Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन-अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

Editorial Team by Editorial Team
March 29, 2026
in Nepal, News
0
कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन-अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
शनिबार मन्त्रालयका कामकारबाहीबारे जानकारी लिँदै सञ्चारमन्त्री तिमिल्सिनाले सञ्चार मन्त्रालय सरकारको अनुहार र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएको बताउँदै जनतालाई तत्काल लाभ हुने र प्रतिफल आउने गरी जनमुखी काम गर्न आग्रह गरे ।
‘देशमा एउटा नयाँ राजनीतिक परिदृश्य देखिएको छ । निर्वाचनले हामीलाई अभूतपूर्व ‘म्यान्डेड’ दिएका छन् । जनअपेक्षा पनि धेरै छन्,’ उनले भने, ‘त्यसैले जनताले तत्काल अनुभूति गर्नेगरी सरकारले काम गर्नुपर्ने दायित्व छ ।’
उनले नवगठित सरकारको भावनाअनुसार जनतालाई केन्द्रमा राखेर सरल, छिटो र छरितो सेवा प्रवाह बनाइनुपर्नेमा जोड दिए । ‘सेवा प्रवाह छिटो र छरितो हुनुपर्‍यो । कुनै पनि विवादित कामहरू हुनुभएन,’ उनले भने ।
सेवाग्राहीले समस्या महसुस गर्नुभन्दा अगाडि नै हामीले समाधान गरिसक्नुपर्ने उनले बताए । उनले अगाडि भने, ‘जनभावनालाई सम्मान गरेर देशले खोजेको बाटोमा मुलुकलाई अगाडि बढाउन सबैले योगदान गर्नुपर्छ ।’
उनले मन्त्रालयले तत्काल गर्नुपर्ने सुधार र दीर्घकालीन कार्ययोजनासहित आउन उच्चपदस्त अधिकारीलाई आग्रह गर्दै सञ्चार मन्त्रालयलाई नमूना मन्त्रालयका रूपमा स्थापित गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए ।

Advertisement Banner
Previous Post

पुरानो कुकर्मका कारण नेपालका पूर्व प्रधानमन्त्री र गृहमन्त्री पक्राउ: अरबिन्द केजरीवाल

Next Post

ओली र लेखकलाई पक्राउ गरेको जानकारी दिँदै गृहमन्त्रीले भने – अब देशले नयाँ दिशा लिनेछ

Editorial Team

Editorial Team

Next Post
ओली र लेखकलाई पक्राउ गरेको जानकारी दिँदै गृहमन्त्रीले भने – अब देशले नयाँ दिशा लिनेछ

ओली र लेखकलाई पक्राउ गरेको जानकारी दिँदै गृहमन्त्रीले भने - अब देशले नयाँ दिशा लिनेछ

Recommended

Remittances sent abroad from Nepal surge 52.66% in first six months

War in West Asia threatens 41% of Nepal’s total remittance inflow

5 months ago
आज हनुमान जन्मजयन्ती:आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना

आज हनुमान जन्मजयन्ती:आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना

4 months ago

Don't Miss

Nepal: Floods and rains cause Rs 6.67 billion loss to agriculture and livestock

Landslides and floods disrupt highways across Nepal

August 1, 2026
Nepali Congress dissident faction forms 551-member committee for national convention

Nepali Congress dissident faction forms 551-member committee for national convention

August 1, 2026
Renowned Mountaineer Nirmal Purja confirmed dead after Broad Peak avalanche

Renowned Mountaineer Nirmal Purja confirmed dead after Broad Peak avalanche

August 1, 2026
Dipmala Dhakal crowned Miss Nepal 2026

Dipmala Dhakal crowned Miss Nepal 2026

August 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.