Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नयाँ लहरमा पुराना दलको अस्तित्व संकट: रास्वपाको उदयले कांग्रेस-एमाले गढ भत्किए

Editorial Team by Editorial Team
March 11, 2026
in Nepal, News
0
नयाँ लहरमा पुराना दलको अस्तित्व संकट: रास्वपाको उदयले कांग्रेस-एमाले गढ भत्किए
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौं – प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणामले नेपालको राजनीतिक नक्सा नै फेरिएको संकेत दिएको छ। २०७९ को निर्वाचनमा पहिलो, दोस्रो र तेस्रो शक्तिका रूपमा उभिएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) यसपटक भने आफ्नो अस्तित्व जोगाउनै कठिन अवस्थामा पुगेका छन्।
अघिल्लो निर्वाचनमा चौथो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसपटक दुईतिहाइ बहुमततर्फ अग्रसर हुँदा पुराना दलहरू क्रमशः पछि धकेलिएका छन्। कांग्रेस दोस्रो, एमाले तेस्रो र नेकपा चौथो शक्तिमा सीमित हुँदा लामो समयदेखि कायम रहेका राजनीतिक गढहरू पनि भत्किएका छन्।
यस पटकको निर्वाचन परिणामले विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेका लागि सास फेर्नै गाह्रो हुने अवस्था सिर्जना गर्‍यो। केही सीमित क्षेत्रमा मात्र जीत हात पार्न सकेका यी दलहरूले अधिकांश क्षेत्रमा नयाँ शक्तिको उदयको सामना गर्नुपर्‍यो।
कर्णालीले कांग्रेसलाई दिएको थोरै राहत
नेपाली कांग्रेसका लागि यसपटकको निर्वाचनमा कर्णाली प्रदेशले केही राहत दिएको छ। कर्णालीका १२ सिटमध्ये कांग्रेसले ५ सिट जितेर आफ्नो उपस्थिति कायम राख्न सफल भएको हो।विशेषगरी दैलेख–१ मा एमालेको लामो समयदेखि कायम रहेको प्रभाव तोड्दै कांग्रेसकी उम्मेदवार वासना थापा विजयी हुनुभयो। २०७० सालदेखि निरन्तर एमालेले जित्दै आएको यो क्षेत्रमा कांग्रेसको जीतलाई पार्टीका लागि ठूलो उपलब्धि मानिएको छ।कर्णालीबाहेक अन्य प्रदेशमा भने कांग्रेसलाई निकै कठिन अवस्था सामना गर्नुपर्‍यो। सात प्रदेशमध्ये कांग्रेसले सबैभन्दा धेरै सिट जितेको प्रदेश कर्णाली नै बनेको छ।
कोशीमा युवा उम्मेदवारको उदय
कोशी प्रदेशमा कांग्रेसले चार सिट जितेको छ। लामो समयदेखि एमालेको प्रभाव रहेको इलाम–१ मा कांग्रेसका युवा उम्मेदवार निश्कल राइ विजयी बन्नु कांग्रेसका लागि उल्लेखनीय उपलब्धि मानिएको छ।३५ वर्षीय राइले दशकौं पुरानो एमालेको गढ तोड्दै चुनाव जित्न सफल भएका हुन्। त्यस्तै पाँचथर–१ मा कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी बन्नुभयो।यी परिणामहरूले कांग्रेसले केही परम्परागत एमाले गढमा प्रवेश गर्न सफल भएको संकेत दिएका छन्।
सुदूरपश्चिममा पनि एमालेको गढ भत्कियो
सुदूरपश्चिम प्रदेशमा कांग्रेसले तीन सिट जितेको छ। अछाम–१ मा कांग्रेसले एमालेको लामो समयदेखिको वर्चस्व अन्त्य गरेको छ।२०६४ सालदेखि निरन्तर एमालेका उम्मेदवार विजयी हुँदै आएको यो क्षेत्रमा यसपटक ७० वर्षीय कांग्रेस उम्मेदवार भरतकुमार स्वाँर विजयी बन्नुभयो।यो जीतलाई कांग्रेसका लागि सुदूरपश्चिममा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
मधेश र बागमतीमा कांग्रेसको कमजोर प्रदर्शन
कांग्रेसको परम्परागत आधार क्षेत्र मानिने मधेश प्रदेशमा भने पार्टीको प्रदर्शन निकै कमजोर देखियो। मधेशका ३२ सिटमध्ये कांग्रेसले मात्र एक सिट जित्न सक्यो।रौतहट–२ बाट ३९ वर्षीय चिकित्सक मोहम्मद फिरदोश आलम विजयी हुँदै कांग्रेसको इज्जत जोगाउने एकमात्र उम्मेदवार बने।बागमती प्रदेशमा पनि कांग्रेसको अवस्था त्यस्तै कमजोर देखियो। ३३ सिटमध्ये रसुवाबाट मात्र मोहन आचार्य विजयी बन्नुभयो।आचार्यले भने लगातार तीन पटक चुनाव जित्दै ह्याट्रिक गरेका छन्। २०७४ मा एमाले–माओवादी गठबन्धन र २०७९ तथा यसपटक रास्वपाको लहरका बीच पनि उनले आफ्नो निर्वाचन क्षेत्र जोगाउन सफल भएका हुन्।
गण्डकीमा युवाको जित
गण्डकी प्रदेशमा कांग्रेसलाई युवा उम्मेदवारहरूले केही राहत दिएका छन्। मुस्ताङबाट ३२ वर्षीय योगेश गौचन थकाली विजयी बन्नुभएको छ भने मनाङबाट टेकबहादुर गुरुङ निर्वाचित भएका छन्।समग्रमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जित्दा तीमध्ये १२ जना नयाँ अनुहार संसद प्रवेश गर्ने भएका छन्।
एमाले पनि सीमित सिटमै खुम्चियो
यस पटकको निर्वाचनमा नेकपा एमाले पनि उल्लेख्य रूपमा कमजोर बनेको छ। प्रत्यक्षतर्फ मात्र ९ सिट जित्न सफल एमालेले अधिकांश प्रदेशमा कमजोर प्रदर्शन गर्‍यो।एमालेले सबैभन्दा धेरै सिट कोशी प्रदेशमा जितेको छ, जहाँ चार सिट हात पार्दै केही राहत महसुस गरेको छ।सुदूरपश्चिममा तीन सिट जितेको एमालेले कर्णाली र लुम्बिनीमा एक–एक सिटमै चित्त बुझाएको छ। मधेश, बागमती र गण्डकीमा भने एमालेले खातासमेत खोल्न सकेन।
एमालेबाट नयाँ अनुहार संसदमा
एमालेबाट निर्वाचित हुने ९ जनामध्ये केही नयाँ अनुहार पनि संसदमा प्रवेश गर्ने भएका छन्।तप्लेजुङबाट ३८ वर्षीय युवा क्षितिज थेवे विजयी बनेका छन् भने बझाङबाट ऐन महर पहिलो पटक संसद प्रवेश गर्न सफल भएका छन्।बझाङमा अघिल्लो निर्वाचनमा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका थिए।
त्यस्तै बाँके–२ मा हालै जसपा परित्याग गरी एमाले प्रवेश गरेका मोहम्मद इस्तियाक राइ विजयी बने।यो क्षेत्र यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीको कब्जामा रहेको थियो भने नेपाली कांग्रेसका पूर्वप्रधानमन्त्री सुशील कोइराला ले पनि दुई पटक जित हासिल गरेको क्षेत्र हो।एमालेबाट निर्वाचित हुने ९ जनामध्ये तीन जना नयाँ अनुहार हुन्।
नेकपा आफ्नै गढमा सीमित
यस पटकको निर्वाचनमा नेकपा सात सिटमा सीमित भएको छ। तीमध्ये पाँच जना उम्मेदवार आफ्नै परम्परागत गढमा विजयी भएका छन्।त्यसबाहेक पार्टीले दुई क्षेत्रमा अन्य दलबाट सिट खोसेको छ। धनुषा–१ मा मातृका यादव जनता समाजवादी पार्टीबाट सिट खोस्दै विजयी भए भने सिन्धुपाल्चोक–२ मा युवराज दुलाल कांग्रेसलाई पराजित गर्दै संसदमा पुगे।
राजनीतिक शक्ति सन्तुलनमा ठूलो परिवर्तन
समग्र मतपरिणामले नेपालको राजनीतिक शक्ति सन्तुलनमा ठूलो परिवर्तन आएको स्पष्ट संकेत दिएको छ।लामो समयदेखि नेपाली राजनीतिमा प्रभुत्व जमाएका पुराना दलहरू कमजोर बन्दै जाँदा नयाँ शक्तिका रूपमा उभिएको रास्वपाले व्यापक जनसमर्थन प्राप्त गरेको देखिएको छ।यसले आगामी दिनमा नेपालको राजनीतिक समीकरण, सरकार गठन र नीति निर्माणको दिशामा पनि ठूलो परिवर्तन ल्याउने संकेत देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।
Advertisement Banner
Previous Post

नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घबाट ‘अन्तरराष्ट्रिय आरोग्य दिवस’ घोषणा : विश्वभर अप्रिल १५ मा मनाइने

Next Post

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवादसहित बालेनको सन्देश

Editorial Team

Editorial Team

Next Post
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवादसहित बालेनको सन्देश

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवादसहित बालेनको सन्देश

Recommended

Nepal-India relationship is historic, Finance Minister says

Nepal-India relationship is historic, Finance Minister says

8 months ago
ADB Celebrates Partnership with Europe, Highlights Private Sector Opportunities

ADB Celebrates Partnership with Europe, Highlights Private Sector Opportunities

6 months ago

Don't Miss

Cabinet’s  decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

Cabinet’s decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

August 11, 2026
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

August 11, 2026
भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

August 11, 2026
नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.