चेतनाथ आचार्यको’रुइबा’ उपन्यासलाई अरनिको पुरस्कार

काठमाडौँ — पत्रकार चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’लाई अरनिको पुरस्कार प्रदान गरिएको छ। गैर आवासीय नेपाली संघ ९एनआरएनए०अन्तर्गत भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवद्र्धन समितिले प्रदान गर्ने अरनिको अन्तर्राष्ट्रिय पुरस्कार यस वर्ष चीनको बेइजिङमा बसेर पत्रकारिता गरिरहेका चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’लाई प्रदान गरिएको छ ।
राष्ट्रपति कार्यालयमा आइतबार आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उपन्यासकार आचार्यलाई पुरस्कार प्रदान गरेका थिए । यो पुरस्कारमा २ लाख रुपैयाँ नगद र सम्मानपत्र रहेको छ ।
धादिङको रुबी उपत्यकामा जन्मे–हुर्केकी एक तामाङ युवती लागूपदार्थ ओसार्ने भरियाको रुपमा प्रयोग भएकी र यी युवती अहिले चीनको कारागारमा थुनिएको कथानकमा स्वैरकल्पना मिसाएर पत्रकार आचार्यले लेखेको ‘रुइबा’ले यसपटक अरनिको अन्तर्राष्ट्रय पुरस्कार पाएको हो ।
समारोहमा राष्ट्रपति पौडेलले नेपालका विभूति अरनिकोको नाममा स्थापित यो पुरस्कारले नेपाली कला–संस्कृति र सभ्यताको गौरव बढाएको बताए । लेखक आचार्यले आफूले ७ वर्ष लगाएर लेखेको उपन्यास ‘रुइबा’ले अरनिको अन्तर्राष्ट्रिय पुरस्कार पाएकोमा कृतिको सही मूल्यांकन भएको बताए ।
समारोहमा भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवद्र्धन समितिका संयोजक हिक्मत थापाले एनआरएनले देशमा लगानी र आर्थिक अवसरमात्रै भित्र्याउने नभएर बाहिरी विश्वमा फैलिएको नेपाली भाषा–साहित्यमा उत्प्रेरकको कामसमेत गर्ने धारणा राखेका थिए ।

 

 

Comments are closed.