Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, आज सीडीओ कार्यालयमा विरोधपत्र

Editorial Team by Editorial Team
March 29, 2026
in Nepal, News
0
ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, आज सीडीओ कार्यालयमा विरोधपत्र
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध आज पनि देशव्यापी विरोधका कार्यक्रम जारी राख्ने भएको छ ।पार्टीले आज मध्याह्न १२ बजे देशभरका जिल्ला प्रशासन कार्यालय (सीडीओ) मा जुलुससहित पुगेर विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको जनाएको छ।
एमालेका सचिव महेश बस्नेतका अनुसार शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गर्दै आन्दोलनलाई थप सशक्त बनाइँदैछ।शनिबार नै बसेको सचिवालयको आकस्मिक बैठकले तत्काल रिहाइको माग गर्दै देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो, जसअनुसार राजधानीसहित विभिन्न स्थानमा प्रदर्शन भइसकेका छन्।
एमालेले ओली र लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ र पूर्वाग्रही भन्दै यसको राजनीतिक र कानुनी रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।साथै, भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोगप्रति असहमति जनाउँदै उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग गठन गर्न माग गरेको छ।पार्टीले आन्दोलन र प्रतिवादलाई व्यवस्थित गर्न तीन शीर्ष नेतालाई जिम्मेवारी समेत दिएको छ। राजनीतिक संवाद तथा समन्वयको जिम्मा उपाध्यक्ष विष्णु पौडेललाई, संसदमा रहेका दलहरूसँग समन्वयको जिम्मा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई र कानुनी प्रतिवादको जिम्मा नेता गोकर्ण विष्टलाई दिइएको छ।
यता गृहमन्त्री सुधन गुरुङले भने पक्राउप्रति प्रतिक्रिया दिँदै यो कुनै प्रतिशोध नभई ‘न्यायको प्रक्रिया सुरु भएको’ दाबी गरेका छन्।पक्राउ परेका ओली र लेखकलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ भने उनीहरूको पक्षबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गर्ने तयारी पनि भइरहेको छ।

Advertisement Banner
Previous Post

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा पेस गरिँदै

Next Post

देउवा नेतृत्वको कांग्रेसको चेतावनी – ओली र लेखकलाई तुरुन्त रिहा गर

Editorial Team

Editorial Team

Next Post
देउवा नेतृत्वको कांग्रेसको चेतावनी – ओली र लेखकलाई तुरुन्त रिहा गर

देउवा नेतृत्वको कांग्रेसको चेतावनी - ओली र लेखकलाई तुरुन्त रिहा गर

Discussion about this post

Recommended

Noida International University to open its office in Kathmandu, Nepal

Noida International University to open its office in Kathmandu, Nepal

4 years ago
Foreign Secretary Bharat Paudyal and Ambassador Gahendra Rajbhandari participated in the Nepali Food Festival organized in Leuven

Foreign Secretary Bharat Paudyal and Ambassador Gahendra Rajbhandari participated in the Nepali Food Festival organized in Leuven

4 years ago

Don't Miss

नेपाल स्रष्टा समाजको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन

नेपाल स्रष्टा समाजको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन

March 29, 2026
वासु शशी स्मृति पुरस्कारद्वारा चौधरी, भट्टराई र मञ्जुश्री पुरस्कृत

वासु शशी स्मृति पुरस्कारद्वारा चौधरी, भट्टराई र मञ्जुश्री पुरस्कृत

March 29, 2026
अक्षरमार्गद्वारा ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम

अक्षरमार्गद्वारा ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम

March 29, 2026
Qatar and Ukraine SIGN defence cooperation agreement

Qatar and Ukraine SIGN defence cooperation agreement

March 29, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.