Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

डिभिजन वन कार्यालय चितवनद्वारा देववृक्ष उत्पादन सुरु, पहिलो वर्ष १० हजार बिरुवा वितरण गर्ने तयारी

Editorial Team by Editorial Team
April 5, 2026
in Nepal, News
0
डिभिजन वन कार्यालय चितवनद्वारा देववृक्ष उत्पादन सुरु, पहिलो वर्ष १० हजार बिरुवा वितरण गर्ने तयारी
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- यहाँ डिभिजन वन कार्यालयले देववृक्ष उत्पादन सुरु गरेको छ । कार्यालयले देव वृक्ष अर्थात् वर, पिपल, स्वामी, खयर, आँप, अम्बा, बेल, अमला, पलाँस, काभ्रोलगायत बिरुवा उत्पादन सुरु गरेको हो ।कार्यालय प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार देववृक्षसँगै ग्रह, नक्षेत्र र रासि बाटीकाअनुसारका वृक्ष उत्पादन सुरु गरिएको छ । यस क्रममा पहिलो वर्ष १० हजार बिरुवा उत्पादन गरेर वितरण गर्ने तयारी गरिएको छ ।
उहाँले भन्नुभयो, “ग्रह बाटीकाका लागि नौ प्रजाति, रासि बाटीकाका लागि १२ प्रजाति र नक्षेत्र बाटीकाका लागि २७ प्रजातिका बिरुवा उत्पादन सुरु गरेका छौँ । सुरुआतको वर्ष भएकाले यस्ता बिरुवा कम उत्पादन गर्न थालिएको हो ।”
कार्यालय प्रमुख आचार्यले यस्ता बिरुवा बाटीका निर्माणका लागि प्रदान गरिने बताउनुभयो । धर्म संस्कारअनुसार आवश्यक बिरुवाको बाटीका बनाउँदा धार्मिक पर्यटन बढ्ने उहाँको भनाइ छ ।
“हामीले वन जोगाउने भनेको वातावरण, वन्यजन्तु जोगाउने मात्र नभई इतिहास, सभ्यता र संस्कृतिसँगै समृद्धिको आधार तयार गर्नु पनि हो । त्यसतर्फ ध्यान दिइरहेका छौँ”, आयार्यले भन्नुभयो ।
कार्यालयले यसवर्ष एक लाख २० हजारभन्दा बढी बिरुवा उत्पादन गरेर वितरण गर्ने तयारी रहेको जनाएको छ । कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलले यीबाहेक गतवर्ष उत्पादन भएर वितरण गर्न बाँकी रहेका १० हजार बिरुवाका साथै अन्य २५ हजार बहुवर्षीय बिरुवा वितरण गर्ने योजना रहेको बताउनुभयो ।उहाँका अनुसार गत आर्थिक वर्षमा एक लाख ५० हजार बिरुवा वितरण गरिएको थियो । हरेक वर्ष असार १५ गतेदेखि बिरुवा वितरण गरिँदै आएको छ ।

Advertisement Banner
Previous Post

काँग्रस रूपान्तरण हुन नदिन षड्यन्त्र भइरहेको छ: अर्जुननरसिंह केसी

Next Post

१७ करोड ७९ लाख रुपैयाँ भन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ

Editorial Team

Editorial Team

Next Post
१७ करोड ७९ लाख रुपैयाँ भन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ

१७ करोड ७९ लाख रुपैयाँ भन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ

Recommended

China to host BRICS Foreign Ministers meeting on May 19 through video conference

China to host BRICS Foreign Ministers meeting on May 19 through video conference

4 years ago
Tennis: Elena Rybakina Clinches First Australian Open Crown

Tennis: Elena Rybakina Clinches First Australian Open Crown

6 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.