काठमाडौं – नेपाली कांग्रेसले एक महिने ‘जरामा जाऊँ’ अभियान सुरु गरेको छ।
सभापति गगनकुमार थापाले काठमाडौं महानगरपालिका–३० को वडा इकाई कार्यालयमा उपस्थित भएर क्रियाशील सदस्यता अध्यावधिक गरेसँगै अभियानको सुरु भएको हो ।अभियान वैशाख मसान्तसम्म जारी रहने छ।अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरिएको छ। पार्टीको सदस्यता अध्यावधिक गर्न आफ्नो वडामा आफैँ जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ।
विगतमा अरुले नै सदस्यता नवीकरण गरिदिने प्रवृत्तिका कारण सदस्यहरू सक्रिय र जिम्मेवार नभएकाले आफ्नो सदस्यता नवीकरण आफ्नो ठाउँमै गएर गर्नुपर्ने व्यवस्था गरिएको कांग्रेस नेताहरूले बताएका छन्।यो अभियानमा वडामा गएर सदस्यता नवीकरण नगर्नेले आगामी महाधिवेशनमा सहभागी हुन पाउँदैनन्। तर इतर समूहले यो नियमको विरोध गरेको छ।


![Embassy of India organized the 3rd edition of International Entrepreneurship Conclave – Connect [IN] on 23 March 2022 in Kathmandu](https://i0.wp.com/himalayadiary.com/wp-content/uploads/2022/03/FOg7kIyacAAEDNp.jpg?fit=680%2C480&ssl=1)




