Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

कोलोराडोमा डा. ज्ञानेन्द्र गदालका दुई कृति विमोचन तथा साहित्यकार सम्मान

Editorial Team by Editorial Team
April 19, 2026
in Book Releases, Literature, Nepal, News
0
कोलोराडोमा डा. ज्ञानेन्द्र गदालका दुई कृति विमोचन तथा साहित्यकार सम्मान
0
SHARES
124
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाको आयोजनामा डेन्भरमा साहित्यिक कृति लोकार्पण तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा विशिष्ट साहित्यकार तथा गीतकार डा. ज्ञानेन्द्र गदालका दुई नयाँ कृति लोकार्पण गरिनुका साथै वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीलाई विशेष सम्मान प्रदान गरियो। अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम दुई चरणमा विभाजन गरिएको थियो।

पहिलो चरणमा डा. गदालद्वारा लिखित बालगीत सङ्ग्रह ‘भोलिको आश, उज्यालो प्रकाश’ र उपन्यास ‘कुमुदिनी’ को औपचारिक विमोचन गरियो। कार्यक्रमका सभापति किरण अधिकारी, प्रमुख अतिथि दिनेश अधिकारी तथा सर्जकका सुपुत्रद्वय सरगम र सरल गदालले संयुक्त रूपमा कृतिहरूको लोकार्पण गरेका थिए। लोकार्पित कृतिहरूमध्ये बालगीत सङ्ग्रहमाथि साहित्यकार प्रमिला शर्माले र उपन्यासमाथि साहित्यकार तथा कलाकार कृष्ण मुरारी ढुङ्गेलले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो। सो क्रममा लेखक डा. गदालले आफ्ना यी दुई नयाँ कृतिको सिर्जना प्रक्रियाबारे संक्षिप्त प्रकाश पार्दै कार्यक्रमका आयोजक संस्था र समीक्षकहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

दोस्रो चरणमा कवि दिनेश अधिकारीको सम्मान तथा उहाँका काव्य वाचन कार्यक्रम सम्पन्न भयो। अन्तर्राष्ट्रिय गीतकार सङ्घ (INLA) को ‘दोस्रो INLA–ज्ञानेन्द्र गदाल गीत सम्मान’ ग्रहण गर्न अमेरिका आउनुभएका विशिष्ट कवि एवं लोकप्रिय गीतकार दिनेश अधिकारीलाई अनेसास कोलोराडोले औपचारिक सम्मान अर्पण गर्‍यो। कार्यक्रममा कवि तथा गीतकार अधिकारीको साहित्यिक परिचय गजलकार मिलन कोइरालाले प्रस्तुत गर्नुभएको थियो भने अनेसास (INLS) ट्रस्टी बोर्डका सभापति पदम विश्वकर्मा र शाखा अध्यक्ष किरण अधिकारीले उहाँलाई सम्मान अर्पण गर्नुभएको थियो।

सम्मानित व्यक्तित्व अधिकारीले छोटो मन्तव्य व्यक्त गर्दै आफ्ना आधा दर्जनभन्दा बढी सिर्जनाहरू वाचन गर्नुभयो र उपस्थित सहभागीहरूसँग साहित्यिक अन्तरक्रिया समेत गर्नुभयो। अन्तरक्रियाका क्रममा उहाँले आफ्ना साहित्यिक अनुभव र सिर्जनात्मक यात्राबारे रोचक जानकारी प्रस्तुत गर्नुभयो।

अनेसासको पहिलो च्याप्टरका रूपमा स्थापित कोलोराडो शाखाले विगत २३ वर्षदेखि यस्ता साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको छ। नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा समर्पित यस्ता गतिविधिले प्रवासमा रहेका नेपालीहरूको मन, मस्तिष्क र पहिचानलाई जोड्ने कार्य गरिरहेका छन्।

Advertisement Banner
Previous Post

नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा आयोजना हुँदै

Next Post

Nepal to regulate private sector and NGOs to curb corruption

Editorial Team

Editorial Team

Next Post
मातातीर्थ औँसीको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

Nepal to regulate private sector and NGOs to curb corruption

Recommended

Indian President Ram Nath Kovind visited government-run ashram in Vrindavan; offered prayers at Bankey Behari Temple in Vrindavan

Indian President Ram Nath Kovind visited government-run ashram in Vrindavan; offered prayers at Bankey Behari Temple in Vrindavan

4 years ago
Nepal’s public debt climbs to Rs 2.806 trillion

Nepal Govt orders traders to revise prices of essential commodities

6 months ago

Don't Miss

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.