Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

६ वर्ष कैद र २२ करोड जरिबानाका दोषी योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ

Editorial Team by Editorial Team
March 17, 2026
in Nepal, News
0
६ वर्ष कैद र २२ करोड जरिबानाका दोषी योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – बैंकिङ कसूर मुद्दामा ६ वर्ष कैद र २२ करोड ६७ लाख रुपैयाँभन्दा बढी जरिबाना ठहर भएका नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् ।
लामो समयदेखि फरार रहेका ६९ वर्षीय श्रेष्ठलाई प्रहरीले आइतबार सितापाइलाबाट नियन्त्रणमा लिएको हो । सिआइबीको टोलीले उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ ।
सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार श्रेष्ठ नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडमा कार्यकारी अध्यक्ष रहँदा निक्षेपकर्ताको बचत तथा संस्थाको पुँजीमा अनियमितता गरी व्यक्तिगत लाभका लागि प्रयोग गरेको पुष्टि भएको थियो ।उक्त घटनापछि नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा उनीमाथि बैंकिङ कसूर ऐनअन्तर्गत अनुसन्धान सुरु गरिएको थियो ।
यस प्रकरणमा सर्वोच्च अदालतले २०८१ भदौ ५ गते दुईवटा छुट्टाछुट्टै मुद्दामा उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो। पहिलो मुद्दामा ३ वर्ष कैद र १९ करोड ४६ लाख रुपैयाँ जरिबाना तथा दोस्रो मुद्दामा ३ वर्ष कैद र ३ करोड २१ लाख रुपैयाँ जरिबानाको फैसला भएको थियो।
अदालतको फैसलाअनुसार श्रेष्ठलाई कुल ६ वर्ष कैद र २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ जरिबाना तोकिएको छ। फैसलापछि लामो समय फरार रहेका उनलाई आइतबार पक्राउ गरी अदालतमार्फत सजाय कार्यान्वयन प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ।

Advertisement Banner
Previous Post

रास्वपाले आयोगमा सिफारिस गरेका ५७ समानुपातिक सांसद (सूचीसहित)

Next Post

इराकस्थित अमेरिकी दुतावासमा हवाई हमला

Editorial Team

Editorial Team

Next Post

इराकस्थित अमेरिकी दुतावासमा हवाई हमला

Recommended

A collaborative team has achieved the first monolithic 3D chip built in a U.S. foundry, delivering the densest 3D chip wiring and order-of-magnitude speed gains.

A collaborative team has achieved the first monolithic 3D chip built in a U.S. foundry, delivering the densest 3D chip wiring and order-of-magnitude speed gains.

5 months ago
एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा

एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा

5 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.