Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८२’ को मनोनयन घोषणा

Editorial Team by Editorial Team
March 30, 2026
in Literature, Nepal, News
0
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८२’ को मनोनयन घोषणा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- गुरुकुल एजुकेशनल फाउन्डेसनले ‘गामबेँसीका कवि’ क्षेत्रप्रताप अधिकारीको स्मृतिमा स्थापना गरेको ‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८२’ को मनोनयन (सर्टलिस्ट) सार्वजनिक गरेको छ। देशभरबाट प्राप्त कवितासङ्ग्रहहरूको आन्तरिक मूल्याङ्कन पश्चात् आयोजकले उत्कृष्ट चार कृतिको नाम घोषणा गरेको हो।
सबिना राईको कृत्ति ‘घामको जरा’, उमेश अवस्थी ‘आदर्श’को कृत्ति ‘सन्ध्यामा सूर्य’, सिम्योन सुकिता राईको कृत्ति ‘सिम्योन सिम्फोनी’ र दोस्ताजको कृत्ति ‘एकदिन मानिसहरू फर्किनेछन्’ शीर्ष ४ मा मनोनीत भएका हुन्।
नेपाल कलेज अफ म्यानेजमेन्ट (NCM) को आयोजनामा प्रदान गरिने यस पुरस्कारको विजेता घोषणा आगामी २०८३ वैशाख ४ गते ‘एनसीएम डे’ (NCM Day) को विशेष समारोहका बीच गरिने आयोजकले जनाएको छ।
यस प्रतियोगिताका लागि २०८१ फागुन १ गतेदेखि २०८२ फागुन १ गतेभित्र प्रकाशित भएका कवितासङ्ग्रहहरूलाई समावेश गरिएको थियो।
युवा प्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यले स्थापना गरिएको यो पुरस्कार अघिल्लो वर्षदेखि प्रदान गरिँदै आइएको छ। यस पुरस्कारले ३५ वर्ष मुनिका युवा कविहरूलाई उनीहरूको मौलिक र उत्कृष्ट कृतिको लागि सम्मान गर्ने उद्देश्य लिएको छ ।
गत वर्ष ‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार २०८१’ बाट कवि सिजन श्रेष्ठको कविता कृति ‘हावामा अल्झिएको स्वर’ पुरस्कृत भएको थियो।

Advertisement Banner
Previous Post

India’s economy shows early signs of moderation amid West Asia crisis

Next Post

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द

Editorial Team

Editorial Team

Next Post
इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द

Discussion about this post

Recommended

कवि ऋजन मायालुको ‘घुम्ती बिक्रीमा छ’ लोकार्पण

कवि ऋजन मायालुको ‘घुम्ती बिक्रीमा छ’ लोकार्पण

4 months ago
NEPSE jumps 42 points as turnover crosses Rs 11.85 billion

NEPSE inches up by 1.53 points with turnover reaching Rs 8.22 billion

2 months ago

Don't Miss

अमेरिकामा ‘नो किंग्स प्रोटेस्ट’ : ८० लाख सहभागी, शान्तिपूर्ण प्रदर्शन

अमेरिकामा ‘नो किंग्स प्रोटेस्ट’ : ८० लाख सहभागी, शान्तिपूर्ण प्रदर्शन

March 30, 2026
नीलम कार्की निहारिकाको राजमाता उपन्यास विमोचित

नीलम कार्की निहारिकाको राजमाता उपन्यास विमोचित

March 30, 2026
पाल्पाको आयोजनामा नेपाल स्रष्टा समाजको साहित्यिक कार्यक्रम सम्पन्न

पाल्पाको आयोजनामा नेपाल स्रष्टा समाजको साहित्यिक कार्यक्रम सम्पन्न

March 30, 2026
अमेरिकाका विभिन्न शहरहरूमा ट्रम्प प्रशासन विरुद्ध विशाल प्रदर्शन, लाखौं जनता सडकमा

अमेरिकाका विभिन्न शहरहरूमा ट्रम्प प्रशासन विरुद्ध विशाल प्रदर्शन, लाखौं जनता सडकमा

March 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.