काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सवारीसाधनको यथार्थ अवस्था बुझ्न देशभरका सबै मन्त्रालयलाई गाडीको विस्तृत विवरण पठाउन निर्देशन दिएको छ।बुधबार प्रशासन शाखाका शाखा अधिकृत आनन्दराम श्रेष्ठद्वारा पठाइएको पत्रमा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनको सम्पूर्ण विवरण अनिवार्य रूपमा उपलब्ध गराउन भनिएको छ।सो निर्देशन सचिवस्तरीय निर्णयका आधारमा जारी गरिएको हो।पत्रअनुसार मन्त्रालयहरू तथा मातहतका विभाग र कार्यालयले प्रयोगमा रहेका, मर्मत भइरहेका तथा सञ्चालन अवस्थाबाहिर रहेका सबै सवारीसाधनको विवरण संकलन गरी पठाउनुपर्नेछ।
कार्यालयले उक्त विवरण बिहीबार कार्यालय समयभित्रै उपलब्ध गराउन समयसीमा तोकेको छ।







Discussion about this post