Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

एमालेमा नेतृत्व संकट गहिरिँदै, शंकर पोखरेलको ओलीलाई सुझावले तरंग

ओली–पोखरेलबीच दूरी बढ्दै, नेतृत्व विवाद तीव्र

Editorial Team by Editorial Team
April 15, 2026
in Nepal, News
0
एमालेमा नेतृत्व संकट गहिरिँदै, शंकर पोखरेलको ओलीलाई सुझावले तरंग
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- नेकपा एमालेभित्र नेतृत्व विवाद चुलिँदै गएको छ। महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न सुझाव दिएको चर्चा बाहिरिएको छ। पार्टी पुनर्गठन, पुस्तान्तरण र नयाँ नेतृत्वबारे बहस तीव्र बनेसँगै एमालेभित्र राजनीतिक हलचल बढेको छ।
काठमाडौं । नेकपा एमालेभित्र नेतृत्व र पार्टी पुनर्गठनलाई लिएर आन्तरिक बहस र असन्तुष्टि बढ्दै गएको छ। पार्टी महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरणबारे सोच्न सुझाव दिएको चर्चा बाहिरिएपछि एमालेभित्रको शक्ति समीकरण फेरि चर्चामा आएको छ।
स्रोतहरूका अनुसार पोखरेलले हालको राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र पार्टीको संगठनात्मक अवस्थालाई मूल्याङ्कन गर्दै अध्यक्ष ओलीलाई सम्मानजनक बहिर्गमनमार्फत पार्टी पुनर्गठनको बाटो खोल्नुपर्ने धारणा राखेका थिए। उनले पार्टीलाई पुनः निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवश्यकता औँल्याएको बताइएको छ।
पोखरेलले आन्तरिक छलफलका क्रममा ओली नेतृत्वमा पार्टी एकताबद्ध हुन कठिन हुने र आगामी राजनीतिक प्रतिस्पर्धामा साख फर्काउन चुनौतीपूर्ण हुने निष्कर्षसमेत प्रस्तुत गरेको स्रोतहरूको दाबी छ। तर अध्यक्ष ओलीले भने तत्काल कुनै स्पष्ट प्रतिक्रिया नदिएको र बैठकमै असन्तुष्ट देखिएको चर्चा छ।
यसबीच एमालेभित्र नेतृत्व परिवर्तन, पुस्तान्तरण र पुनर्गठनबारे बहस झन् तीव्र बनेको छ। केही नेताहरू ओलीको निरन्तर नेतृत्व पक्षमा छन् भने अर्काे समूहले पार्टीलाई नयाँ दिशातर्फ लैजान नेतृत्व हस्तान्तरण आवश्यक रहेको बताउँदै आएको छ।
पछिल्लो समय पार्टीभित्र देखिएको मतभेदले एमालेको आन्तरिक एकता र आगामी रणनीतिमा प्रभाव पार्न सक्ने विश्लेषण पनि राजनीतिक वृत्तमा गरिएको छ।

Advertisement Banner
Previous Post

आज पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइदै

Next Post

काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु

Editorial Team

Editorial Team

Next Post
काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु

काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु

Recommended

President Mrs. Bidya Devi Bhandari addressed the Annual Conference of the Boao Forum for Asia 2022

President Mrs. Bidya Devi Bhandari addressed the Annual Conference of the Boao Forum for Asia 2022

4 years ago
IndiGo ranked 6th largest carrier in the world by passenger volume in OAG Frequency & Capacity Statistics for March 2022

IndiGo allocates USD 820 million towards purchase of aviation assets

10 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.