Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

अब विमानस्थलमा नेपाली मूलका नागरिकलाई थप सुविधा : विमानस्थलमा अलग्गै डेस्क राखिने

Editorial Team by Editorial Team
March 23, 2026
in Nepal, News
0
अब विमानस्थलमा नेपाली मूलका नागरिकलाई थप सुविधा : विमानस्थलमा अलग्गै डेस्क राखिने
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ ।
विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैर आवासीय नेपाली (एनआरएनए) र नेपाली मूलका विदेशी नागरिकहरुको नेपाली भाषा संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ बनाउन र नेपालमा पर्यटन एवं लगानी प्रवर्द्धन गर्न सो निर्णय गरिएको अध्यागमन विभागले जनाएको छ ।
सो विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयलाई विमानस्थलको आगमन र प्रस्थान कक्षमा अलग्गै डेस्कको व्यवस्थापन गर्न आइतबार पत्राचार गरेको छ । विश्वमा रहेका नेपाली मूलका नागरिकहरुको संस्था एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले यसका लागि निकै लामो समयदेखि नेपाल सरकारको ध्यानाकर्षण गराउँदै र माग गर्दै आएको थियो ।
गृह प्रशासनले आइतबार यो निर्णय गरेपछि उक्त संस्थाले स्वागत पनि गरेको छ । आइतबार अध्यागमन विभागले सो निर्णय गरेर त्रिभुनव अन्तरराष्ट्रिय विमानस्थल कार्यालयलाई पत्राचार गरेसँगै सो संस्थाले विज्ञप्तिमार्फत् गृहमन्त्री ओमप्रकाश अर्याल र गृह प्रसाशनलाई धन्यवाद ज्ञापन गरेको हो ।
एएनओका अध्यक्ष डिल्ली अधिकारीद्वारा जारी सो विज्ञप्तिमा भनिएको छ “गृह मन्त्रालयको यो निर्णयले विश्वभर रहेका नेपाली मूलका नागरिकहरुले आफूहरु सम्मानित भएको महसुुस गरेका छन् । यो निर्णयको कार्यान्वयनले नेपाली मन र नेपाली पनलाई नेपालसँग जोड्न ठूलो योगदान पुर्याउने विश्वास लिएका छौँ ।”

Advertisement Banner
Previous Post

होर्मुज सधैँका लागि बन्द गरिदिने इरानको चेतावनी

Next Post

युद्धकै बीचमा इरानले तेल र ग्यासबाट रेकर्ड आम्दानी

Editorial Team

Editorial Team

Next Post
युद्धकै बीचमा इरानले तेल र ग्यासबाट रेकर्ड आम्दानी

युद्धकै बीचमा इरानले तेल र ग्यासबाट रेकर्ड आम्दानी

Discussion about this post

Recommended

सिरियाली सरकार र कुर्दिस नेतृत्वको एसडीएफ बिच देशव्यापी युद्धविरामको घोषणा

सिरियाली सरकार र कुर्दिस नेतृत्वको एसडीएफ बिच देशव्यापी युद्धविरामको घोषणा

2 months ago
विश्व मौसम विज्ञान दिवस आज मनाइँदै

विश्व मौसम विज्ञान दिवस आज मनाइँदै

3 hours ago

Don't Miss

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

March 23, 2026
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग अनुरोध प्रदीप पौडेलको आग्रह

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग अनुरोध प्रदीप पौडेलको आग्रह

March 23, 2026
ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ लोकार्पण

ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ लोकार्पण

March 23, 2026
नेपाली कांग्रेसमा समानान्तर समिति गठन प्रक्रिया अघि बढाउने निर्णय

नेपाली कांग्रेसमा समानान्तर समिति गठन प्रक्रिया अघि बढाउने निर्णय

March 23, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.