Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किमलाई सुनाइएको जेल सजायविरुद्ध विशेष काउन्सिलको पुनरावेदन

Editorial Team by Editorial Team
May 5, 2026
in News, World
0
दक्षिण कोरियाकी पूर्व प्रथम महिला किमलाई सुनाइएको जेल सजायविरुद्ध विशेष काउन्सिलको पुनरावेदन
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योलकी पत्नी किम केओन–हीलाई भ्रष्टाचार र शेयर बजार चलखेलको आरोपमा सुनाइएको चार वर्षको जेल सजायविरुद्ध विशेष काउन्सिलको टोलीले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । योनहाप समाचार एजेन्सीकाअनुसार सोमवार विशेष काउन्सिलले उच्च अदालतको फैसलामा चित्त नबुझेपछि सर्वोच्चमा मुद्दा दायर गरेको हो।
गत अप्रिल २८ मा सोल उच्च अदालतले तल्लो अदालतको फैसलालाई उल्ट्याउँदै किमको जेल सजाय २० महिनाबाट बढाएर चार वर्ष पु¥याएको थियो । अदालतले उनलाई ५ करोड वन (करिब ३३,९१० अमेरिकी डलर) जरिवाना समेत तोकेको थियो। यद्यपि, विशेष काउन्सिलले उनलाई १५ वर्षको कारावासको सजाय हुनुपर्ने माग राख्दै आएको छ ।
उच्च अदालतले तल्लो अदालतको अघिल्लो फैसला बदर गर्दै किमलाई पूँजी बजार कानुन उल्लंघन र सेयर बजार चलखेलमा आंशिक रूपमा दोषी ठहर गरेको थियो । यसका साथै, घुसखोरीको आरोपमा पनि उनलाई पूर्ण रूपमा दोषी ठहर गरिएको छ ।
अदालतको फैसला अनुसार, किमले सन् २०२२ को अप्रिलदेखि जुलाईको अवधिमा ‘युनिफिकेसन चर्च’सँग सम्बन्धित विचाराधीन विषयहरू सुल्झाउन मद्दत गर्ने सर्तमा उक्त धार्मिक समूहबाट दुईवटा महँगा च्यानल ब्याग, एउटा ग्राफ नेकलेस र रेड जिनसेङ चिया उपहारस्वरूप ग्रहण गरेकी थिइन् । यद्यपि पूर्वसांसद किम योङ–सनको मनोनयन सुरक्षित गरिदिने बदलामा एक राजनीतिक विचौलियाबाट निःशुल्क जनमत सर्वेक्षण सेवा लिएको आरोपमा भने किम र उनका पतिले सफाइ पाएका छन् । उच्च अदालतले तल्लो अदालतको उक्त फैसलालाई सदर गर्दै बिचौलियाले सो सर्वेक्षणको तथ्याङ्क अन्य व्यक्तिहरूलाई पनि उपलब्ध गराएकाले यसलाई दम्पतीको प्रत्यक्ष आर्थिक लाभको रूपमा लिन नमिल्ने व्याख्या गरेको छ ।

Advertisement Banner
Previous Post

अब नियुक्ति क्षमता र दक्षताका आधारमा हुने: प्रधानमन्त्री बालेन

Next Post

कुवेतमा माध्यमिक तहका विद्यार्थीका लागि भौतिक पठनपाठन पुनः शुरु

Editorial Team

Editorial Team

Next Post
कुवेतमा माध्यमिक तहका विद्यार्थीका लागि भौतिक पठनपाठन पुनः शुरु

कुवेतमा माध्यमिक तहका विद्यार्थीका लागि भौतिक पठनपाठन पुनः शुरु

Discussion about this post

Recommended

President Paudel issues ordinance related to Nepal Special Service

Make election friendly to human rights: President Paudel

5 months ago
२५ वर्षमै संसद्को दोस्रो ठूलो पदमा पुग्दै रुवीकुमारी ठाकुर !

२५ वर्षमै संसद्को दोस्रो ठूलो पदमा पुग्दै रुवीकुमारी ठाकुर !

4 weeks ago

Don't Miss

गौशलाको जग्गा कोषमै ल्याउने बाटो खुला:मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

गौशलाको जग्गा कोषमै ल्याउने बाटो खुला:मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

May 5, 2026
पश्चिम बङ्गालमा भारतीय जनताको शानदार जित

पश्चिम बङ्गालमा भारतीय जनताको शानदार जित

May 5, 2026
ओमानविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै

ओमानविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै

May 5, 2026
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन शुरु

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन शुरु

May 5, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.