काठमाडौं – बसन्त ऋतुमा हिमाल आरोहण गर्नेका लागि अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार बुधबारसम्म कुल १० समूहका ८२ जनाले पर्मिट लिइसकेका छन् ।
विभागका अनुसार १ मार्चदेखि बुधबारसम्म सो संख्यामा अनुमति जारी भएको हो । यस अवधिमा सबैभन्दा धेरै अन्नपूर्ण प्रथममा आरोहण अनुमति जारी भएको छ । जसमा ३ समूहका २२ जनाले अनुमति लिएका छन् ।
अमा दब्लममा २ समूहका २० आरोहीले अनुमति लिएको देखिएको छ । यो सिजनमा सगरमाथामा धेरै आरोही आरोहणमा आउँछन् । यद्यपि बुधबारसमम सगरमाथामा भने अनुमति जारी भइसकेको छैन । विभागका अनुसार बुधबारसम्म जारी अनुमतिबाट १ करोड ८४ लाख रुपैयाँ बराबर रोयल्टी संकलन भइसकेको छ ।







Discussion about this post