Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

Editorial Team by Editorial Team
April 13, 2026
in Awards, Literature, Nepal, News
0
‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – लीलाध्वज थापा साहित्य प्रतिष्ठानले कवि माधव वियोगी (माधवप्रसाद घिमिरे)लाई सम्मान गरेको छ ।
प्रतिष्ठानले नेपाली काव्यसाहित्यमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका कवि वियोगीलाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान’ प्रदान गरेको हो । सम्मानसहित नगद १० हजार रुपैयाँसमेत प्रदान गरिएको जनाइएको छ ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरा बसोबास गर्दै आएका कवि वियोगीले ०४१ सालतिर ‘छन्द मरिसक्यो, अब छन्द लेख्नु हाँस्यास्पद हो’ भन्ने सुनेपछि आफूले ‘छन्द कसरी मर्छ ?’ भन्दै छन्द बचाऊ अभियान सुरु गर्दै त्यसमा निरन्तर लागेको बताए ।
वियोगीका आठ महाकाव्य, आठवटा खण्डकाव्यलगायत कृति प्रकाशित छन् ।
कार्यक्रममा कविहरू कुमार नेपाल, विजयध्वज थापा, प्रा.डा. गोविन्दमानसिंह कार्की, डा. बमबहादुर थापा जिताली, टेकबहादुर लौडारी, बद्री उप्रेती, नम्रता उप्रेतीले रचना वाचन गरेका थिए ।
यस्तै, कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, वीरबहादुर लोहनी, मदनराज थापा, प्रार्थना खनाल जोशी, प्रदीप नेपाल, तारा दुवेदी, सुभाषचन्द्र पौडेल ‘भिमफेदिया’, गंगा खड्का, मानन्धर अभागी, ध्रुवराज थापा ‘पुरुष’ले पनि कविता वाचन गरेका गरेका थिए ।

Advertisement Banner
Previous Post

नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

Editorial Team

Editorial Team

Discussion about this post

Recommended

विम्बकवि रमेश श्रेष्ठलाई शिरोमणि पुरस्कार

विम्बकवि रमेश श्रेष्ठलाई शिरोमणि पुरस्कार

4 years ago
China, Russia veto US led push for more UN sanctions on North Korea over its renewed ballistic missile launches

China and Russia block UN’s statement on Myanmar humanitarian crisis

4 years ago

Don't Miss

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

April 13, 2026
नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

April 13, 2026
प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

April 13, 2026
भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

April 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.