Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

गगन थापाले दिए काँग्रेस सभापति पदबाट राजीनामा

Editorial Team by Editorial Team
March 19, 2026
in Nepal, News, Politics
0
गगन थापाले दिए काँग्रेस सभापति पदबाट  राजीनामा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुभएको छ। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाउनु भएको हो ।फागुन २१ मा भएको निर्वाचनमा कांग्रेसले नराम्रो हार व्यहोर्नुपरेपछि थापाले राजीनामा दिएर तत्काल नियमित महाधिवेशनतिर पार्टीलाई डोर्‍याउन चाहनु भएको हो । ‘अबकि बार, सय पार’ भन्ने नारा नै बनाएको कांग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सहित ३८ सिटमा सीमित भएको छ । सभापति थापा आफैं सर्लाही–४ मा ठूलै मतान्तरले रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित हुनुभएको थियो । सिंहले ३५ हजार ६ सय ८८ मतसहित विजयी हुँदा थापाले २२ हजार ८ सय ३१ मत मात्र ल्याउनुभएको थियो ।
पार्टी र आफैंले समेत निर्वाचनमा व्यहोरेको क्षतिबाट तनावमा रहेका थापाले केही दिनअघिदेखि नै राजीनामा बुझाउने तयारी गरिरहनु भएको थियो । २५ फागुनमा उपसभापति शर्मासँगको भेटमा नै थापाले राजीनामा दिनेबारे जानकारी गराउनु भएको थियो ।भोलि चैत ६ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाको राजीनामाबारे निर्णय गर्नेछ । निर्वाचनपछि पहिलोपल्ट बस्न लागेको बैठकमा निर्वाचनको परिणाम, नेतृत्वको जिम्मेवारी र संगठनात्मक कमीकमजोरी लगायतका विषयमा समीक्षा हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले बताउनुभयो ।
२७ देखि ३० पुससम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको १ सय ३४ सदस्यीय नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन छ ।

Advertisement Banner
Previous Post

रवि लामिछानेको रिटमा आज पनि सुनुवाइ हुने

Next Post

कतारले गर्‍यो इरानी राजदूतलाई देशनिकाला

Editorial Team

Editorial Team

Next Post
कतारले गर्‍यो इरानी राजदूतलाई देशनिकाला

कतारले गर्‍यो इरानी राजदूतलाई देशनिकाला

Discussion about this post

Recommended

Nepali Communist Party unveils commitment document

Nepali Communist Party unveils commitment document

1 month ago
Researchers develop the world’s first power-free frequency tuner using nanomaterials

Researchers develop the world’s first power-free frequency tuner using nanomaterials

4 years ago

Don't Miss

Sikkim Arts and Literature Festival 2026: A Celebration of Culture, Creativity, and Dialogue in the Eastern Himalayas

Sikkim Arts and Literature Festival 2026: A Celebration of Culture, Creativity, and Dialogue in the Eastern Himalayas

March 19, 2026
Election Commission determines cutoff date for voter’s age

Nepal Election Commission submitted election report, including the results, to President Ramchandra Paudel

March 19, 2026
जुम्लाका  १२७७ किशोरीलाई एचपीभी खोप दिइने

जुम्लाका १२७७ किशोरीलाई एचपीभी खोप दिइने

March 19, 2026
प्रधानमन्त्री कार्कीले गरिन रारा भ्रमण, पछि चन्दननाथ मन्दिरको दर्शन गर्ने

प्रधानमन्त्री कार्कीले गरिन रारा भ्रमण, पछि चन्दननाथ मन्दिरको दर्शन गर्ने

March 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.