Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

पहिलोपटक सोमालियामा समुद्रमा तेल उत्खनन सुरु गर्ने तयारी

Editorial Team by Editorial Team
April 7, 2026
in News, World
0
पहिलोपटक सोमालियामा समुद्रमा तेल उत्खनन सुरु गर्ने तयारी
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ -सोमालियाले पहिलोपटक समुद्रमा तेल उत्खनन सुरु गर्ने तयारी गरेको छ । टर्की सरकारको स्वामित्वमा रहेको ड्रिलिङ जहाज शुक्रबार सोमालियाको समुद्री क्षेत्रमा पुग्ने तयारीमा रहेको जनाइएको छ ।
गत वर्ष टर्कीको अनुसन्धान जहाजले सफलतापूर्वक भूकम्पीय सर्वेक्षण सम्पन्न गरेपछि यो कदम अघि बढाइएको हो । सोमालियाका पेट्रोलियम मन्त्री दाहिर शिरेले यसलाई देशको ऊर्जा यात्रामा ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।
यदि उत्खनन सफल भएमा समुद्रमा रहेको तेल भण्डार खुल्ने र देशको अर्थतन्त्र सुधारमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ। टर्कीको तेल कम्पनीको ‘चाग्री बेय’ नामक जहाजले अरब सागर क्षेत्रमा गहिरो समुद्री उत्खनन गर्नेछ ।
मन्त्री शिरेका अनुसार हाल पहिचान गरिएका सम्भावित क्षेत्रमा परीक्षण ड्रिलिङ सुरु गरिनेछ । उनले यसबाट प्राप्त लाभ देशको समृद्धि र नागरिकको जीवनस्तर सुधारमा प्रयोग गरिने बताएका छन् ।
सोमालिया र टर्कीबीच सन् २०२४ मा उत्पादन साझेदारी सम्झौता भएको थियो । सोमालियाका विदेशमन्त्री अली ओमरले यस परियोजनाले टर्कीलाई दीर्घकालीन विश्वासिलो साझेदारका रूपमा स्थापित गर्ने बताएका छन् ।
टर्कीका ऊर्जा मन्त्री अल्पार्सलान बायरक्तारका अनुसार यदि तेल वा ग्यास भेटिएमा यसले सोमालिया मात्र होइन पूर्वी अफ्रिका र टर्कीको अर्थतन्त्रमा समेत ठूलो प्रभाव पार्नेछ ।
विशेषज्ञहरूका अनुसार सोमालियामा अर्बौं ब्यारेल तेल भण्डार रहेको अनुमान गरिए पनि लामो समयको द्वन्द्व र राजनीतिक अस्थिरताका कारण उत्खनन प्रक्रिया अघि बढ्न सकेको थिएन ।

Advertisement Banner
Previous Post

अब २४ घण्टाभित्रै लाइसेन्स : राहदानी र लाइसेन्स जेठदेखि घरमै पुग्ने

Next Post

चन्द्र अभियानको इतिहासमा नयाँ कीर्तिमान

Editorial Team

Editorial Team

Next Post
चन्द्र अभियानको इतिहासमा नयाँ कीर्तिमान

चन्द्र अभियानको इतिहासमा नयाँ कीर्तिमान

Discussion about this post

Recommended

इलामका सर्जकहरु सम्मानित

इलामका सर्जकहरु सम्मानित

3 months ago
A FIRST OF ITS KIND NATIONAL READ AND REVIEW COMPETITION: KALINGA LITERATURE FESTIVAL AND PENGUIN COLLABORATE TO LAUNCH THE BOOK REVIEW PROJECT

A FIRST OF ITS KIND NATIONAL READ AND REVIEW COMPETITION: KALINGA LITERATURE FESTIVAL AND PENGUIN COLLABORATE TO LAUNCH THE BOOK REVIEW PROJECT

4 months ago

Don't Miss

एमालेका १८ सांसद द्वारा साइबर ब्यूरोमा उजुरी दर्ता

April 7, 2026
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत झाङ माओमिङले गरे शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत झाङ माओमिङले गरे शिष्टाचार भेटवार्ता

April 7, 2026
सहकारी संकटः दोषी सञ्चालकको पासपोर्ट रोक्का र सम्पत्ति जफत हुने !

सहकारी संकटः दोषी सञ्चालकको पासपोर्ट रोक्का र सम्पत्ति जफत हुने !

April 7, 2026
“४५ दिनभित्रै ‘राजनीति–मुक्त’ प्रशासनको खाका: संघीय निजामती सेवा विधेयकमार्फत कर्मचारीदेखि शिक्षकसम्म दलीय जञ्जाल तोड्ने सरकारी घोषणा”

“४५ दिनभित्रै ‘राजनीति–मुक्त’ प्रशासनको खाका: संघीय निजामती सेवा विधेयकमार्फत कर्मचारीदेखि शिक्षकसम्म दलीय जञ्जाल तोड्ने सरकारी घोषणा”

April 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.