Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

इरानद्वारा अमेरिकाको युद्धविरामको प्रस्ताव अस्वीकार

Editorial Team by Editorial Team
March 26, 2026
in News, World
0
इरानद्वारा अमेरिकाको युद्धविरामको प्रस्ताव अस्वीकार
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – इरानले अमेरिकाले प्रस्ताव गरेको युद्धविराम अस्वीकार गरेको छ । उसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सर्तमा युद्ध अन्त्य नगर्ने स्पष्ट पारेको छ । इरानी अधिकारीका अनुसार मध्यस्थ देशमार्फत आएको प्रस्ताव धोका भएको दाबी गरिएको छ । उनीहरूले उक्त प्रस्ताव वास्तविक अवस्थाबाट टाढा रहेको र केवल दबाब सिर्जना गर्ने उद्देश्यले ल्याइएको बताएका छन् । इरानले आफ्नो सर्त पूरा भए मात्र युद्ध रोकिने बताउँदै पाँच मुख्य सर्त अघि सारेको छ ।
इरानले राखेका सर्तमा आफ्नो देशविरुद्धका आक्रमण र लक्षित हत्या पूर्ण रूपमा रोक्नु पर्ने, भविष्यमा फेरि युद्ध नहुने सुनिश्चितता दिनुपर्ने, युद्धका कारण भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने, सबै क्षेत्रमा द्वन्द्वको अन्त्य हुनुपर्ने र होर्मुज जलडमरुमा आफ्नो अधिकारलाई अन्तर्राष्ट्रिय मान्यता दिनुपर्ने उल्लेख छ । यी सर्त पूरा नभएसम्म जवाफी कारबाही जारी रहने पनि इरानले जनाएको छ ।
यसअघि अमेरिकाले पाकिस्तानमार्फत युद्ध अन्त्यका लागि १५ बुँदे योजना इरानलाई पठाएको थियो । उक्त योजना पाकिस्तानमार्फत तेहरान पुगेको जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रस्तावमा इरानको क्षेप्यास्त्र र आणविक कार्यक्रमदेखि लिएर होर्मुज जलडमरुमा समुद्री आवागमनसम्मका विषय समेटिएका छन् ।
अमेरिकाले इरानसँग आणविक कार्यक्रम रोक्न, युरेनियम संवर्धन सीमित वा बन्द गर्न, अन्तर्राष्ट्रिय निरीक्षणका लागि सबै आणविक स्थल खुला गर्न, क्षेप्यास्त्र कार्यक्रम नियन्त्रण गर्न, क्षेत्रीय सैन्य गतिविधि घटाउन र समुद्री मार्ग सुरक्षित बनाउन आग्रह गरेको छ । यसको सट्टामा इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध हटाउने तथा ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग गर्ने प्रस्ताव गरिएको छ ।
यसै विषयमा ट्रम्पले इरानी नेतृत्व सम्झौताका लागि इच्छुक भए पनि डरका कारण खुल्न नसकेको दाबी गरेका छन् । उनले इरानभित्र र बाहिर दुवैतर्फको दबाबका कारण त्यहाँका नेताहरू खुलेर बोल्न नसकेको बताएका छन् ।

Advertisement Banner
Previous Post

कार्की आयोगका प्रमुख पाँच विषय: कारवाही सिफारिसदेखि डिस्कर्डको दुरुपयोगसम्म

Next Post

First woman appointed as Archbishop in 1400 years

Editorial Team

Editorial Team

Next Post
First woman appointed as Archbishop in 1400 years

First woman appointed as Archbishop in 1400 years

Discussion about this post

Recommended

नेपालका औषधि उद्योगहरूको स्तर वृद्धि गर्नुपर्ने आवश्यकता, आत्मनिर्भर बन्न आग्रह:डा. सुधा गौतम

नेपालका औषधि उद्योगहरूको स्तर वृद्धि गर्नुपर्ने आवश्यकता, आत्मनिर्भर बन्न आग्रह:डा. सुधा गौतम

2 weeks ago
National Paddy Day being marked today

National Paddy Day being marked today

4 years ago

Don't Miss

चीनले भण्डार गरेको तेल बजारमा नपठाएसम्म कच्चा तेलको  मूल्य नघट्ने !

चीनले भण्डार गरेको तेल बजारमा नपठाएसम्म कच्चा तेलको मूल्य नघट्ने !

March 26, 2026
वसन्त ऋतुमा हिमाल आरोहण अनुमति सुरु, बुधबारसम्म ८२ जनालाई पर्मिट

वसन्त ऋतुमा हिमाल आरोहण अनुमति सुरु, बुधबारसम्म ८२ जनालाई पर्मिट

March 26, 2026
सोनिया गान्धी अस्वस्थ, अस्पताल भर्ना

सोनिया गान्धी अस्वस्थ, अस्पताल भर्ना

March 26, 2026
सपथअघि पशुपतिनाथ मन्दिरमा राप्रपा सांसदको प्रतिज्ञा: हिन्दू राष्ट्र

सपथअघि पशुपतिनाथ मन्दिरमा राप्रपा सांसदको प्रतिज्ञा: हिन्दू राष्ट्र

March 26, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.