काठमाडौं — भारत र चीनले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने निर्णय गरेपछि भारतीय सञ्चारमाध्यमहरूले यसलाई नेपाल सरकारका लागि कूटनीतिक चुनौतीका रूपमा व्याख्या गरेका छन्।
भारतीय पत्रिका नवभारत टाइम्स ले प्रकाशित गरेको रिपोर्टमा लिपुलेक क्षेत्रलाई नेपाल–भारत–चीनबीचको रणनीतिक केन्द्र भन्दै नेपालले आफ्नो दाबी कसरी प्रस्तुत गर्छ भन्ने विषय महत्वपूर्ण रहेको उल्लेख गरिएको छ।
नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा जारी गरिसकेको भए पनि भारतले उक्त क्षेत्रमा पूर्वाधार विस्तार र यात्रा सञ्चालनलाई निरन्तरता दिएको छ।
रिपोर्टमा चीनले समेत विवादित क्षेत्रलाई आफ्नो नक्सामा भारततर्फ देखाएको उल्लेख गर्दै नेपालका लागि यो विषय थप जटिल बन्दै गएको जनाइएको छ।







Discussion about this post