहित्य महोत्सवमा नेपालका ८ लेखक सहभागी हुँदै

भारतको ओडिशामा हुने १२ औं कलिंग साहित्य महोत्सवमा नेपालका ८ लेखक सहभागी हुँदै

2 months ago
Election Violence in Bangladesh Leaves 26 Injured Ahead of February 12 Polls

Election Violence in Bangladesh Leaves 26 Injured Ahead of February 12 Polls

2 weeks ago

Don't Miss

लालगोपाल सुवेदीको विशेष कविता वाचन कार्यक्रम जापानको टोकियोमा सम्पन्न

लालगोपाल सुवेदीको विशेष कविता वाचन कार्यक्रम जापानको टोकियोमा सम्पन्न

February 24, 2026
चीनको परम्परागत स्प्रिङ फेस्टिभल यात्राको चाप बढेसँगै ‘एयर ट्याक्सी’ को मागमा वृद्धि

चीनको परम्परागत स्प्रिङ फेस्टिभल यात्राको चाप बढेसँगै ‘एयर ट्याक्सी’ को मागमा वृद्धि

February 24, 2026
कैलालीमा सीमा नाका ३ दिन बन्द रहने

कैलालीमा सीमा नाका ३ दिन बन्द रहने

February 24, 2026
आजवाट होली पर्व आरम्भ, वसन्तपुरमा चीर ठड्याइयो

आजवाट होली पर्व आरम्भ, वसन्तपुरमा चीर ठड्याइयो

February 24, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.