Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

इरानलाई ट्रम्पको अन्तिम चेतावनीः ४८ घण्टाभित्र हर्मुज जलसन्धि नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौं

Editorial Team by Editorial Team
March 23, 2026
in News, World
0
इरानलाई ट्रम्पको अन्तिम चेतावनीः ४८ घण्टाभित्र हर्मुज जलसन्धि नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौं
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ –अमेरिकी राष्ट्रपति डोनाल्ड इरानलाई सीधा सैन्य कारबाहीको चेतावनी दिँदै ४८ घण्टाको समयसीमा (अल्टिमेटम) दिनुभएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत इरानले विश्वव्यापी इन्धन आपूर्तिका लागि महत्वपूर्ण मानिने हर्मुज जलसन्धिमा लगाएको अवरोध नहटाए इरानका विद्युत उत्पादन केन्द्रहरू (पावर प्लान्ट) ध्वस्त पारिदिने घोषणा गर्नुभएको हो । फेब्रुअरी २८ देखि शुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण इरानले हर्मुज जलसन्धिमा अवरोध सिर्जना गरेको छ ।
विश्वको झन्डै २० प्रतिशत तेल र ग्यास यही मार्ग भएर आपूर्ति हुने गर्दछ । ट्रम्पको धम्की लगत्तै इरानको सेनाले पनि कडा प्रतिवाद गरेको छ । इरानी सेनाका प्रवक्ताले यदि अमेरिकाले पावर प्लान्टमा आक्रमण गरेमा इरानले हर्मुज जलसन्धिलाई ‘स्थायी रूपमा’ बन्द गरिदिने र क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार इलाका तथा ऊर्जा पूर्वाधारहरूलाई निशाना बनाउने चेतावनी दिएका छन् ।
हर्मुज जलसन्धि बन्द भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ । ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ११२ डलर पुगेको छ भने अमेरिकामा पेट्रोलको मूल्य चार वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ । इरानको सबैभन्दा ठूलो पावर प्लान्ट ‘बुशेर आणविक ऊर्जा केन्द्र’ लाई ट्रम्पले निशाना बनाउन सक्ने अनुमान गरिएको छ । यद्यपि, मानव अधिकारवादी संस्थाहरूले नागरिक पूर्वाधारमा गरिने यस्तो आक्रमणले सर्वसाधारणमा ठूलो मानवीय संकट निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले हालै दक्षिण इजरायलमा गरेको मिसाइल आक्रमणको बदला लिने बताउनुभएको छ । उक्त आक्रमणमा १०० भन्दा बढी मानिस घाइते भएका थिए ।

Advertisement Banner
Previous Post

युद्धकै बीचमा इरानले तेल र ग्यासबाट रेकर्ड आम्दानी

Next Post

विश्व मौसम विज्ञान दिवस आज मनाइँदै

Editorial Team

Editorial Team

Next Post
विश्व मौसम विज्ञान दिवस आज मनाइँदै

विश्व मौसम विज्ञान दिवस आज मनाइँदै

Discussion about this post

Recommended

अमेरिकी सेना, प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चार्ल्स ए. फ्लिनले आज नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट

US Embassy dismisses reports claiming military deal with Nepal

4 years ago
मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ

मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ

4 years ago

Don't Miss

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

March 23, 2026
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग अनुरोध प्रदीप पौडेलको आग्रह

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग अनुरोध प्रदीप पौडेलको आग्रह

March 23, 2026
ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ लोकार्पण

ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ लोकार्पण

March 23, 2026
नेपाली कांग्रेसमा समानान्तर समिति गठन प्रक्रिया अघि बढाउने निर्णय

नेपाली कांग्रेसमा समानान्तर समिति गठन प्रक्रिया अघि बढाउने निर्णय

March 23, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.