Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

Editorial Team by Editorial Team
March 25, 2026
in Nepal, News
0
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ -चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ । यो योजना चीनको भविष्यको मार्गचित्र मात्र नभई विश्व अर्थतन्त्रमा आफ्नो अग्रसरता कायम राख्ने रणनीतिक दस्तावेज पनि हो । अनुसन्धानकर्ता डा. सीता ढुंगानाकाअनुसार, यो योजना दुई चरणको व्यापक छलफल र जनपरामर्शपछि तयार पारिएको हो । यसमा नेशनल पिपुल्स कंग्रेसले कार्यान्वयन र कानून निर्माणको पाटो हेर्छ भने चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनले सल्लाहकारको भुमिका निर्वाह गर्दछ ।
यो योजनाले चीनलाई विश्वको पहिलो ठूलो अर्थतन्त्र बनाउने लक्ष्य राखेको छ । यसमा आर्थिक वृद्धिको लक्ष्य १४० ट्रिलियनबाट ४.५ देखि ५.५ प्रतिशतसम्म पु¥याउने महत्वाकाङ्क्क्षी योजना रहेको छ । डा. ढुंगानाले यसलाई चीनको ‘मास्टर गाइडिङ डकुमेण्ट’ को रूपमा व्याख्या गर्नुभएको छ । जसले आगामी पाँच वर्षको राज्य नीति र स्रोत बाँडफाँडलाई निर्देशित गर्नेछ । चीनको १५ औँ पञ्चवर्षीय योजनाको प्रश्तावनामै ‘विज्ञान र प्रविधि आगामी पाँच वर्षको राष्ट्रिय विकासको मुख्य चालक शक्ति हुनेछ’ भनी स्पष्ट पारिएको छ । चीनले अबको युगमा प्रविधिमा पूर्ण रूपमा आत्मनिर्भर हुने लक्ष्य राखेको छ ।
यस योजनाअन्तर्गत चीनले पाँचवटा मुख्य प्राविधिक क्षेत्रहरूलाई प्राथमिकतामा राखेको छः आर्टिफिसियल इन्टेलिजेन्स,क्वान्टम टेक्नोलोजी र क्वान्टम कम्प्युटिङ ६ जी सञ्चार प्रविधि, ब्रेन–कम्प्युटर इन्टरफेस, एड्भान्स्ड रोबोटिक्स रहेका छन् । डा. ढुंगानाकाअनुसार चीनले अनुसन्धान र विकासमा २२६ बिलियन युआनभन्दा बढी खर्च गर्ने योजना बनाएको छ । चीनले अब प्रविधि आयात गर्ने मात्र होइन, बरु विश्वलाई नै प्रविधिमा नेतृत्व गर्ने गरी आफ्नो क्षमता विस्तार गर्दैछ । यसका लागि देशभर ठूला वैज्ञानिक अनुसन्धान पूर्वाधारहरू निर्माण गरिनेछ । चीन अब केवल विकास मात्र होइन, ‘उच्च गुणस्तरको विकास’ मा केन्द्रित भएको छ । १५ औँ पञ्चवर्षीय योजनाले परिमाणभन्दा गुणस्तरलाई माथि राख्ने नीति लिएको छ।
यस योजनाले चीनको जीडीपीलाई यसै वर्ष ६ ट्रिलियनले बढाउने लक्ष्य राखेको छ । डा. ढुंगानाकाअनुसार चीनले आफ्नो अर्थतन्त्रलाई अझ बढी स्थिर र नविन बनाउन ‘स्ट्रक्चरल अपग्रेड’ मा जोड दिएको छ । हरेक कामलाई कानुनसँग परीक्षण गर्ने र हचुवाको भरमा काम नगर्ने चिनियाँ शैलीले यसलाई अझ प्रभावकारी बनाउने देखिन्छ ।
चीनले विश्वको दोस्रो ठूलो अर्थतन्त्रबाट पहिलो स्थानमा पुग्नका लागि यो पञ्चवर्षीय योजनालाई एउटा ‘रणनीतिक कम्पास’ को रूपमा प्रयोग गर्दैछ । यसले औद्योगिक क्षेत्रको आधुनिकीकरण र उत्पादनको गुणस्तर सुधारमा विशेष ध्यान दिएको छ । चीनले आफ्नो अर्थतन्त्रलाई शतप्रतिशत डिजिटल बनाउने महत्वाकाङ्क्क्षी लक्ष्य राखेको छ । हाल ८० देखि ८५ प्रतिशत डिजिटल भइसकेको चिनियाँ अर्थतन्त्रलाई पूर्ण रूपमा डिजिटल बनाउँदा राज्यको राजश्व चुहावट शुन्य हुने विश्वास लिइएको छ । यससँगै चीनले नागरिकहरूलाई कर र राजश्व तिरेको आधारमा ‘स्टार’ प्रदान गर्ने नीति लागू गरेको छ । धेरै कर तिर्ने र अनुशासित नागरिकले धेरै स्टार पाउनेछन् । यस्ता नागरिकहरूलाई विमानस्थल, सार्वजनिक स्थल र सरकारी सेवाहरूमा ‘भीआईपी’सुविधा र सम्मान प्रदान गरिनेछ । डा. सीता ढुंगानाकाअनुसार यो नीतिले नागरिकहरूलाई धेरै कमाउन, धेरै कर तिर्न र राज्यको विकासमा योगदान पु¥याउन प्रेरित गर्दछ । यसले समाजमा एक प्रकारको ‘स्मार्ट नागरिक’ को विकास गर्ने चीनको सोच रहेको छ ।
डिजिटल इकोनोमीले पारदर्शिता र सुशासनलाई पनि बलियो बनाउनेछ । चीनले अबको विकासलाई ‘हरित विकास’को रूपमा परिभाषित गर्दै कार्बन उत्सर्जन घटाउने प्रविधिमा जोड दिएको छ । नवीकरणीय ऊर्जा, विद्युतीय सवारी साधन र हरित नविनता यसका मुख्य आधार हुन् । डा. ढुंगानाकाअनुसार चीनले संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्यलाई २०२६ भित्रै ८५ प्रतिशतसम्म पूरा गर्ने लक्ष्य राखेको छ । चीनको यो विकास यात्रा नेपालका लागि एउटा ठूलो अवसरको ढोका हुनसक्छ । डा. ढुंगानाले नेपालले चीनसँगको सहकार्यबाट पूर्वाधार, व्यापार र लगानीमा ठूलो फड्को मार्नसक्ने बताउनु भयो ।
सीमापार सडक, सुरुङमार्ग, र रेल्वे निर्माणमा सहकार्यका साथै बीआरआई प्रोजेक्टलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने उहाँको सुझाव छ । नेपालले चीनसँग ‘फ्रेण्डली’ सम्बन्ध विस्तार गर्दै आफ्नो भौगोलिक अवस्थाअनुसार औद्योगिक क्षेत्र र उत्पादन केन्द्रहरू विकास गर्नसक्ने सम्भावना रहेको छ ।

वैज्ञानिक डा. टिष्टा प्रसाईं जोशीको २२ वर्षे अनुसन्धान यात्राः पानी शुद्धीकरणदेखि अन्तर्राष्ट्रिय पुरस्कारसम्म
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा वरिष्ठ वैज्ञानिकको रूपमा कार्यरत डा. टिष्टा प्रसाईं जोशीले आफ्नो जीवनको महत्वपूर्ण २२ वर्ष पानी सम्बन्धी अध्ययन र अनुसन्धानमा बिताउनुभएको छ । सन् २००३ मा एक सामान्य रिसर्चरको रूपमा नास्टमा प्रवेश गर्नुभएकी जोशी आज एक सफल वैज्ञानिक टोलीको नेतृत्व गरिरहनुभएको छ । उहाँको अनुसन्धान यात्रा हिमलुङ हिमालदेखि डोल्पा, हुम्ला र जुम्लाका विकट क्षेत्रसम्म फैलिएको छ । उहाँले विभिन्न ठाउँबाट पानीका नमूनाहरू संकलन गरी त्यसमा रहेका समस्याहरू पहिचान गर्ने र प्रयोगशालामा त्यसको समाधान निकाल्ने काम गर्दै आउनुभएको छ ।
‘हामी ल्याबबाट ल्याण्डमा जाने र वैज्ञानिक खोजहरूलाई समाजसँग जोड्ने प्रयासमा छौं ।’ उहाँ भन्नुहुन्छ ।
जोशीले अहिलेसम्म ५ जनालाई पीएचडी र ५० जनाभन्दा बढी विद्यार्थीलाई ब्याचलर्स तथा मास्टर्सको थेसिसमा मार्गदर्शन गरिसक्नुभएको छ । उहाँको प्रयोगशालामा अन्तर्राष्ट्रिय विद्यार्थी समेत आएर अनुसन्धान गर्ने गरेका छन् । ७५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रकाशन

र सयौं सम्मेलनहरूमा सहभागिता जनाउनुभएकी जोशी नेपालमा विज्ञानको विकासका लागि समर्पित हुनुहुन्छ ।

चीनको विज्ञान र प्रविधिबाट सिकाइ चिनियाँ एकेडेमी अफ साइन्सेसमा पीएचडी गर्नुभएकी डा. प्रसाईंले चीनको वैज्ञानिक विकासको ‘चमत्कार’ लाई नजिकबाट नियाल्नुभएको छ । उहाँकाअनुसार चीनले सन् १९४९ देखि नै विज्ञान र प्रविधिलाई देश विकासको मेरुदण्डको रूपमा लिएको थियो ।

‘चीनम योजनाहरू कसरी एक्सनमा जान्छन् र आइडियाहरू कसरी रियालिटीमा बदलिन्छन् भन्ने कुरा लोभलाग्दो छ ।’ जोशी भन्नुहुन्छ ।
उहाँले चीनमा रहँदा २४ सै घण्टा प्रयोगशालामा काम हुने गरेको र त्यहाँ राजनीतिभन्दा बढी विज्ञान, आविष्कार र समाजका लागि अनुसन्धानमा केन्द्रित हुने वातावरण रहेको अनुभव सुनाउनु भयो ।
चीनले हरेक वर्ष विकासोन्मुख देशका वैज्ञानिकहरूलाई तालिम र अवसरहरू प्रदान गर्दै आएको छ । जोशी आफैँले पनि सन् २०१० र २०१२ मा चीनमा विशेष तालिम लिने अवसर पाउनुभएको थियो, जसले उहाँको अनुसन्धानको ढोका खोलेको थियो ।

देशको सेवामा समर्पण र अन्तर्राष्ट्रिय रिकग्निसन डा. प्रसाई जोशी हालै ब्राजिलमा ‘टवास’ पुरस्कारबाट सम्मानित हुनुभयो । यो पुरस्कार पाउने उहाँ नेपालकै पहिलो महिला वैज्ञानिकहरू मध्ये एक हुनुहुन्छ । तर उहाँको लागि यो सफलता सजिलै मिलेको होइन ।

चीनमा पीएचडी सकेपछि उहाँलाई त्यहाँ मासिक ३० हजार आरएमबी (करिव ५–६ लाख नेपाली रुपैयाँ) को आकर्षक तलवमा काम गर्ने अफर थियो । तर उहाँले त्यो सुविधा त्यागेर नेपालमै ३० हजार नेपाली रुपैयाँमा काम गर्ने निर्णय गर्नुभयो ।

जोशीले आफ्नो जीवनलाई सरल राख्दै भ्रष्टाचारमुक्त र सेवामुखी भावनाले काम गरिरहनुभएको छ ।
उहाँ भन्नुहुन्छ, ‘म ५–७ वर्ष पुरानो लुगा लगाउँछु तर खुशी छु किनभने मैले ५० जनाभन्दा बढी विद्यार्थीलाई सिकाउन सकेँ र देशका लागि केही योगदान दिन सकेँ ।’

आधुनिक पानी शुद्धीकरण आयोजनाहरू नास्ट र चिनियाँ एकेडेमी अफ साइन्सेसको सहकार्यमा नेपालका विभिन्न ठाउँमा अत्याधुनिक पानी शुद्धीकरण प्लान्टहरू जडान गर्ने कार्य भइरहेको छ । सन् २०१५ को विनाशकारी भूकम्पपछि चीनको सहयोगमा टिचिङ हस्पिटल र त्रिभूवन विश्वविद्यालयमा करोडौंको वाटर ट्रिटमेन्ट प्लान्ट राखिएको थियो ।

अहिले धुलिखेल नगरपालिकामा पनि उच्च स्तरको ट्रिटमेन्ट प्लान्ट राख्ने प्रक्रिया अगाडि बढेको छ । यद्यपि, भन्सार प्रक्रिया र प्रशासनिक झन्झटका कारण केही ढिलाइ भएको छ ।
तराई क्षेत्रमा आर्सेनिकको समस्या समाधानका लागि नान्जिङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीसँगको सहकार्यमा आर्सेनिक ट्रिटमेन्ट प्लान्ट राख्ने योजना पनि छ । चीनमा विकास भएका प्रविधिहरूलाई नेपालको सन्दर्भमा ढालेर जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउनु नै यो सहकार्यको मुख्य उद्देश्य रहेको उहाँले बताउनु भयो ।

Advertisement Banner
Previous Post

एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल

Next Post

क्रोएसियाद्वारा इन्धनको मूल्य सीमा थप दुई हप्ताका लागि विस्तार

Editorial Team

Editorial Team

Next Post
क्रोएसियाद्वारा इन्धनको मूल्य सीमा थप दुई हप्ताका लागि विस्तार

क्रोएसियाद्वारा इन्धनको मूल्य सीमा थप दुई हप्ताका लागि विस्तार

Recommended

Seventy-fifth World Health Assembly to focus on “Health for Peace, Peace for Health” for recovery and renewal

WHO advisory group suggests Huanan seafood market in China’s Wuhan played important role in amplification of Covid-19 pandemic

4 years ago
Export Council of Nepal will celebrate its 10th Export Day with a trade fair at Chhaya Center, Thamel

Export Council of Nepal will celebrate its 10th Export Day with a trade fair at Chhaya Center, Thamel

5 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.