Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

इनिशालाई न्याय देऊ’ भन्दै माइतीघरमा दलित अधिकारकर्मीको खबरदारी र्‍याली

Editorial Team by Editorial Team
March 12, 2026
in Nepal, News
0
इनिशालाई न्याय देऊ’ भन्दै माइतीघरमा दलित अधिकारकर्मीको खबरदारी र्‍याली
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – दलित समुदायमाथि हुने हिंसा, बलात्कार तथा हत्या जस्ता जघन्य घटनाहरू बढ्दै गएको भन्दै दलित अधिकारकर्मीहरूले बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। देशभर दलित समुदायमाथि भइरहेको विभेद र अत्याचार रोक्न सरकारलाई दबाब दिन उनीहरूले ‘खबरदारी र्‍याली’ आयोजना गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले सुर्खेतकी १६ वर्षीया इनिशा विकको तस्बिरसहित न्यायको माग गरेका थिए। उनीहरूले “इनिशालाई न्याय देऊ”, “दोषीलाई कडा कारबाही गर”, “दलितमाथि हुने हिंसा बन्द गर” लगायतका नारासहित प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए।
दलित अधिकारकर्मीहरूले दलित समुदायमाथि हुने हिंसा र विभेदका घटनाहरू पछिल्लो समय झन् बढ्दै गएको आरोप लगाउँदै यस्ता घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले पीडित परिवारलाई न्याय र सुरक्षा सुनिश्चित गर्न पनि जोड दिएका छन्।
गत फागुन २३ गते सुर्खेतमा १६ वर्षीया इनिशा विक बेहोस अवस्थामा फेला परेकी थिइन्। सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिशा वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा बेहोस अवस्थामा भेटिएकी थिइन्।
बेहोस अवस्थामा फेला परेपछि उनलाई तत्काल प्रदेश अस्पताल कालागाउँ पुर्‍याइएको थियो। तर अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटना शंकास्पद देखिएपछि इनिशाका आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको आशंकासहित फागुन २४ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए।
उजुरी परेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। प्रहरीले घटनामा संलग्न भएको आशंकामा फागुन २३ गते नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको जनाएको छ। त्यसपछि थप अनुसन्धानका लागि फागुन २४ गते अरू तीन जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रदर्शनमा सहभागी दलित अधिकारकर्मीहरूले यस्ता घटनामा ढिलासुस्ती नगरी निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले दलित समुदायमाथि हुने हिंसा र लैंगिक अपराध रोक्न प्रभावकारी कानुनी कार्यान्वयन, दोषीलाई कडा सजाय र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन्।
उनीहरूले देशमा अझै पनि दलित समुदायमाथि विभेद र हिंसाका घटना दोहोरिनु गम्भीर चिन्ताको विषय भएको बताउँदै यस्ता घटनाविरुद्ध राज्य गम्भीर बन्नुपर्ने बताएका छन्। साथै, महिलामाथि हुने हिंसा तथा बलात्कार जस्ता अपराध रोक्न समाज र राज्य दुवै पक्षबाट ठोस कदम चाल्न आवश्यक रहेको उनीहरूको भनाइ छ।

Advertisement Banner
Previous Post

काठमाडौंमा वायु प्रदूषण खतराको तहमा : नेपाल प्रहरीको ६ बुँदे आग्रह‘

Next Post

पाँच वर्षको सजाय, दुई दशक लामो कानुनी यात्रा : ‘दीपक मनाङे’ अन्ततः कैद भुक्तान गरेर मुक्त

Editorial Team

Editorial Team

Next Post
पाँच वर्षको सजाय, दुई दशक लामो कानुनी यात्रा : ‘दीपक मनाङे’ अन्ततः कैद भुक्तान गरेर मुक्त

पाँच वर्षको सजाय, दुई दशक लामो कानुनी यात्रा : ‘दीपक मनाङे’ अन्ततः कैद भुक्तान गरेर मुक्त

Discussion about this post

Recommended

मनोज पाण्डेको यौन दुर्व्यवहारमा परेकी अर्की युवतीको उजुरी प्रहरीमा

मनोज पाण्डेको यौन दुर्व्यवहारमा परेकी अर्की युवतीको उजुरी प्रहरीमा

4 years ago
UML will contest election: Chair KP Sharma Oli

UML will contest election: Chair KP Sharma Oli

2 months ago

Don't Miss

पूर्वी डीआर कंगोमा ड्रोन आक्रमणको संयुक्त राष्ट्रसंघीय मिसनद्वारा निन्दा

पूर्वी डीआर कंगोमा ड्रोन आक्रमणको संयुक्त राष्ट्रसंघीय मिसनद्वारा निन्दा

March 12, 2026
नेपालका औषधि उद्योगहरूको स्तर वृद्धि गर्नुपर्ने आवश्यकता, आत्मनिर्भर बन्न आग्रह:डा. सुधा गौतम

नेपालका औषधि उद्योगहरूको स्तर वृद्धि गर्नुपर्ने आवश्यकता, आत्मनिर्भर बन्न आग्रह:डा. सुधा गौतम

March 12, 2026
कम्युनिस्टको दर्शन अनुसार नचल्दा आजको अवस्था आयो- विद्या भट्टराई

कम्युनिस्टको दर्शन अनुसार नचल्दा आजको अवस्था आयो- विद्या भट्टराई

March 12, 2026
कच्चा तेलको मूल्य प्रति ब्यारेल १०१ डलर नाघ्यो

कच्चा तेलको मूल्य प्रति ब्यारेल १०१ डलर नाघ्यो

March 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.