Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

Editorial Team by Editorial Team
April 16, 2026
in Nepal, News
0
पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ ।
खड्काको तर्फबाट श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले यस्तो आदेश दिएको हो ।
न्यायाधीशद्वय श्रेष्ठ र थापाको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै राजस्व अनुसन्धान विभागलाई बिहीबार १२ बजेभित्रमा लिखित जवाफ पेश गर्न र अनुसन्धानको फाइल समेत बुझाउन आदेश दिएको छ। ‘म्याद थपका लागि राजस्व अनुसन्धान विभागले गरेको अनुरोध र अदालतले म्याद दिँदाका सम्पूर्ण कागजातसहितको मिसिल तथा ललितपुर अदालतबाट म्याद थप हुँदा थप पर्चा खडा गरिएको भए सो पर्चा समेत संलग्न गरी २०८३ वैसाख ३ गते १२ बजेभित्रमा प्राप्त हुने गरी राजस्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतबाट निज निवेदकलाई थुनामा राख्नुको कारणसहितको लिखित जवाफ समेत झिकाइ प्रस्तुत रिट निवेदन २०८३ वैसाख ३ गतेका लागि नियमानुसार पेशी तोक्नू,’ सर्वोच्चको आदेशमा भनिएको छ।
खड्का सम्पत्ति शुद्धीकरणको कसुरमा सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरे पनि उसले अनुसन्धान गरेर प्रतिवेदनसहित आन्तरिक राजस्व अनुसन्धान विभागमा पठाएको थियो। आन्तरिक राजस्व अनुसन्धान विभागले फेरि त्यो फाइल राजस्व अनुसन्धान विभागमा पठाएको छ।
भदौ २४ गते उनको निवासमा भएको आगजनी घटनापछि गरिएको अनुसन्धानका क्रममा नेपाली रुपैयाँसहित विभिन्न विदेशी मुद्रा फेला परेका थिए ।नेपाली कांग्रेसका नेता समेत रहेका खड्कालाई गत चैत्र १५ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले धुम्बाराहीबाट नियन्त्रणमा लिएको थियो ।
जिल्ला अदालत काठमाडौंले खड्कामाथि अनुसन्धान गर्न तेस्रो पटक म्याद थपपछि खड्का हाल सीआईबीकै हिरासतमा छन्।

Advertisement Banner
Previous Post

शीतभण्डारमा भ्रष्टाचार गरेको आरोपमा १६ जनाविरुद्ध मुद्दा दर्ता, झण्डै ७२ लाख बिगो माग

Next Post

देउवा पक्षसँग संवाद गर्ने जिम्मा सभापति थापालाई

Editorial Team

Editorial Team

Next Post
देउवा पक्षसँग संवाद गर्ने जिम्मा सभापति थापालाई

देउवा पक्षसँग संवाद गर्ने जिम्मा सभापति थापालाई

Recommended

US President Biden nominates Dean R Thompson as next ambassador to Nepal

US President Joe Biden calls on Congress to suspend federal gasoline & diesel taxes for 3 months

4 years ago
SAARC Convenes its Sixty-first Session of the Programming Committee

SAARC Convenes its Sixty-first Session of the Programming Committee

8 months ago

Don't Miss

क्यापिटल वनले ट्रम्प अर्गनाइजेशनका ३०० भन्दा बढी बैंक खाता बन्द गर्‍यो

अमेरिका–इरान वार्ता सोमबारदेखि सुरु हुने ट्रम्पको दाबी, इरानद्वारा अस्वीकार

August 3, 2026
६० हजार आप्रवासीको प्रवेशपछि स्पेनमा चर्कियो विवाद, ७२ जनाको मृत्यु

६० हजार आप्रवासीको प्रवेशपछि स्पेनमा चर्कियो विवाद, ७२ जनाको मृत्यु

August 3, 2026
सन् २०३० विश्वकपमा ६४ टोली सहभागी गराउने सम्भावनाबारे फिफाले अध्ययन गर्ने

सन् २०३० विश्वकपमा ६४ टोली सहभागी गराउने सम्भावनाबारे फिफाले अध्ययन गर्ने

August 3, 2026
आज प्रतिनिधि सभाका चार समितिको बैठक बस्दै

आज प्रतिनिधि सभाका चार समितिको बैठक बस्दै

August 3, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.