Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

फर्जी भिडियो सेयर गरेको आरोपमा खाडीमा ७ नेपाली पक्राउ

Editorial Team by Editorial Team
March 20, 2026
in Nepal, News
0
फर्जी भिडियो सेयर गरेको आरोपमा खाडीमा ७ नेपाली पक्राउ
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – पश्चिम एशियामा जारी युद्धबीच सामाजिक सञ्जालमा फर्जी भिडियो फैलाएको आरोपमा संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेतमा गरी ७ नेपाली पक्राउ परेका छन्। बीबीसीका अनुसार यूएई, साउदीमा ३–३ जना र कुवेतमा १ गरी जम्मा ७ जना पक्राउ परेका हुन्।यद्यपि, आरोपीको पहिचान भने खुलाइएको छैन ।
यूएईको सरकारी समाचार एजेन्सी वामका अनुसार केही मानिसले सार्वजनिक गरेको भिडियोमा वायु रक्षा प्रणालीद्वारा आक्रमण रोक्दै गरेको वास्तविक फुटेज थियो भने अन्य क्लिपमा जमिनमा खसालिएका प्रोजेक्टाइल र घटना हेर्न जम्मा भएको भिड देखाइएको थियो ।अनुसन्धानका क्रममा केही भिडियो एआईबाट बनाएको पत्ता लागेको छ, जसमा यूएईका अलगअलग इलाकामा विस्फोट, ठूलो मात्रामा आगो र प्रमुख भवनहरूमा हमलाका झुटा दृश्य रहेका छन् ।
पश्चिम एसियामा बढ्दो तनावबीच डिजिटल प्लेटफर्मको निगरानीका क्रममा उक्त कारबाही गरिएको हो । यूएईको कानुनअनुसार यस्तो कार्यमा संलग्नलाई १–२ वर्षसम्म कैद र १ लाखदेखि २ लाख दिरहमसम्म जरिवाना हुन सक्ने बताइएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार दूतावासहरूले खाडीमा रहेका नेपालीलाई स्थानीय कानुन पालना गर्न र सामाजिक सञ्जालमा संवेदनशील सामग्री सेयर नगर्न बारम्बार आग्रह गरिरहेको छ ।
तर, दूतावासहरूले बारम्बार सचेत गराउँदा पनि अपुष्ट सामग्री पोस्ट गर्नेक्रम रोकिएको छैन। यसअघि आइतबार पनि यूएई र इरानबीच युद्धको फर्जी भिडियो सामाजिक सञ्जालमा फैलाएको आरोपमा एक नेपालीसहित १० पक्राउ परेका थिए ।-एजेन्सी

Advertisement Banner
Previous Post

शङ्कर लामिछानेको ९८ औँ जन्मजयन्तीका अवसरमा ‘शङ्कर चर्चा’ कार्यक्रम सम्पन्न

Next Post

काठमाडौँ महानगरले विद्यालय उमेरका २० हजार विद्यार्थीको आँखा जाँच गर्ने

Editorial Team

Editorial Team

Next Post

काठमाडौँ महानगरले विद्यालय उमेरका २० हजार विद्यार्थीको आँखा जाँच गर्ने

Recommended

Nepal: Actor Sunil Thapa passes away

Nepal: Actor Sunil Thapa passes away

6 months ago
एएनएले बालबालिकाबीच कथा लेखन प्रतियोगिता गर्दै

एएनएले बालबालिकाबीच कथा लेखन प्रतियोगिता गर्दै

4 years ago

Don't Miss

Deuba set to return as Nepali Congress looks to former president for political direction

Deuba remains our party president, all disputes will be resolved after his return: Shashank Koirala

August 13, 2026
फ्रान्समाथि इरानी विदेशमन्त्री अरागचीको कडा आलोचना

फ्रान्समाथि इरानी विदेशमन्त्री अरागचीको कडा आलोचना

August 13, 2026
पत्रकार किशोर श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको खानतलासी

पत्रकार किशोर श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको खानतलासी

August 13, 2026
देउवालाई विमानस्थलबाटै नियन्त्रणमा लिएर अनुसन्धान गर्न जेनजी आन्दोलन नेपालको माग

देउवालाई विमानस्थलबाटै नियन्त्रणमा लिएर अनुसन्धान गर्न जेनजी आन्दोलन नेपालको माग

August 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.