Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

गीतकार किरण खरेललाई ‘परशु–कल्पना स्रष्टा सम्मान’ अर्पण

Editorial Team by Editorial Team
March 22, 2026
in Awards, Literature, Nepal, News
0
गीतकार किरण खरेललाई ‘परशु–कल्पना स्रष्टा सम्मान’ अर्पण
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – प्रसिद्ध आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशु–कल्पना स्रष्टा सम्मान, २०८२’ वरिष्ठ गीतकार किरण खरेललाई समर्पण गरिएको छ ।
शनिबार (चैत ७) काठमाडौंमा नेपाल स्रष्टा समाजद्वारा आयोजित विशेष कार्यक्रममा वरिष्ठ समालोचक प्रा. डा. दयाराम श्रेष्ठले गीतकार खरेललाई सम्मानपत्र समर्पण गरे । उनलाई सम्मानसाथ नगद राशि एक लाख १११ रुपैयाँ समेत प्रदान गरियो ।
प्रा. डा. श्रेष्ठले गीतकार खरेललाई बधाई दिँदै आख्यानकार प्रधानको कथाकारिताको चर्चा गरे । उनले प्रधानका कथाहरूको पुनर्मूल्यांकन गरिनुपर्नेमा जोड दिए ।
उनले भने, “के समीक्षकहरूले परशु प्रधानका कथाहरूको सही समीक्षा गरेका छन् त ? मेरो विचारमा छैनन् । तसर्थ, अब नयाँ दृष्टिकोणका साथ उनका कथाहरूको समीक्षा र मूल्यांकन हुनुपर्छ ।”
उनले आफूले पनि प्रधानको एउटा कथाकृतिको ३५ पृष्ठ लामो भूमिका लेखेको स्मरण गर्दै भने, “त्यो भूमिका मैले केही दिनअघि पढेँ । पढेपछि लाग्यो, मैले परशु प्रधानको कथाहरूको मूल्यांकन गर्न सकेको रहेनछु ।”
उक्त भूमिका लेख्दा आफू ४० वर्षको रहेको उनले सुनाए । अहिले ८० वर्ष उमेर पार गरिसक्दा त्यसलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको उनले बताए । उनले प्रधानका दुई कथाको चर्चा गरे ।
उनले भने, “म परशु प्रधानका कथा र त्यसको सौन्दर्यशास्त्र विषयमा केही लेख्ने प्रयास गर्नेछु ।”
गीतकार रमण घिमिरेले गीत सिर्जना किरण खरेलको एक मात्र ‘लत’ भएको बताए । उच्च शिक्षा हासिल गरेर पनि अरू पेसामा नगएर उनी गीत सिर्जनामा नै निरन्तर लागिरहेको घिमिरेले उल्लेख गरे ।
घिमिरेले एक कुशल उद्घोषक समेत रहेका खरेल नेपाली गीत सिर्जनाका महाविद्यालय नै भएको टिप्पणी गरे । उनले भने, “गीत रचना भनेको फलामको चिउरा चपाउनुसरह हो । उहाँले गीतमा प्रेम, शृंगार मात्र होइन, नयाँ प्रयोग पनि गर्नुभएको छ । उहाँका गीतमा विद्रोह पनि भेटिन्छ ।”
रेडियो नेपालको प्रतियोगितामा खरेलले चारपटक उत्कृष्ट गीतकारको पुरस्कार प्राप्त गरिसकेका छन् । खरेलका आधुनिक, चलचित्रका गीतहरू चर्चित छन् । त्यसको चर्चा गर्दै घिमिरेले खरेल गीतका अपरिहार्य साधक भएको बताए ।
कार्यक्रममा साहित्यरकार शैलेन्द्र साकारले परशु प्रधानसँगका केही स्मृति साझा गरे । उनले किरण खरेल र परशु प्रधानको सम्बन्धको चर्चा गर्दै भने, “किरण दाइले नै दाजु (परशु प्रधान)का कथाहरूलाई गीतिकथाका रूपमा रेडियो नेपालमा प्रसारण गर्न सहयोग गर्नुभएको थियो ।”
प्रधानको कथाकारिताको उन्नयनमा केदारमान व्यथित, दौलतविक्रम विष्ट र पोषण पाण्डेको प्रेरणा रहेको साकारले बताए ।
गीतकार दिनेश अधिकारीले अग्रज गीतकार खरेलको चर्चा गरे । आज नेपाली गीतलाई यो उचाइमा पुर्‍याउने श्रेय खरेलकै रहेको उनले बताए । अधिकारीले आफ्नो र आख्यानकार प्रधानसँगको सम्बन्धबारे पनि बोले ।
बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले आफ्ना पिताजी (परशु प्रधान)को स्मृतिमा आफूहरू चार दिदीभाइ मिलेर यो सम्मानको स्थापना गरेको बताए । उनले भने, “हामीलाई यो अवस्थामा ल्याइपुर्‍याउनुमा पिताजीको साहित्य सिर्जनाको नै योगदान छ । पिताजीको जीवन साहित्य सिर्जनाले नै अगाडि बढेको हो र त्योसँगै हाम्रो जीवन पनि । साहित्यकार भनेको समाजका रत्न हुन् भन्ने हामीले पिताजीबाटै बुझेका हौँ ।”
उनले साहित्यकार अशेष मल्लको संयोजनमा गठित सम्मान सिफारिस समितिले अग्रज गीतकार खरेलजस्ता उपयुक्त पात्र चयन गरेको बताए । उनले गीतकार खरेलले पनि सम्मान स्वीकार गरेकोमा विशेष आभार व्यक्त गरे ।
कार्यक्रममा साहित्यकार पवन आलोकले नेपाल स्रष्टा समाजको स्थापनामा आख्यानकार परशु प्रधानको योगदानको चर्चा गरे । परशु प्रधान आफ्ना गुरु पनि भएको उनले उल्लेख गरे
स्रष्टा समाजका संरक्षक पनि रहेका आलोकले अग्रज गीतकार खरेललाई सम्मान गर्न पाउनु समाजका निम्ति गौरवको विषय भएको बताए ।
समाजका अध्यक्ष एवं साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले धेरै किताब प्रकाशन गरेरभन्दा पनि पाठकलाई छुने उत्कृष्ट साहित्य लेखेर स्रष्टा लामो समय बाँच्ने चर्चा गरे । उनले भने, “राम्रो लेख्नेहरू पनि बाँचेका छन् त ? त्यो पनि होइन । जसले आफ्नो उत्तराधिकारी बनाउन सक्यो, त्यस्ता स्रष्टा सशरीर नभए पनि युगौँयुग बाँचेका छन् । परशु दाइले धेरै काम गर्नुभएको छ । उहाँ अनुज पुस्तालाई प्रोत्साहित गर्नुहुन्थ्यो । यो समाज पनि परशु दाइकै परिकल्पनामा स्थापना भएको हो ।”
उनले ७०० भन्दा बढी कालजयी आधुनिक गीत स्रोतालाई सुम्पिएका गीतकार खरेल नेपाली संगीतका उज्ज्वल नक्षत्र भएको बताए ।
समाजका सदस्य डा. शान्तिमाया गिरीले आख्यानकार प्रधानको परिवारले सम्मान स्थापना गरेर व्यवस्थापनको जिम्मा आफूहरूलाई सुम्पिएकामा आभार व्यक्त गरिन् ।
सम्मानित स्रष्टा खरेलको पहिलो गीत ‘ए दूरका सितारा मेरो चाँदनी कहाँ छ…’ ०१४ सालमा रेकर्ड भएको थियो । त्यसपछि उनी निरन्तर अगाडि बढे ।
उनका ‘हिमालको काखमा छ सानो मेरो गाउँ’, ‘तिमीले चुमेका पाइला’, ‘उसको मायाले मार्‍यो थाहा पाएन’, ‘यो मौसम यो हरियाली रंगीबिरंगी फूलहरू’, ‘नमान लाज यस्तरी कि…’, ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’, ‘ऐना नभए आफ्नो अनुहार कहाँ हेर्छौ तिमी’, ‘चाँडै आऊ है…’, ‘सोधूँ सोधूँ लाग्छ तिमीलाई केही कुरा साउती गरेर’, ‘मेरो बिटुलो विश्वास तिमीलाई चोखै ठान्छ’, ‘तारा मात्र हैन तिमीलाई जूनै दाइजो दिइदिउँला’, किन सस्तो जिन्दगी यस्तोे’, ‘तिमीले चुमेका औँलाहरू तिमी नै लिएर जाऊ’, ‘तिमी सुन्दर छौ तिमीलाई अझ सुन्दर पार्न मन लाग्यो’ लगायत ७०० भन्दा बढी फिल्मी र गैरफिल्मी गीतहरू छन्।

Advertisement Banner
Previous Post

China Congratulates Nepal on Federal Parliament Election

Next Post

धुलिखेल–खावा सडक स्तरोन्नतिका लागि दुई साता आवागमन बन्द

Editorial Team

Editorial Team

Next Post
धुलिखेल–खावा सडक स्तरोन्नतिका लागि दुई साता आवागमन बन्द

धुलिखेल–खावा सडक स्तरोन्नतिका लागि दुई साता आवागमन बन्द

Discussion about this post

Recommended

Mustard cultivation expands to 3,746 hectares in Nawalparasi

Mustard cultivation expands to 3,746 hectares in Nawalparasi

3 weeks ago
खुला सिमानादेखि राजधानीसम्म ‘हतियारको छाया’ चुनाव नजिकिँदै गर्दा गोलीकाण्ड, बरामद हतियार

बन्धक बनाइएका बोहराको सकुशल उद्धार

3 weeks ago

Don't Miss

नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल नबिल बैंकका अध्यक्ष चौधरीद्वारा उद्घाटन

नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल नबिल बैंकका अध्यक्ष चौधरीद्वारा उद्घाटन

March 22, 2026
अनेसास डीसी मेट्रो च्याप्टरद्वारा पारिजात स्मरणसहित स्थापना दिवस सम्पन्न

अनेसास डीसी मेट्रो च्याप्टरद्वारा पारिजात स्मरणसहित स्थापना दिवस सम्पन्न

March 22, 2026
उर्जा व्यवस्थापनमा गुगलले ल्यायो नयाँ प्रविधि

उर्जा व्यवस्थापनमा गुगलले ल्यायो नयाँ प्रविधि

March 22, 2026
इजरायलले तेहरानमा व्यापक स्तरको आक्रमण गर्‍योः आईडिएफ

इजरायलले तेहरानमा व्यापक स्तरको आक्रमण गर्‍योः आईडिएफ

March 22, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.