Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

Editorial Team by Editorial Team
April 30, 2026
in Nepal, News
0
एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सरकारले संसदमा पेश गर्ने तयारी गरेको गैरआवासीय नेपाली संघसँग सम्बन्धित विधेयकमा सरोकारवाला समूहको रुपमा रहेको गैरआवासीय नेपाली संघले १५ बुँदे सुझाव पेश गरेको छ । गत विहीबार परराष्ट्रमन्त्रालयले एनआरएनएको नेतृत्वसँग छलफल गर्दै प्रस्ताविक विधेयकको मस्यौदा छलफलमा पेश गरेको थियो ।
तर, उक्त मस्यौदाको भर्चुअल र भौतिकमाध्यमबाट भएको छलफलका क्रममा अध्यक्ष डा। हेमराज शर्माले विधेयकमा परिमार्जन गर्नुपर्ने आवश्यकता औल्याएका थिए भने संस्थापक अध्यक्ष उपेन्द्र महतो लगायतले पुनर्लेखन गर्नुपर्ने आश्य व्यक्त गरेका थिए । जवाफमा परराष्ट्रमन्त्री शिशीर खनालले लिखितरुपमै संशोधन गर्नुपर्ने सुझाव ल्याउनका लागि आग्रह गरेपछि एनआरएनएका पदाधिकारीहरुले आन्तरिक छलफल गरेर परराष्ट्रमा १५ बुँदे सुझाव पेश गरेका हुन् ।
संघले विधेयकको प्रस्तावनामै ‘एक पटकको नेपाली, सधैँको नेपाली’ मूल मन्त्रलाई समावेश गर्नुपर्ने माग राख्दै संविधानको धारा १४ बमोजिम गैरआवासीय नेपालीका अधिकारहरूको पूर्ण ग्यारेन्टी हुनुपर्नेमा जोड दिएको छ । यसका साथै, विदेशमा रहेका नेपालीहरूलाई सात प्रकारमा परिभाषित गर्न भनेको छ भने तेस्रो पुस्तासम्म गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने स्पष्ट व्यवस्था गर्न आग्रह गरिएको छ । प्रशासनिक र कानुनी प्रक्रियालाई सहज बनाउन राष्ट्रिय परिचयपत्र र नेपाली राहदानी प्राप्त गर्ने अधिकार सुनिश्चित गरिनुपर्ने संघको ठहर छ ।
आर्थिक र व्यवसायिक अधिकारका सन्दर्भमा, एनआरएनएले गैरआवासीय नेपालीहरूलाई नेपालमा वैदेशिक लगानीगर्न, धितोपत्र कारोबारमा संलग्न हुन र आर्जित रकम फिर्ता लैजान पाउने कानुनी सुनिश्चितता खोजेको छ । विदेशी नागरिकता लिएपछि नेपालमा रहेका सम्पत्तिहरू ५ वर्षभित्र स्वघोषणा गर्नुपर्ने प्रावधान प्रस्ताव गर्दै संघले पैतृक सम्पत्तिमा लाग्ने ५० प्रतिशत कर हटाउन माग गरेको छ । यसले विदेशमा रहेका नेपालीहरूको आफ्नो मातृभूमिसँगको आर्थिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास लिइएको छ ।
त्यसैगरी, सीप र दक्षताको उपयोगका लागि गैरआवासीय नेपाली विज्ञहरूलाई सरकारले विभिन्न पदमा नियुक्त गर्न सक्ने र प्रोफेसनलहरूले नेपालमा काम गर्न पाउने व्यवस्था हुनुपर्ने सुझाव दिइएको छ । रोजगारीका अवसरहरूमा नेपाली नागरिकसरहको हैसियत प्रदान गरिनुपर्ने र राष्ट्रिय खेलकुदमा समेत सहभागिताको अवसर सुनिश्चित गरिनुपर्ने विषयलाई संघले प्राथमिकताका साथ उठाएको छ ।
ती सुझावहरू उपाध्यक्ष एवं गैरआवासीय नेपाली कल्याण विभागकी प्रमुख तथा नागरिकता निरन्तरता समितिकि संयोजक रोजिना प्रधान राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्रालयमा बुझाएको हो ।
प्रतिनिधिमण्डलले विश्वभर रहेका गैरआवासीय नेपाली समुदायबाट संकलित सुझावहरू, सरोकारवाला निकायहरू तथा कानुनी विज्ञहरूसँग गरिएको बृहत् छलफल र परामर्शका आधारमा तयार पारिएको एकीकृत सुझावपत्र उपसचिव मधुसुदन भट्टराईमार्फत मन्त्री शिशिर खनाल र महाशाखा प्रमुख पुष्पराज भट्टराईलाई हस्तान्तरण गरिएको एनआरएनए सचिवालयले जनाएको छ ।
प्रतिनिधिमण्डलमा उपाध्यक्ष बुद्धि सुबेदी र महिला उपाध्यक्ष राधिका टीका गुरुङको सहभागिता रहेको थियो । संघका अध्यक्ष डा। हेमराज शर्माको नेतृत्वमा महासचिव डा। चिरञ्जीवी खड्का, उपाध्यक्ष रोजिना प्रधान राई, कोषाध्यक्ष कृष्ण तिमल्सिना, निवर्तमान अध्यक्षद्वय डा। बद्री केसी र महेश कुमार श्रेष्ठ, फोकल पर्सन सरोज दाहाल तथा सचिवालयको सक्रिय समन्वयमा उक्त मस्यौदाका लागि विश्वभरबाट सुझाव संकलन गरिएको थियो। संकलित सुझावहरूलाई पदाधिकारी, पूर्व अध्यक्षहरू, सल्लाहकार तथा कानुनी विज्ञहरूसँग विस्तृत छलफल र परामर्शपछि एकीकृत गर्दै अन्तिम रूप दिइएको थियो ।

Advertisement Banner
Previous Post

हुक्का र विद्युतीय चुरोट (भेप) को बिक्री तथा सेवनमा कडा प्रतिबन्ध

Next Post

चक्रपथ विस्तारको दोस्रो चरणको काम अघि बढ्ने, नेपाल र चीनबीच सम्झौता

Editorial Team

Editorial Team

Next Post
चक्रपथ विस्तारको दोस्रो चरणको काम अघि बढ्ने, नेपाल र चीनबीच सम्झौता

चक्रपथ विस्तारको दोस्रो चरणको काम अघि बढ्ने, नेपाल र चीनबीच सम्झौता

Recommended

Indian Climber Baljeet Kaur Scales Two 8,000m Peaks In Nepal Within Two Weeks

Indian Climber Baljeet Kaur Scales Two 8,000m Peaks In Nepal Within Two Weeks

4 years ago
System with PM as Chancellor should be removed: Nepal PM Karki

System with PM as Chancellor should be removed: Nepal PM Karki

7 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.