Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा आयोजना हुँदै

Editorial Team by Editorial Team
April 19, 2026
in Literary Festival & Event, Literature, Nepal, News
0
नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा आयोजना हुँदै
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आगामी जेठ महिनाको दोस्रो साता अमेरिकाको कोलोराडोमा आयोजना हुने भएको छ।

आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिका अध्यक्ष सर्वज्ञ वाग्लेले शनिबार कोलोराडोमा आयोजित पत्रकार सम्मेलनमा उक्त सम्मेलन मे २२ देखि २५ (जेठ ८–११) सम्म सञ्चालन हुने जानकारी दिए।
अनेसास अध्यक्ष वाग्लेले नेपाली भाषा र साहित्यको संवर्द्धन, संरक्षण र विश्वव्यापीकरणमा योगदान पुर्‍याउँदै आएको अनेसासले डायस्पोराको युवा पुस्तालाई नेपाली भाषा र साहित्यसँग जोड्न विभिन्न गतिविधि र कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले भने, ‘त्यसका साथै अनेसासले सबै उमेर समूहका स्रष्टालाई एउटै थलोमा राखेर नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि चिन्तन र विमर्श गर्न हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय सम्मेलन गर्दै आएको छ। यो सम्मेलन त्यसै सोचको निरन्तरता हो।’
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टी (बिओटी) का सभापति पदम विश्वकर्माले सम्मेलन आयोजनाका लागि झन्डै ५० हजार डलर खर्च हुने अनुमान गरिएको बताए। उनले सम्मेलनका लागि कोलोराडोको वेस्टमिन्स्टरस्थित होटेल ड्रुरी इन प्लाजा चार दिनका लागि बुक गरिएको जानकारी दिए।
नेपाली र अंग्रेजी साहित्यका लेखकहरूको जमघट रहने सम्मेलनमा दुवै भाषाका स्रष्टाबिच साहित्यका विविध विषयमा छलफल हुने बिओटी सभापति विश्वकर्माले बताए। उनले सम्मेलनमा नेपालभित्रका विभिन्न भेग र भाषाका स्रष्टाहरूको समेत सहभागिता रहने बताए। ‘नेपाली भाषा र साहित्यसँगै विभिन्न जाति र समुदायका मातृभाषाप्रति हाम्रो उच्च सम्मान छ। तिनको जगेर्ना र विश्वव्यापीकरणमा अनेसासले जोड दिँदै आएको छ,’ उनले भने, ‘भाषिक विविधता र त्यही विविधतामा हुर्किएको हाम्रो नेपाली समाजको प्रतिबिम्ब सम्मेलनमा देख्न र महसुस गर्न पाइनेछ।’
उनले सन् २००९ मा सुरु भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको नवौँ शृंखला अमेरिकाको कोलोराडोमा आयोजना गर्न लागिएको बताए। दुई वर्षमा आयोजना गरिने सम्मेलनको आठौँ शृंखला दुई वर्षअघि युरोपको पोर्चुगलमा सम्पन्न भएको उनले जानकारी दिए।
अनेसासका महासचिव राजु सिटौलाले सम्मेलनमा विश्वका झन्डै ४० मुलुकबाट दुई सयभन्दा बढी साहित्यकार सहभागी हुने अनुमान गरिएको बताए।
सम्मेलनमा नेपालसहित विश्वका विभिन्न मुलुकमा रहेका साहित्यकारलाई आमन्त्रण गरिएको जानकारी दिँदै सिटौलाले थुप्रै स्रष्टाहरूले सहभागिताको प्रतिबद्धता जनाएको बताए। ‘सम्मेलनमा नेपाली साहित्यका विषयमा मात्र होइन, विश्वका पछिल्ला चर्चित साहित्यिक कृति र स्रष्टाबारे समेत चर्चा गरिनेछ,’ उनले भने, ‘यसले युवा पुस्तालाई उत्कृष्ट साहित्यिक कृति सिर्जनाका लागि उत्प्रेरित गर्ने विश्वास छ।’ अनेसास केन्द्रीय समितिको आयोजनामा सञ्चालन हुने सम्मेलनको संयोजन अनेसास कोलोराडो च्याप्टरले गरिरहेको छ।
अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले सम्मेलनका लागि मूल समितिसहित विभिन्न नौवटा उपसमिति गठन गरिएको जानकारी दिए।
उनले सम्मेलनका लागि आवश्यक बजेट विश्वका विभिन्न मुलुकका स्रष्टाहरूका साथै कोलोराडोस्थित नेपाली समुदायका संघसंस्था र सहयोगीहरूबाट जुट्ने विश्वास व्यक्त गरे। ‘हामीले सहयोगका लागि आग्रह गरेका विभिन्न संघसंस्था र व्यक्तिहरूबाट सकारात्मक सहयोग र प्रतिक्रिया पाएका छौँ,’ उनले भने, ‘नेपाली भाषा, साहित्य र संस्कृतिको संवर्द्धन र विश्वव्यापीकरणका लागि अनेसासले आयोजना गरिरहेको सम्मेलन सबैको सहयोगमा भव्य रूपमा सफल हुने विश्वास छ।’
अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा महासचिव पुष्पराज पौडेलले सम्मेलनको अवसरमा अनेसासका गतिविधिका साथै विभिन्न स्रष्टाहरूको कृतित्व र व्यक्तित्वबारे चर्चा गरिएको स्मारिका प्रकाशन गरिने जानकारी दिए ।
अनेसास कोलोराडो च्याप्टरद्वारा आयोजित पत्रकार सम्मेलनलाई क्यालिफोर्नियामा रहेका केन्द्रीय समितिका अध्यक्ष वाग्लेले जुममार्फत सम्बोधन गरेका थिए।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार चार दिनसम्म सञ्चालन हुने सम्मेलनमा तीन दिन साहित्यका विविध विषयमा विभिन्न सत्रमार्फत छलफल र बहस हुनेछ। अन्तिम अर्थात् चौथो दिन सहभागीहरूलाई कोलोराडोका विभिन्न पर्यटकीय तथा ऐतिहासिक स्थलहरूको भ्रमण गराउने कार्यक्रम तय गरिएको छ।

Advertisement Banner
Previous Post

नेपाली गीतकार पुष्पा खनाल ‘आइएसएसए (ISSA) अवार्ड्स अमेरिका २०२६’ को चार विधामा मनोनित

Next Post

कोलोराडोमा डा. ज्ञानेन्द्र गदालका दुई कृति विमोचन तथा साहित्यकार सम्मान

Editorial Team

Editorial Team

Next Post
कोलोराडोमा डा. ज्ञानेन्द्र गदालका दुई कृति विमोचन तथा साहित्यकार सम्मान

कोलोराडोमा डा. ज्ञानेन्द्र गदालका दुई कृति विमोचन तथा साहित्यकार सम्मान

Recommended

33rd Southeast Asian Games to begin in Thailand

33rd Southeast Asian Games to begin in Thailand

8 months ago
घुसको ८५ हजारसहित इन्जिनियर र कर्मचारी अख्तियारको फन्दामा

घुसको ८५ हजारसहित इन्जिनियर र कर्मचारी अख्तियारको फन्दामा

4 months ago

Don't Miss

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.