Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

पदम काफ्लेको उपन्यास ‘युग यात्रा’ लोकार्पित

Editorial Team by Editorial Team
April 16, 2026
in Book Releases, Literature, Nepal, News
0
पदम काफ्लेको उपन्यास ‘युग यात्रा’ लोकार्पित
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – उन्यासकार पदम काफ्लेको भुटानी नेपालीभाषीको कथाव्यथा समेटिएको उपन्यास ‘युग यात्रा”को लोकार्पण शनिबार डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा लोकार्पण भयो । सो लोकार्पण वरिष्ठ साहित्यकारहरु कृष्ण धराबासी, डा. शैलेन्दु नेपाल, राधेश्याम लेकाली, डा. कविता लामा, मीना पौडेल, शेखर खरेल, डा. तारालाल श्रेष्ठ, सञ्जय बान्तवा समाजशास्त्री मीना पौडेल, चित्रकार अस्मिना रञ्जित लगायतले गर्नु भयो । साहित्यकार एवं सम्पादक पारशप्रकाश नेपालले सहजीकरण गर्नुभएको सो कार्यक्रम साहित्यकार धराबासीले भुटानी नेपालीभाषीहरू जन्मभूमिबाट लखेटिएर पूर्वी नेपालमा आएदेखि आफूले उनीहरूको मुद्दा उठाएको स्मरण गर्दै ‘युग यात्रा’ ले त्यस कालखण्डलाई पठनीय रूपमा अभिलेखीकरण गरेको बताउनु भयो । कार्यक्रममा शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले कृतिका लागि पदम काफ्लेलाई बधाई दिँदै भाषा–साहित्यले नै कुनै पनि जातिलाई जीवन्त बनाउने धारणा राख्नु हुँदै काफ्लेले उपन्यासमा भुटानी शरणार्थीको पहिचानको विषय उठाउनु भएको बताउनु भयो । यसैगरी साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालले जसको आत्मकथा पनि आख्यानका रूपमा आउन सक्ने भन्दै विधालाई भन्दा सिर्जनालाई हेरिनुपर्ने धारणा राख्नु हुँदै ‘नत्र त आख्यान यथार्थवादी हुन्छ पनि भन्न पाइएन’ भन्दै ‘यस कृतिको भाषा प्रवाहमय छ, कथा मनमुटु छुने खालको छ । एकाध प्रसंग पढ्दा मेरा आँखा रसाए ।’ भन्नु भयो । यसैगरी उपप्राध्यापक डा. तारालाल श्रेष्ठले भुटानी नेपालीभाषीहरूको शरणार्थी जीवनदेखि तेस्रो देश पुनःस्थापनासम्मको दुःखसुखलाई ‘युग यात्रा’ ले समेटेको बताउनु भयो । समाजशास्त्री मीना पौडेलले जुनजुन मुलुकमा पुनःस्थापना गराइए पनि भुटानी नेपालीभाषीहरूले आफ्नो पहिचान भुल्न नसकेको उल्लेख गर्दै ‘युग यात्रा’ ले त्यसलाई प्रतिविम्बित गरेको बताउनु भयो । यसैगरी पत्रकार शेखर खरेलले ‘जीवनमा केही कुरा यस्ता हुन्छन्, जसलाई सोझै भन्न सकिँदैन भन्दै ‘त्यसैले आख्यान चाहिने हो ।’ भन्नु भयो । कार्यक्रमको अन्तमा सत्र वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै आउनु भएका कृतिकार काफ्लेले अग्रजहरूका प्रशंसा र आलोचनालाई आफूले शिक्षाका रूपमा लिने बताउनु भयो । कृति ‘युग यात्रा’ खुम्बिला बुक्सले प्रकाशन गरेको हो । कार्यक्रममा साहित्यकार, पत्रकारलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

Advertisement Banner
Previous Post

साउदी अरबले अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने

Next Post

Lawmakers under proportional category have vital role: PM Shah

Editorial Team

Editorial Team

Next Post
Lawmakers under proportional category have vital role: PM Shah

Lawmakers under proportional category have vital role: PM Shah

Discussion about this post

Recommended

UML Chair KP Sharma Oli files House candidacy from Jhapa-5

Nepal: HoR member elections: 2925 candidates file nominations as of 6.00 pm today

3 months ago
Chinese ambassador Chen Song calls on Agriculture Minister Dr Pariyar

Chinese ambassador Chen Song calls on Agriculture Minister Dr Pariyar

4 months ago

Don't Miss

Nepal expresses gratitude to UAE for pardoning 128 Nepali inmates on Ramadan

Nepal expresses gratitude to UAE for pardoning 128 Nepali inmates on Ramadan

April 16, 2026
Lawmakers under proportional category have vital role: PM Shah

Lawmakers under proportional category have vital role: PM Shah

April 16, 2026
पदम काफ्लेको उपन्यास ‘युग यात्रा’ लोकार्पित

पदम काफ्लेको उपन्यास ‘युग यात्रा’ लोकार्पित

April 16, 2026
साउदी अरबले अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने

साउदी अरबले अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने

April 16, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.