करेन्ट लागेर मृत्यु

दाङ, ३० फागुन

घोराही उपमगहानगरपालिका-१२ पेदा बस्ने २९ वर्षीय तिलक विकको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने चौपाराम बुढाथोकीको घरमा हाईटेन्सन लाईनबाट तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.