Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

१२ बुँदे घोषणापत्रसहित एनआरएनएको विश्व सम्मेलन सकियो, शर्मा अध्यक्षमा निर्विरोध

Editorial Team by Editorial Team
March 17, 2026
in Nepal, News
0
१२ बुँदे घोषणापत्रसहित एनआरएनएको विश्व सम्मेलन सकियो, शर्मा अध्यक्षमा निर्विरोध
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – १२ बुँदे घोषणापत्र सार्वजनिक गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ।‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने मूल नारासहित फागुन ३० देखि चैत २ गतेसम्म काठमाडौंमा आयोजित सम्मेलनले विश्वभर रहेका नेपाली समुदायबीच एकता सुदृढ गर्दै लगानी विस्तार र नेपालको समृद्धिका लागि सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
महाधिवेशनले डा. हेमराज शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। सम्मेलनमा विभिन्न देशमा बसोबास गर्ने गैरआवासीय नेपाली, नीति–निर्माता, लगानीकर्ता, श्रमिक प्रतिनिधि, युवा, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार सम्मेलनमा चार हजार दुई सय ८६ प्रतिनिधि सहभागी भएका थिए। तीमध्ये चार सयभन्दा बढी प्रतिनिधि काठमाडौंमा प्रत्यक्ष उपस्थित भएका थिए भने बाँकी सहभागीहरू अनलाइन माध्यमबाट जोडिएका थिए।
सम्मेलनले गैरआवासीय नेपालीहरूको लगानी नेपालमा भित्र्याउन सहज र अनुकूल वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ। रोजगारी सिर्जना, उद्यमशीलता विकास तथा भौतिक पूर्वाधार निर्माणमा योगदान पुर्‍याउने गरी एनआरएन लगानीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता घोषणापत्रमा व्यक्त गरिएको छ।
त्यसैगरी, लगानी व्यवस्थापनलाई सहज बनाउन छुट्टै संयन्त्र स्थापना गर्न तथा सम्बन्धित कानुनहरूमा सुधार गर्न सरकारसँग माग गरिएको छ। नागरिकता ऐन, आयकर ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन लगायतका कानुन संशोधन गरी लगानी प्रक्रिया सहज बनाउनुपर्ने सुझाव सम्मेलनले दिएको छ।
नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्डबाट जारी हुने धितोपत्रको सीमा ८५ प्रतिशत कायम गर्न पनि सम्मेलनले माग गरेको छ। यसबाट विदेशमा रहेका नेपालीहरूको लगानीलाई औपचारिक रूपमा नेपालको आर्थिक विकाससँग जोड्ने विश्वास व्यक्त गरिएको छ।

Advertisement Banner
Previous Post

छोराछोरीसहित भेरीमा बेपत्ता महिलाको शव भेटियो

Next Post

गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको ठूलो आह्वान: “अब लगानी गरौं, देश बनाऔं!”

Editorial Team

Editorial Team

Next Post
गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको ठूलो आह्वान: “अब लगानी गरौं, देश बनाऔं!”

गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको ठूलो आह्वान: “अब लगानी गरौं, देश बनाऔं!”

Discussion about this post

Recommended

कविता: अर्को चुनावको पर्खाइमा !

कविता: अर्को चुनावको पर्खाइमा !

4 years ago
Bangladesh’s first female prime minister Khaleda Zia dies aged 80

Bangladesh’s first female prime minister Khaleda Zia dies aged 80

3 months ago

Don't Miss

महेश्वर पन्तको ‘धर्तीमुनिका तारा’ कथासंग्रह विमोचित

महेश्वर पन्तको ‘धर्तीमुनिका तारा’ कथासंग्रह विमोचित

March 17, 2026
कवि मञ्जुल’लाई ‘विश्व–ज्योति साहित्य सम्मान’ प्रदान गरिने

कवि मञ्जुल’लाई ‘विश्व–ज्योति साहित्य सम्मान’ प्रदान गरिने

March 17, 2026
प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले अब दोहोरो सुविधा भत्ता नपाउने

प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले अब दोहोरो सुविधा भत्ता नपाउने

March 17, 2026
बालेन शाहको ‘नयाँ शैली’ : रिबन का’ट्ने संस्कृतिको अन्त्यदेखि दुई वर्ष छिमेकी भ्रमण नगर्ने, बिचौलियामाथि पूर्ण रोक,अनावश्यक भेटघाट बन्द

बालेन शाहको ‘नयाँ शैली’ : रिबन का’ट्ने संस्कृतिको अन्त्यदेखि दुई वर्ष छिमेकी भ्रमण नगर्ने, बिचौलियामाथि पूर्ण रोक,अनावश्यक भेटघाट बन्द

March 17, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.