काठमाडौं : काभा वुमन्स च्यालेन्ज कप भलिबलमा घरेलु टोली नेपालले विजयी शुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज (सोमबार) भएको उदघाटन खेलमा कीर्गिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले विजयी शुरुवात गरेको हो।
नेपालले कीर्गिस्तानमाथि २५–११, २५–१९ र २५–११ बाट सहज रुपमा खेल जितेको हो। जितसँगै नेपालले ३ अंक जोडेको छ।
आजै भएको अर्को खेलमा उपाधि दावेदार भारतले बंगलादेशमाथि ३–० को सोझो सेटमा खेल जित्दै विजयी शुरुवात गरेको छ।
भारतले बंगलादेशमाथि २५–३, २५–९ र २५–६ बाट सहज रुपमा खेल जितेको हो। जितसँगै भारतले समूह ‘ए’ मा ३ अंक जोडेको छ।
आज नै भएको अर्को खेलमा उज्वेकिस्तानले श्रीलंकामाथि ३–० को सोझो सेटमा जितेर विजयी शुरुवात गरिसकेको छ।
लिगको अन्तिम खेलमा साँझ ७ बजे माल्दिभ्स र कजाकस्तानबीच प्रतिस्पर्धा हुँदै छ।
८ राष्ट्रको सहभागिता रहेको च्यालेन्ज कपमा सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ।
एक हप्तासम्म चल्ने प्रतियोगिताको शुरुवाती ३ दिन ४ खेल र बाँकी ४ दिन २ खेल हुनेछन्।
दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन्।
Trending Now
- राजभण्डारीका तीन अंग्रेजी कवितासंग्रह एकसाथ लोकार्पण
- छैठौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
- ‘चरी बस्यो बनैमा’ सार्वजनिक
- प्रकाश दूतराज र अस्मिता पुरीको ‘फूलमाया’ सार्वजनिक
- बालेनको कविता सङ्ग्रह ‘अश्र’ बजारमा
- नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार लोकगायक राजु परियारलाई
- NASA collaborates with Nokia to expand 4G service on the moon
- Agreement on economic cooperation between Nepal and Indian Chambers of Commerce
- राष्ट्रिय नाचघरमा ‘गीतकार गीता खत्री साङ्गीतिक साँझ’ भव्यताका साथ सम्पन
- Prime Minister Prachanda inaugurates Third Nepal Investment Summit
Comments are closed.